फखर जमानको विश्व कीर्तिमानी इनिंग्सका बाबजुद पाकिस्तान पराजित

फखर जमानले अद्भुत ब्याटिंग गर्दै नयाँ विश्वकिर्तिमान बनाएका पनि दक्षिण अफ्रीका भ्रमण अन्तर्गत दोश्रो एकदिवसीयमा पाकिस्तान १७ रनले पराजित भएको छ।

द वन्डरर्स स्टेडियम, जोहानेस्बर्गमा दक्षिण अफ्रीकाले दिएको ३४२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले पुरै ५० ओभर ब्याटिंग गरेता पनि ३२४ रन बनाउन सक्यो।

लक्ष्य पछ्याउने क्रममा ओपनर इमाम उल हक मात्र ५ रन बनाएर आउट भएपछि अर्का ओपनर फखर जमानले एक किनार सम्हालेर ब्याटिंग गरे। तर अर्को किनारमा विकेट जाने क्रम निरन्तर रह्यो। दोश्रो विकेटको लागि फखरले कप्तान बाबर आजमसंग ६३ रन जोडे। ११ औं ओभरमा आजमलाई एनरिक् नोर्कियाले क्याच आउट गराए। नोर्कियाले सोहि ओभरमा मोहम्मद रिजवानलाई खाता नखोली तथा १५ औं ओभरमा डानीस अजिजलाई ९ रनको व्यक्तिगत स्कोरमा पेभेलियन फर्काए।

फखरले पाँचौ विकेटको लागि शदाब खानसंग ३५ रन जोडे। २५ औं ओभरमा शदाब १३ रन बनाएर तब्रेज शाम्सीबाट एलबिडब्लु आउट भए। छैठौं विकेटको लागि फखरले आसिफ अलिसंग ६६ रन जोडे। १९ रन बनाएका अलिलाई ३४ औं ओभरमा फेलुक्वायोले क्याच आउट गराए।  फेलुक्वायोले ३८ औं ओभरमा ११ रन बनाएका फहीम अश्रफलाई क्याच आउट गर्दै दक्षिण अफ्रीकालाई खेलमा हावी गराए।

२०५/७ को अवस्थाबाट जमानले शाहिन अफ्रिदीसंग ६८ रनको साझेदारी गर्दै पाकिस्तानको आशा जिवितै राखे। यसै क्रममा शतक पुरा गरेका जमानले आक्रामक ब्याटिंग गरे। ४५ औं ओभरमा ५ रन बनाएर अफ्रिदी आउट भए।

त्यसपछि पनि आक्रामक ब्याटिंग जारि गर्दै दोहोरो शतकतर्फ अघि बढेका जमानलाई पाचौं ओभरको पहिलो बलमा एडेन मारक्रमबाट रन आउट हुन पुगे। त्यसपछि पुरै ओभर ब्याटिंग गरेता पनि पाकिस्तान लक्ष्य सम्म पुग्न असफल रह्यो।

पाँचौ एकदिवसीय शतक बनाएका जमानले १९३ रन बनाए जुन क्रममा १५५ बलमा १८ चौका र १० छक्का प्रहार गरे। १०० रन १०७ बलमा पुरा गरेका जमानले त्यसपछि ४८ बलमा ९३ रन बनाए।

फखरले बनाएको १९३ रन लक्ष्य पछ्याउने क्रममा एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा कुनै पनि ब्याट्सम्यानले बनाएको इतिहासकै सबैभन्दा सर्वाधिक व्यक्तिगत योगफल हो। यस अघि यो रेकर्ड शेन वाटसनको नाममा रहेको थियो जसले २०११ मा बंगलादेश बिरुद्ध अविजित १८५ रन बनाएका थिए। तेश्रो धेरै महेन्द्र सिंह धोनीले २००५ मा श्रीलंका बिरुद्ध अविजित १८३ रन तथा चौथो धेरै बिराट कोहलीले पाकिस्तान बिरुद्ध २०१२ मा १८३ रन बनाएका थिए।

१९३ रन जमानको एकदिवसीय क्रिकेटमा सर्वाधिक व्यक्तिगत योगफल भने हैन। उनले २०१८ जुलाईमा जिम्बाब्वे बिरुद्ध अविजित २१० रन बनाएका थिए र दोहोरो शतक बनाउने पहिलो पाकिस्तान क्रिकेटर बनेका थिए।

दक्षिण अफ्रीकाको बलिंगमा एनरिक् नोर्कियाले सर्वाधिक ३ विकेट ( १०-१-५३-३ ) लिए। एन्डीले फेलुक्वायोले २ विकेट लिए भने कागीसो रबाडा, लुंगी एनगीडी र तब्रेज शाम्सीको नाममा समान १ विकेट रह्यो।

दक्षिण अफ्रीकाको ब्याटिंग 

यस अघि टस हारेर ब्याटिंग गरेको दक्षिण अफ्रीकाले ५० ओभरमा ६ विकेट गुमाएर ३४१ रन बनाएको थियो।

राम्रो सुरुवात गरेको दक्षिण अफ्रीकाको लागि ओपनर क्विन्टन डीकक र एडेन मारक्रमले ५५ रनको ओपनिंग साझेदारी गरे। ३९ रन बनाएर मारक्रम आउट भएपछि डीककले दोश्रो विकेटको लागि कप्तान टेम्बा बभुमासंग ११४ रनको साझेदारी गरे। ८६ बलमा १० चौका र १ छक्का मद्दतले ८० रन बनाएका डीककलाई ३१ औं ओभरमा हरिस रौफले बोल्ड गरे।

तेश्रो विकेटको लागि बभुमा र भानडर डुसेन बीच १०१ रनको साझेदारी भयो। मात्र ३७ बलमा ४ चौका र ६  छक्का मद्दतले ६० रन बनाएका डुसेनलाई ४२ औं भरमा मोहम्मद हसनैनले क्याच आउट गराए। दोश्रो एकदिवसीय शतकबाट ८ रनले चुक्दै बभुमा ४७ औं ओभरमा हरिस रौफबाट क्याच आउट भए जसअघि उनले १०२ बलमा ९ चौका मद्दतले ९२ रन बनाए।

इनिंग्सको अन्तिममा डेभिड मिलरले मात्र २७ बलमा अविजित अर्धशतक बनाउदै टिमलाई विशाल योगफलतर्फ डोर्याए। मिलरले २७ बलमा ३ चौका र ३ छक्का मद्दतले ५० रन बनाए।

पाकिस्तानको बलिंगमा दायाँ हाते पेसर हरिस रौफले सर्वाधिक ३ विकेट ( १०-०-५४-३ ) लिए भने शाहिन अफ्रिदी, मोहम्मद हसनैन र फहीम अश्रफले समान १ विकेट लिए।

सिरिज अन्तर्गत पहिलो खेलमा पाकिस्तान ३ विकेटले विजयी भएको थियो। सिरिज विजेताको तय गर्ने निर्णायक तेश्रो एकदिवसीय अप्रिल ७ तारिख बुधबार खेलिनेछ। एकदिवसीय सिरिज पछि दुई देश बीच ४ वटा टि-२० अन्तर्राष्ट्रियको सिरिज खेलिनेछ।

धेरैले पढेको 

https://wicketnepal.com/ipl-rcb-opaning-garna-sakchan-yi-wn21/

https://wicketnepal.com/nepal-team-ghoshana-prarambhik-tri-ser/

https://wicketnepal.com/nepal-team-ghoshana-prarambhik-tri-ser/





थप समाचार

जय ट्रफी : पहिलो दिन १७ ओभरको खेल, भुर्तेलको अर्धशतक

काठमाडौं । जय ट्रफी मेन्स एलिट कपअन्तर्गत फाइनल खेलको पहिलो दिन समाप्त हुँदा पुलिस क्लबले त्रिभुवन आर्मी क्लबविरुद्ध ८५ रनको […]

प्रधानमन्त्री कप : एपिएएफको सुखद सुरुआत

काठमाडौं । विभागीय टोली एपिएफ क्लबले प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगितामा सुखद सुरुआत गरेको छ। धनगढीस्थित फाप्ला क्रिकेट […]

प्रधानमन्त्री कप : सुदूरपश्चिमको विजयी सुरुआत

काठमाडौँ । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी२० क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले विजयी सुरुआत गरेको छ। धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा मंगलबार […]

अभ्यास खेलमा नेपाल पराजित

काठमाडौं । यु-१९ महिला विश्वकपको पहिलो अभ्यास खेलमा नेपाल वेस्ट इन्डिजसँग पराजित भएको छ। मलेसियाको कोलेज टुएन्कु जाफर मैदानमा सोमबार […]

जय ट्रफी : पुलिस फाइनलमा, आर्मीसँग उपाधि भिड्न्त

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लब दुई दिवसीय जय ट्रफी मेन्स एलिट कपको फाइनलमा प्रवेश गरेको छ। पुलिसले लिग […]

जय ट्रफी : मधेसलाई हराउँदै आर्मी फाइनलमा

काठमाडौं । मधेस प्रदेशलाई लिग चरणको अन्तिम खेलमा हराउँदै विभागीय टोली त्रिभुवन आर्मी क्लब दुई दिवसीय जय ट्रफी मेन्स एलिट […]