EPL : नेपाल आइपुगे गत सिजनका सबैभन्दा आक्रामक ब्याट्सम्यान लेभी

२०७८ आश्विन ६, बुधबार १३:४५

सेप्टेम्बर २५ तारिख देखि सुरु हुने एभरेस्ट प्रिमियर लिग टि-ट्वान्टी ( ईपीएल ) को चौंथो संस्करणमा सहभागी हुन दक्षिण अफ्रिकी ब्याट्सम्यान रिचर्ड लेभी नेपाल आइपुगेका छन्।

३३ वर्षीय दायाँ हाते ब्याट्सम्यान यो सिजन पनि पोखरा राइनोजबाट खेल्दैछन्। राइनोजमा लेभी बाहेक विदेशी खेलाडीको रुपमा वेस्टइन्डिज बलर केसरिक् विलियम्स श्रीलंकाका अलराउण्डर असेला गुनरत्ने, पूर्व श्रीलंकन यु-१९ क्रिकेटर सहान अरचिगे रहेका छन्। विलियम्स दुई दिन अघिनै नेपाल आइपुगीसकेका छन्।

लेभीले गत सिजन ईपीएलमा ४ खेल खेल्ने क्रममा ५१ को औशत र १९६.१५ अर्थात् प्रतियोगिताकै सर्वाधिक स्ट्राइक रेटमा २०४ रन बनाएका थिए। त्यस क्रममा उनले ललितपुर बिरुद्ध एक खेलमा ३९ बलमा ३ चौका र ९ छक्का मद्दतले ८४ तथा भैरहवा बिरुद्ध ३६ बलमा ७ चौका र ७ छक्का मद्दतले ७९ रन बनाएका थिए।

को हुन् रिचर्ड लेभी ?

दक्षिण अफ्रिकामा जन्मिएका रिचर्ड लेभी टि-२० क्रिकेटमा बिष्फोटक ब्याटिंगका लागि चिनिने गर्छन्। लेभीले सन् २०१२ मा न्युजील्याण्ड बिरुद्ध मात्र ४५ बलमा शतक बनाउंदै टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक छिटो शतक बनाउने रेकर्ड आफ्नो नाम गरेका थिए। उक्त रेकर्ड हाल दक्षिण अफ्रीकाकै डेभिड मिलर, भारतका रोहित शर्मा र चेज रिपब्लिकका सुदेश विक्रमासेकराको नाममा संयुक्त रुपमा रहेको छ जसले ३५ बलमा शतक पुरा गरेका थिए।

बिष्फोटक ब्याटिंगका लागि चिनिने लेभीको इनिंगपछि इन्डियन प्रिमियर लिगको टोलि मुम्बई इन्डीयन्सले ४ लाख डलरमा उनलाई टोलीमा समेत लिएको थियो। आइपिएल क्रिकेटमा मात्र ६ खेल खेल्ने मौका पाएका लेभीले कुल ८३ रन मात्र बनाउन सके।

Richard Levi ( Photo - Pokhara Rhinos )
अघिल्लो सिजन दक्षिण अफ्रिकी क्रिकेटर रिचर्ड लेभीले पोखरा राइनोजकै प्रतिनिधित्व गरेका थिए

त्यसयता दक्षिण अफ्रिकाका लागि १३ टि-२० अन्तर्राष्ट्रिय खेलको अनुभव बटुलेका लेभीको नाममा १४१.३१ को बिष्फोटक स्ट्राइक रेटमा २३६ रन रहेको छ। २०१२ पछि उनि दक्षिण अफ्रिकी टिममा छैनन्। अन्तिम पटक लेभीलेले अन्तिम पटक सन् २०१२ मा न्युजिल्याण्ड बिरुद्ध टि-२० अन्तर्राष्ट्रिय खेलेका थिए। हाल उनि इंग्ल्यान्डको काउन्टी क्रिकेटमा नर्थम्प्टनशायरबाट खेल्ने गर्छन्।

पोखरा राइनोज टिममा टिममा बिनोद भण्डारी, सुनिल धमला, सुशन भारि, बिक्रम सोब, बिपिन खत्री जस्ता अनुभवी खेलाडीहरु रहेका छन्। यस्तै अर्जुन कुमाल, बिबेक यादब, रित गौतम, लोकेश बम, बिपिन रावल, नन्दन यादब, देब शाह, किशोर महतो जस्ता युवा खेलाडीहरु आबद्ध रहेका छन्।

राइनोजको प्रशिक्षकको रुपमा नेपालकै पूर्व मुख्य प्रशिक्षक उमेश पटवाल आबद्ध भइसकेका छन् भने टिममा बलिंग प्रशिक्षकको रुपमा पूर्व राष्ट्रीय क्रिकेटर तथा पोखराकै पूर्व खेलाडी शक्ति गौचन तथा सहायक प्रशिक्षकको रुपमा रिजन प्रजु आवद्ध रहेका छन्। टिमको क्रिकेट निर्देशकको रुपमा दिपेन्द्र चौधरी आबद्ध छन्।

पोखरा राइनोज टिम : बिनोद भण्डारी, सुनिल धमला, रित गौतम, बिपिन रावल, लोकेश बम, रबिन्द्र शाही, बिबेक यादव, सुशन भारि, किशोर महतो, बिक्रम सोब, नन्दन यादव, अर्जुन कुमाल, देब शाह, बिपिन खत्री, रिचर्ड लेभी(✈️)केसरिक् विलियम्स(✈️), असेला गुनरत्ने(✈️), सहान अरचिगे(✈️)

ईपीएलको गत सिजन पोखरा लिग चरणको ५ वटै खेलमा पराजित हुँदा प्लेअफ चरण पुग्न असफल रहेको थियो।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy