नेपालसँग खेल्नु अघि दक्षिण अफ्रिका पराजित

काठमाडौं । वेस्ट इन्डिज र अमेरिकामा संयुक्त रुपमा आयोजना हुने नवौं संस्करणको विश्वकपमा नेपालसँगै एकै समूहमा रहेको दक्षिण अफ्रिका पराजित भएको छ ।

घरेलु टोली वेस्ट इन्डिजसँगको तीन खेलको टी-२० आई सिरिजको पहिलो खेलमा पाहुना टोली दक्षिण अफ्रिका २८ रनले पराजित भयो । यो हारसँगै वेस्ट इन्डिजले सिरिजमा १-० को अग्रता बनाएको छ ।

वेस्ट इन्डिजले दिएको १ सय ७६ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले १९ दशमलब ५ ओभरमा अल आउट हुदै १ सय ४७ रन मात्र बनायो ।

दक्षिण अफ्रिकाका लागि ओपनर रिजा हेनरिक ५१ बलमा ६ चौका र ६ छक्काको सहयोगमा ८७ रन बनाए । म्याथु ब्रेट्जेले १३ बलमा १९ तथा कप्तान रासि भान डर डुसनले १७ बलमा १७ रन बनाए । दक्षिण अफ्रिकाका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

वेस्ट इन्डिजका लागि म्याथ्यु फोर्ड र गुणकेश मोटीले समान ३/३ तथा ओबेद म्याकोइले २ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले २० ओभरमा ८ विकेट गुमाएर १ सय ७५ रन बनाएको थियो ।

वेस्ट इन्डिजका लागि कप्तान ब्रान्डन किंगले ४५ बलमा ६ चौका र ६ छक्काको सहयोगमा ७९ रन बनाए । कायल मेयर्सले ३४ तथा रोस्टन चेसले अविजित ३२ रन बनाए ।

पराजित दक्षिण अफ्रिका आउँदो टि-२० विश्वकपमा नेपाल रहेकै समूहमा रहेको छ । नेपाल र दक्षिण अफ्रिकाबीचको खेल जुन १५ मा हुँदैछ ।

 





थप समाचार

अर्जुन ट्रफीका लागि घोडाघोडी–११ को टीम घोषणा

क्रिकेटको शहर धनगढीमा आगामी माघ १९ गतेदेखि २८ गते (फेब्ररी १ देखि १०) सम्म आयोजना हुने अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट […]

कप्तान रुविनाको अलराउन्डर प्रदर्शनमा काेशीकाे लगातार दोस्रो जित

कप्तान रुविना क्षेत्री बेलबासेको अलराउन्डर प्रदर्शनसँगै लगातार दोस्रो जित निकालेको कोशी प्रदेशले प्रधानमन्त्री कप राष्ट्रिय टी २० क्रिकेट प्रतियोगिताको प्लेअफ […]

स्कटल्याण्डसँग नेपाल १ विकेटले पराजित

पिप्पा स्प्रौलको सानदार बलिङसँगै नेपालले आइसिसी यु–१९ विश्वकपमा लगातार दोस्रो हार बेहोरेको छ। मंगलबार सम्पन्न खेलमा नेपाल स्टकल्यान्डसँग एक विकेटले […]

स्कटल्याण्डसँग खेल्दै नेपाल

कठमाडौँ । मलेसियामा जारी आइसीसी महिला यु–१९ टी–२० क्रिकेट विश्वकपमा सोमबार नेपालले स्कटल्याण्डको सामना गर्दै छ। नेपाली समयअनुसार यो खेल […]

प्रधानमन्त्री कप : कोशी र आर्मीको विजयी सुरुआत

काठमाडौं । कोशी र विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेका छन्। आइतबार […]

पाँचौ संस्करणको अर्घाखाँची प्रिमियर लिग क्रिकेटको उपाधी किमडाँडालाई

अर्घाखाँची । अर्घाखाँची क्रिकेट संघले आयोजना गरेको अर्घाखाँची प्रिमियर लिग टि–२० क्रिकेटको उपाधी सौजन्य समाज किमडाँडाले जितेको छ । पाँचौं […]