सान यु-१६ कप: नेक्सस र ग्रेट हिमालय उपाधीका लागि भिड्ने

  • विकेटनेपाल, असार ८ – शुक्रबार

राजधानीमा जारी यु-१६ सान टि-२० कप अन्तर्गत आज सम्पन्न खेलमा नेक्सस क्रिकेट एकेडेमी र ग्रेट हिमालय क्रिकेट एकेडेमी फाईनलमा प्रबेश गरेका छन्।

नेक्सस क्रिकेट एकेडेमीले बिरेन्द्र शैनिक स्कुललाई २३ रनले पराजित गर्दै फाइनलमा प्रबेश गरेको हो। उक्त खेलमा नेक्ससका बिपीन शाही म्यान अफ द म्याच भए। उनले ५३ बलमा ६ चौका प्रहार गर्दै ४७ रन बनाएका थिए।

पहिलो ब्याटिङमा उत्रेको नेक्ससले ६ विकेटको क्षतीमा १३२ रन बनाएको थियो। नेक्ससकै प्रियान्सु श्रेष्ठले ३५ बलमा २१ रन,आदित सुबेदीले १३ बलमा २१ रन र आयुष बस्नेतले १३ बलमा ९ रन बनाएका थिए। बलिङतर्फ सैनिकका अशिम कार्की  र आशिष कुबरले समान २/२ विकेट लिए।

१३३ रनको लक्ष्य पछ्याउँदै ब्याटिङमा उत्रेको सैनिकले १७.१ ओभरमा अल आउट हुदै जम्मा १०९ रन बनाउन सफल भएको थियो। सैनिकका करूण सिर्मलले ३४ बलमा ३७ रन, जवाफ जंग मल्ल १८ बल १९ रन र हरी नारायण खत्रीले १६ बलमा १९ रन बनाएका थिए। बलिङतर्फ नेक्ससका चिराग शाहले ३.१ ओभर १० रन खर्चेर २ विकेट, सुमन सुन्दासले ३ ओभर २२ रन २ विकेट लिए भने त्रित दास,रिवाज खड्का र सुवास बिकले समान १/१  विकेट लिएका थिए।

हिमालय बिजयी

यस अघि त्रिभुवन बिश्वबिद्धालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न खेलमा ग्रेट हिमालय क्रिकेट एकेडेमीले ओएसिस क्रिकेट एकेडेमीलाई २४ रनले पराजित गर्दै फाइनल प्रबेश गरेको छ। उक्त खेलमा हिमालयका अमित यादव म्यान अफ द म्याच भएका छन्। उनले  ४५ बलमा ४४ रन बनाएका थिए। पहिलो ब्याटिङमा उत्रेको हिमालयले ९ विकेटको क्षेतीमा १०५ रन बनाएको थियो। हिमालयका बिज्ञान गौतमले ३५ बलमा ३२ रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो अंक बनाउन सकेनन्। बलिङतर्फ ओएसिसका अनुप नेपालले ३ ओभर बलिङ गर्दै ८ रन खर्चिएर ४ विकेट लिए भने सभिन शर्माले ४ ओभर १५ रन २ विकेट लिएका थिए।

१०६ रनको लक्ष्य पछ्याउँदै ब्याटिङमा उत्रेको ओएसिसले १८.५ ओभरमा अल आउट हुदै जम्मा ८१ रन बनाएका थियो। ओएसिसका आशिष भट्टराईले १६ बलमा १७ रन, अनुप नेपालले  १८ बल १४ रन र सचिन शर्माले १८ बलमा १३ रन बनाए। बलिङतर्फ हिमालयका अभिषेक थापाले  ३ विकेट र राम सुरथ यादवले २ विकेट लिएका थिए।

राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान) द्वारा आयोजित प्रतियोगिताको उपाधीको लागि शनिबार बिहान ९ बजे नेक्सस र ग्रेट हिमालय भिड्नेछन्।





थप समाचार

मलेसियाविरुद्धको ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृङ्खलाको उपाधि नेपाललाई 

काठमाडौँ । सीता रानामगरको ३४ रन प्रेरित नेपाली महिला क्रिकेट टिमले आइतबार पाँचौँ तथा अन्तिम ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा मलेसियालाई तीन […]

नेपाल मलेसियासँग पराजित

घरेलु टोली मलेसियाले चौथो महिला अन्तर्राष्ट्रिय खेलमा नेपाललाई पराजित गरेको छ । शनिबार सम्पन्न खेलमा घरेलु टोलीले ४ विकेटले नेपाललाई […]

विश्वकप छनोट खेल्न दक्षिण अफ्रिका जाँदै सन्दीप

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेलाई पठाउने तयारी गरिएको छ। सन्दीपलाई दक्षिण अफ्रिकामा हुने अभ्यास खेल […]

डीएभी सुशील केडिया स्कुलमा ३ उदीयमान क्रिकेटरका लागि पूर्ण छात्रवृत्ति अवसर 

काठमाडौं, ललितपुरमा रहेको डीएभी सुशील केडिया विश्व भारती स्कुलले तीन जना उदीयमान क्रिकेटरलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने भएको छ । […]

क्याम प्रिमियर लिग : तराई टाइगर, लुम्बिनी, कङ्गारु र हाम्रो यूथ क्लब विजयी

तराई टाइगर स्पोर्ट्स क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेट प्रतियोगितामामा ६८ रनको फराकिलो जित निकालेको छ […]

एसीसी प्रिमियर कप : नेपाल र युएईबीचको बाँकी फाइनल खेल आज

  काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कपमा सोमबार रोकिएको नेपाल र युएईबीचको फाइनल खेल आज (मंगलबार)सुरु हुदैछ । सोमबार […]