T20WC : हसरंगाको ह्याट्रिक बाबजुद दक्षिण अफ्रीकासंग श्रीलंका पराजित

वानिन्दु हसरंगाको ह्याट्रिक विकेट बाबजुद रोमान्चक खेलमा श्रीलंकालाई ४ विकेटले पराजित गर्दै दक्षिण अफ्रीकाले टि-२० विश्वकपको सुपर-१२ चरणको आफ्नो तेश्रो खेलमा दोश्रो जित दर्ता गरेको छ।

शारजाह स्टेडियममा श्रीलंकाले दिएको १४३ रनको लक्ष्य दक्षिण अफ्रीकाले १ बल बाँकी रहँदै ६ विकेट क्षेतीमा भेटायो। दक्षिण अफ्रीकाको लागि कप्तान तेम्बा बभुमाले सर्वाधिक ४६ रन बनए भने डेभिड मिलरले १३ बलमा २ छक्का मद्दतले अविजित २३ रन बनाए। यस्तै एडेन मारक्रमले २३ , रसी भान डर डुसेनले १६, क्विन्टन डीककले १२ तथा, हेन्ड्रिक्सले ११ रन तथा कागीसो रबाडाले अविजित ९ रन बनाए।

लक्ष्य पछ्याउने क्रममा ४९ रनमा ३ विकेट गुमाएपछि कप्तान बभुमाले चौंथो विकेटको लागि एडेन मारक्रमसंग ४७ रनको साझेदारी गरे। पन्ध्रौँ ओभरको अन्तिम बलमा मारक्रमलाई वानिन्दु हसरंगाले बोल्ड गर्दै श्रीलंकालाई खेलमा फर्काए। अठारौं ओभरको पहिलो र दोश्रो बलमा हसरंगाले बभुमा र ड्वेन प्रिटोरियसलाई क्याच आउट गर्दै ह्याट्रिक विकेट पुरा गरे। दक्षिण अफ्रीका ११८/६ को अवस्थामा पुग्यो।

अन्तिम २ ओभरमा जित्न २५ रन आवस्यक हुँदा उन्नाईसौ ओभरमा दुश्मन्था चमिराले १० रन खर्चिए। रबाडाले ओभरको चौंथो बलमा छक्का प्रहार गरे। अन्तिम ओभरमा जित्न १५ रन आवस्यक रह्यो र बलिंगमा आए लाहिरु कुमारा। पहिलो बलमा रबाडाले १ रन लिएर डेभिड मिलरलाई स्ट्राइक दिए। मिलरले दोश्रो र तेश्रो बलमा छक्का प्रहार गरे। चौंथो बलमा १ रन लिंदै स्कोर बराबरी गरेपछि पाँचौ बलमा रबाडाले चौका प्रहार गर्दै जित दिलाए।

श्रीलंकाको बलिंगमा ह्याट्रिक लिएका वानिन्दु हसरंगाले सर्वाधिक ३ विकेट ( ४-०-२०-३ ) लिए भने दुश्मन्था चमिराले २ विकेट ( ४-०-२७-२ ) लिए।

टस हारेर ब्याटिंग गरेको श्रीलंकाले २० ओभरमा सबै विकेट गुमाएर १४२ रन बनाएको थियो। उसको लागि ओपनर पथुम निसंकाले सर्वाधिक ७२ रन बनाए जुन क्रममा ५८ बलमा ६ चौका र ३ छक्का प्रहार गरे। चरिथ असलंकाले २१ तथा कप्तान दासुन शनाकाले ११ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्। दोश्रो विकेटको लागि निसंका र असलंका बीच ४१ रनको साझेदारी इनिंग्सको सर्वाधिक साझेदारी रह्यो।

दक्षिण अफ्रीकाको बलिंगमा तब्रेज शाम्सी ( ४-०-१७-३ ) र ड्वेन प्रिटोरियसले ( ३-०-१७-३ ) समान तिन विकेट तथा एनरिक् नोर्कियाले दुई विकेट ( ४-०-२७-२ ) लिए।

जितपछि ३ खेलमा २ जित र १ हार बेहोरेको दक्षिण अफ्रीका समुह ‘१’ अंकतालिकामा ४ अंक सहित तेश्रो स्थानमा छ। समान अंक रहेता पनि इंग्ल्यान्ड र अस्ट्रेलिया नेट रन रेटमा अघि रहेका छन्। श्रीलंका भने ३ खेलमा १ जित र २ हार पछि चौंथो स्थानमा पुगेको छ।





थप समाचार

एपिएलको फाइनलमा रोयल सन्धिखर्क र सौजन्य समाज किमडाँडा भिड्ने

अर्घाखाँचीमा जारी अर्घाखाँची प्रिमियर लिग (एपिएल) क्रिकेटको फाइनलमा रोयल सन्धिखर्क र सौजन्य समाज किमडाँडा भिड्ने भएका छन् । सन्धिखर्कमा चलिरहेको […]

त्रिवि क्रिकेट मैदानमा कलाकार र नेताहरुबीच मैत्रीपूर्ण खेल

काठमाडौं । नेपाल विद्यार्थी संघ केन्द्रीय समितिद्वारा आयोजित अन्तर्राष्ट्रिय अन्तर विश्वविद्यालय टी–२० क्रिकेट प्रतियोगिताको पूर्वसन्ध्यामा मैत्रीपूर्ण खेलको आयोजना गरिएको छ। […]

प्रधानमन्त्री कप : सुदूरपश्चिम ९ बलमै विजयी

काठमाडौं । धनगढीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेश ९ बलमा नै विजयी भएको छ। फाप्ला […]

ई-प्लानेट हाई स्कुल च्याम्पियनसिप: गण्डकी छनोटको उपाधि कास्की मोर्डनाइज्डलाई

ई-प्लानेट नेशनल हाई स्कुल टी टेन क्रिकेट च्याम्पियनसिप २०८१ को गण्डकी छनोट प्रतियोगिताको उपाधि कास्की मोर्डनाइज्ड एकेडेमीले जितेको छ। पुष […]

धनगढीमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने, देशभरका ८ वटा क्लबले सहभागीता जनाउने

धनगढी, माघ ०३ : क्रिकेटको शहर धनगढीमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । गो ड्रिमर्सको आयोजनामा […]

पुलिसले जित्यो जय ट्रफीको उपाधि

काठमाडौं । नेपाल पुलिस क्लब जय ट्रफी मेन्स एलिट कपको च्याम्पियन बनेको छ। वीरगन्जको नारायणी क्रिकेट मैदानमा तेस्रो दिन बिहीबार […]