काठमाडौं । जारी टी-२० विश्वकपको सुपर एट अन्तर्गतको जित्नै पर्ने खेलमा दक्षिण अफ्रिकाविरुद्ध वेस्ट इन्डिजले पहिले ब्याटिङ गर्ने भएको छ ।
वेस्ट इन्डिजको एन्टिगुवामा दक्षिण अफ्रिकाका कप्तान एडेन मारकमले टस जितेर बलिङ रोजे पछि घरेलु टोलीले पहिले ब्याटिङ गर्न लागेको हो ।
यो खेलमा विजेता बन्ने टिमले नै सेमिफाइनलमा स्थान बनाउँने भएकाले दुवै टोलीका लागि यो खेल महत्वपुर्ण रहेको छ ।
