मोर्केलको अन्तिम टेस्टमा दक्षिण अफ्रिकालाई सिरिज

विकेटनेपाल, चैत्र २० – मंगलबार । अस्ट्रेलियाको दक्षिण अफ्रिका भ्रमण अन्तर्गतको अन्तिम तथा चौथो टेस्ट क्रिकेटमा ४९२ रनको जित हात पार्दै दक्षिण अफ्रिकाले ४८ वर्षयता पहिलोपल्ट अस्ट्रेलियाबिरुद्द घरमा सिरिज हात पारेको छ ।

जितको लागि दोश्रो इनिंगमा फस्ट क्लास क्रिकेटकै सर्बाधिक ६१४ रनको लक्ष्य पाएको पाहुना टोलि अस्ट्रेलियाले मात्र ११९ रन बनाउदा सबै विकेट गुमायो । अस्ट्रेलियाका जोए बर्न्सले ४२ रनको योगदान दिएपनि घरेलु टोलीका भेर्नान फिलान्डरले मात्र २१ रन दिएर ६ विकेट लिएपछि अन्तिम दिन अस्ट्रेलिया पराजित भएको हो ।

यसअघि जोहानेसवर्गमा टस जितेर पहिले ब्याटिंग गरेको दक्षिण अफ्रिकाले ओपनर एईडेन मार्क्रामले १५२ रन, टेम्भा बवुमाले अविजित ९५ रन, एबि डी भिल्लियर्सले ६९ रन, तल्लोक्रममा केशब महाराजले ४५ रन बनाएपछि ४८८ रन बनाउँदा सबै विकेट गुमाएको थियो । अस्ट्रेलियाका प्याट कमिंग्सले ५ विकेट   लिन ८३ रन, नथन लायनले ३ विकेट लिन १८२ रन र मिचेल स्टार्क घाइते भएपछी टिममा डेब्यु गरेका बलर चाड शयेर्सले २ विकेट लिन ७८ रन खर्चिए ।

स्टिव स्मिथ, डेविड वार्नर र क्यामरुन ब्यान्क्राफ्टको अनुपस्थितिमा जवाफमा उत्रेको अस्ट्रेलियाले कप्तान टिम पेनको ६२ रन, उस्मान ख्वाजाले ५३ रन र प्याट कमिंग्सले ५० रन बनाएपनि मात्र २२१ रन बनाउँदा सबै विकेट गुमायो । दक्षिण अफ्रिकी फिलान्डर, रवाडा र महाराजले समान ३/३   विकेट लिए ।

दोश्रो इनिंगमा २६७ रनको अग्रतासहित आएको दक्षिण अफ्रिकाले कप्तान फाफ डु प्लेसीको १२० रन र डीन एल्गरको ८१ रनको मद्दतमा ६ विकेट गुमाएर ३४६ रन बनाउंदै ४१३ रनको अग्रता लिएर पारि समाप्तिको घोषणा गरेको थियो । अस्ट्रेलियाका प्याट कमिंग्सले ४ विकेट लिन ५८ रन र नथन लायनले २ विकेट लिन ११६ रन खर्चेका थिए ।

खेलमा १० विकेट लिएका फिलान्डर म्यान अफ द म्याच तथा कगीसो रबाडा म्यान अफ द सिरिज घोषित भए ।

यसअघिको नतिजा

पहिलो टेस्ट- अस्ट्रेलिया ११८ रनले बिजयी
दोश्रो टेस्ट- दक्षिण अफ्रिका ६ विकेटले बिजयी
तेस्रो टेस्ट- दक्षिण अफ्रिका ३२२ रनले बिजयी
चौथो टेस्ट- दक्षिण अफ्रिका ४९२ रनले बिजयी

मोर्केलको सन्यास

दक्षिण अफ्रिकाका लागि ८६ टेस्ट, ११७ एकदिवसीय र ४४ टी२० अन्तर्राष्ट्रिय क्रिकेट खेलेका दक्षिण अफ्रिकी तिब्र गतिका बलर मोर्ने मोर्केलले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । आज सम्पन्न टेस्ट सिरिजपछी मोर्केलले सन्यासको पुर्वनिर्धारित सन्यास घोषणा गरेका हुन् ।   धेरैजसो डेल स्टेन र फिलान्डरको छत्रछायाँमा रहेको तेस्रो बलरको रुपमा खेल्ने उनले ३०९   टेस्ट,  १८८ एकदिवसीय र ४७ टी२० आई विकेट   लिएका छन् ।





थप समाचार

मलेसियाविरुद्धको ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृङ्खलाको उपाधि नेपाललाई 

काठमाडौँ । सीता रानामगरको ३४ रन प्रेरित नेपाली महिला क्रिकेट टिमले आइतबार पाँचौँ तथा अन्तिम ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा मलेसियालाई तीन […]

नेपाल मलेसियासँग पराजित

घरेलु टोली मलेसियाले चौथो महिला अन्तर्राष्ट्रिय खेलमा नेपाललाई पराजित गरेको छ । शनिबार सम्पन्न खेलमा घरेलु टोलीले ४ विकेटले नेपाललाई […]

विश्वकप छनोट खेल्न दक्षिण अफ्रिका जाँदै सन्दीप

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेलाई पठाउने तयारी गरिएको छ। सन्दीपलाई दक्षिण अफ्रिकामा हुने अभ्यास खेल […]

डीएभी सुशील केडिया स्कुलमा ३ उदीयमान क्रिकेटरका लागि पूर्ण छात्रवृत्ति अवसर 

काठमाडौं, ललितपुरमा रहेको डीएभी सुशील केडिया विश्व भारती स्कुलले तीन जना उदीयमान क्रिकेटरलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने भएको छ । […]

क्याम प्रिमियर लिग : तराई टाइगर, लुम्बिनी, कङ्गारु र हाम्रो यूथ क्लब विजयी

तराई टाइगर स्पोर्ट्स क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेट प्रतियोगितामामा ६८ रनको फराकिलो जित निकालेको छ […]

एसीसी प्रिमियर कप : नेपाल र युएईबीचको बाँकी फाइनल खेल आज

  काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कपमा सोमबार रोकिएको नेपाल र युएईबीचको फाइनल खेल आज (मंगलबार)सुरु हुदैछ । सोमबार […]