श्रीलंका पहिले ब्याटिङ गर्दै

२०८१ जेष्ठ २१, सोमबार १९:५४

काठमाडौं । टी-२० विश्वकपको नवौं संस्करणको पाँचौ खेलमा दक्षिण अफ्रिकाविरुद्ध श्रीलंकाले पहिले ब्याटिङ गर्दैछ ।

अमेरिकाको न्युयोर्कमा रहेको क्रिकेट मैदानमा श्रीलंकाका कप्तान वानिन्दु हसरंगाले टस जितेर ब्याटिङ रोजेका हुन् ।

दुवै टिम सन् २००७ बाट सुरु प्रतियोगिताको सबै संस्करणमा सहभागी रहेका छन् । श्रीलंका २०१४ को च्याम्पियन टोली हो । भने, दक्षिण अफ्रिका २००९ र २०१४ को विश्वकपको सेमिफाइनलसम्म पुगेको थियो ।

सन् २०२२ मा अस्ट्रेलियामा भएको आठौं संस्करणको विश्वकपमा शीर्ष आठमा रहेर दुवै टोली यस विश्वकपका लागि छनोट भएका थिए ।

श्रीलंका र दक्षिण अफ्रिकाबीच टी-२० आईको पछिल्लो पाँच भेटमा दक्षिण अफ्रिका अपराजित रहेको छ ।

नवौं संस्करणको विश्वकपमा पहिलो पहिलो पटक २० राष्ट्रको सहभागीता रहेको छ । सहभागी २० राष्ट्रलाई चार समूहमा विभाजन गरिएको छ ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy