श्रीलंका पहिले ब्याटिङ गर्दै

काठमाडौं । टी-२० विश्वकपको नवौं संस्करणको पाँचौ खेलमा दक्षिण अफ्रिकाविरुद्ध श्रीलंकाले पहिले ब्याटिङ गर्दैछ ।

अमेरिकाको न्युयोर्कमा रहेको क्रिकेट मैदानमा श्रीलंकाका कप्तान वानिन्दु हसरंगाले टस जितेर ब्याटिङ रोजेका हुन् ।

दुवै टिम सन् २००७ बाट सुरु प्रतियोगिताको सबै संस्करणमा सहभागी रहेका छन् । श्रीलंका २०१४ को च्याम्पियन टोली हो । भने, दक्षिण अफ्रिका २००९ र २०१४ को विश्वकपको सेमिफाइनलसम्म पुगेको थियो ।

सन् २०२२ मा अस्ट्रेलियामा भएको आठौं संस्करणको विश्वकपमा शीर्ष आठमा रहेर दुवै टोली यस विश्वकपका लागि छनोट भएका थिए ।

श्रीलंका र दक्षिण अफ्रिकाबीच टी-२० आईको पछिल्लो पाँच भेटमा दक्षिण अफ्रिका अपराजित रहेको छ ।

नवौं संस्करणको विश्वकपमा पहिलो पहिलो पटक २० राष्ट्रको सहभागीता रहेको छ । सहभागी २० राष्ट्रलाई चार समूहमा विभाजन गरिएको छ ।





थप समाचार

अर्जुन ट्रफीको खेल तालिका सार्वजनिक, उद्घाटन खेलमा धनगढी र डडेल्धुरा भिड्ने

क्रिकेटको शहर धनगढीमा आगामी माघ १९ गतेदेखि २८ गते (फेब्ररी १ देखि १०) सम्म आयोजना हुने अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट […]

प्रधानमन्त्री कप : सुदूरमाथि आर्मीको जित

काठमाडौँ । विभागीय टोली त्रिभुवन आर्मीले प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत सुपर फोरको पहिलो खेलमा सुदूरपश्चिम प्रदेशलाई […]

केसीए यु–१४ क्रिकेट शुक्रबारदेखि, बिजेतालाई ५० हजार

काठमाडौँ । काठमाडौँ क्रिकेट एकेडेमीको आयोजनामा हुने केसिए यु–१४ क्रिकेट प्रतियोगिता शुक्रबार ११ गतेदेखि २२ गतेसम्म हुने भएको छ। प्रतियोगितामा […]

यु-१९ विश्वकप : नेपाल अस्ट्रेलियासँग पनि पराजित

काठमाडौं । मलेसियामा जारी आइसिसी यु-१९ टी-२० विश्वकप अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल अस्ट्रेलियासँग ८३ रनले पराजित भएको […]

अस्ट्रेलियाले दियो १४० रनको लक्ष्य

काठमाडौं। आइसिसी यु–१९ विश्वकपअन्तर्गत नेपाललाई अस्ट्रेलियाले १४० को विशाल लक्ष्य दिएको छ। वाइएसडी युकेएम क्रिकेट ओभलमा टस जितेर पहिला ब्याटिङ […]

नेपालले अस्ट्रेलियाविरुद्ध फिल्डिङ गर्दै

काठमाडौं। आइसिसी यु–१९ विश्वकपअन्तर्गत जित्नै पर्ने खेलमा नेपालले अस्ट्रेलियाविरुद्ध पहिला बलिङ गर्ने भएको छ। मलेसियाको वाइएसडी युकेएम क्रिकेट ओभलमा अस्ट्रेलियाकी […]