चिनबिरुद्द सबनमको ह्याट्रिक !

  • विकेटनेपाल, मङ्सिर १०

थाईल्याण्डमा जारि महिला टि-२० बिश्व कप क्रिकेट एसियाली छनोट प्रतियोगितामा नेपाली बलर सबनम राईले ह्याट्रिक लिएकी छिन्।

चिन बिरुद्द लिग चरणको खेलमा नेपाललाई सहज जित दिलाउने क्रममा राईले दुर्लभ सफलता हात पारेकी हुन्। ह्याट्रिक लिने क्रममा सबै चिनिया ब्याट्सवुमनलाई एलबिडब्लु धरापमा पारेकी थिईन्।

नेपालले टस हारेर पहिले ब्याटिंग गर्दै दिइएको १०३ रनको लक्ष्य पछ्याउने क्रममा ५२ रनमै सबै विकेट गुमाउदै ५० रनले खेल हारेको थियो जुन क्रममा प्लेयर अफ द म्याच चुनिएकी सबनमले ३ ओभरमा ७ रन खर्चेर ३ विकेट हात पारेकी थिईन्।

दायाँ हाते तिब्र गति बलर राईको ह्याट्रिक एउटै ओभरमा भने पुरा भएको हैन। इनिंगको दोश्रो ओभरको अन्तिम बलमा विकेट लिएकी उनले त्यसपछि अर्को ओभर बलिंग गर्ने क्रममा चौथो ओभरको पहिलो र दोश्रो बलमा लगातार २ बलमा विकेट लिंदै ह्याट्रिक पुरा गरेकी थिइन्।

Sabnam Rai
सबनम राई

आफ्नो पहिलो ओभरको अन्तिम बलमा झाँग चानलाई आउट गर्दै विकेटको खाता खोलेकी सबनमले स्पेललाई निरन्तरता दिनेक्रममा व्यक्तिगत दोश्रो ओभरको पहिलो बलमा लिउ जिआओननको तथा दोश्रो बलमा जी ल्युलाई एलबिडब्लु धरापमा पार्दै दुर्लभ किर्तिमानमा आफ्नो नाम लेखाएकी हुन् । योसँगै उनी नेपालको लागि अन्तर्राष्ट्रिय क्रिकेटमा ह्याट्रिक लिने चौथो खेलाडी बनेकी छिन् भने तेस्रो महिला खेलाडी बनेकी छिन् ।

खेलको स्कोरकार्ड, कमेन्ट्रि 

यो भन्दा अघि नेपालको लागि महिला क्रिकेटमा रुबिना क्षेत्रीले तथा पुरुष रास्ट्रिय क्रिकेट टिमको लागि शक्ति गौचनले मात्रै ह्याट्रिक लिन सकेका छन्। रुबिनाले सन् २००९ को एसीसी महिला टि-२० मा तथा शक्ति गौचनले सन् २०१२ को टि-२० बिश्वकप छनौटमा डेनमार्कसंग ह्याट्रिक लिएका थिए।

सबनाम भन्दा अघि अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाली खेलाडीको ३ ह्याट-ट्रिकको चर्चा तल गरेका छौं 

शक्ति गौचनको ह्याट्रिक

शक्ति गौचनले नेपालको लागि अन्तर्राष्ट्रिय क्रिकेटमा दोश्रो ह्याट्रिक लिएका थिए ।

उनले सन् २०१२ मार्च १४ मा आईसिसी विश्व टी-ट्वान्टी छनौट प्रतियोगिता अन्तर्गत डेनमार्क बिरुद्दको खेलमा उनले यस्तो सफलता प्राप्त गरेका थिए ।

उनले खेलको १३ औ ओभरमा आफ्नो दोश्रो स्पेल लिएर बलिंग गर्न उत्रेका थिए । ओभरको दोश्रो बलमा रिजवान मोहम्मदलाई पारस खड्काको हातबाट आउट गराएका थिए । त्यसपछि तेस्रो बलमा अफताब अहमदलाई बोल्ड आउट तथा चौथो बलमा कमरान मोहम्मदलाई एलबिडब्लु धरापमा पार्दै ह्याट्रिक पुरा गरेका थिए ।

त्यो भन्दा अगाडी पहिलो स्पेलमा शेह्जाद अहमदलाई आउट गर्दै विकेटको खाता खोलेका थिए । उनले खेलमा ४ ओभर बलिंग गर्दै मात्र २० रन खर्चेर ४ विकेट हात पारेका थिए ।

खेलमा प्रदीप ऐरीले ४३ बलमा अविजित ६५ रन बनेपछि नेपालले ८३ रनको लक्ष्य मात्र १२.४ ओभरमा पुरा गरेको थियो ।

रुबिना क्षेत्री

 

रुबिना क्षेत्रीको ह्याट्रिक 

रुबिना क्षेत्री नेपालको लागि कुनैपनि अन्तर्राष्ट्रिय क्रिकेटमा ह्याट्रिक लिने पहिलो खेलाडी हुन् ।

सन् २००९ जुलाई ४ तारिखको दिन एसिसी महिला टी-२० प्रतियोगिता अन्तर्गत सिंगापुरबिरुद्द ह्याट्रिक सहित ५ विकेट लिंदै नेपाललाई रोमान्चक जित दिलाएकी थिईन् ।

खेल जित्नको लागि सिंगापुरलाई अन्तिम ओभरमा मात्र २ रन आवस्यक रहेको बेला तत्कालीन कप्तान ऋतु कनौजियाले रुबिना क्षेत्रीलाई बलिंग गर्न लगाईन् ।

त्यसबेला मात्र १५ बर्षीय रुबिनाले पहिलो बल डट गरिन् भने त्यसपछिको लगातार ३ बलमा विकेट लिदै ह्याट्रिक पुरा गरिन्। ह्याट्रिक लिने क्रममा भृत्ति सेठी, समन्था सिंघम र तान्या सेनको विकेट लिएकी थिईन्।

ह्याट्रिक पछिको बल वाइड गरेपछी खेल बराबरीमा गयो तर रुबिना थामीईनन्।

सिंगापुरलाई जितको लागि २ बलमा मात्र १ रनको खाँचो थियो तर रुबिनाले बाँकी  २ बलमा २ विकेट लिदै खेललाई बराबरी गराईन् । त्यसबेलाको नियमअनुसार बल-आउटमा पुगेको खेल नेपालले २-१ ले जितेको थियो।

करुणा भण्डारी

करुणा भण्डारीको ह्याट्रिक

करुणा भण्डारी अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको लागि ह्याट्रिक लिने रुबिना क्षेत्री पछिको दोश्रो खेलाडी हुन ।

उनले सन् २०११ फेब्रुअरी ७ तारिखका दिन कुबेतमा भएको एसीसी महिला टी२० च्याम्पियनसिप अन्तर्गत थाइल्याण्ड बिरुद्द ह्याट्रिक लिएकी थिईन ।

खेलमा टस जितेर पहिले ब्याटिंग गरेको थाइल्याण्डले करुणा भण्डारीले ४ बलमा लगातार ४ विकेट लिएपछि १७.५ ओभरमा सबै विकेट गुमाएर ७६ रनमा समेटिएको थियो ।

करुणा भण्डारीले ह्याट्रिक लिने क्रममा १५.३ ओभरमा नत्ताया बूचाथमलाई १५ रनमा बोल्ड गरिन, त्यसपछिको बलमा नारुमोन सृसुवानलाई शुन्य रनमा पेभेलियन फार्काइन त्यसपछि नन्तानित् नन्तखोंचनलाई पुनः शुन्य रनमा बोल्ड गरिन ।

त्यस्तै उनले खेलमा ३.५ ओभर बलिंग गर्दै १२ रन खर्चेर ५ विकेट हात पारेकी थिईन ।

जवाफमा नेपालले १८.५ ओभरमा सबै विकेट गुमाएर मात्र ६३ रन बनाएपछि १३ रनले पराजित हुदै प्रतियोगितामा चौथो भएको थियो ।





थप समाचार

राजस्थानको लगातार चौथो जित, राजस्थानको प्लेअफ सम्भावना बलियो

काठमाडौं । जारी १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल)मा राजस्थान रोयल्सले लगातार चौथो जित निकाल्दै शीर्ष चारमा रहदै प्लेअफमा स्थान […]

नेपाल र वेस्ट इन्डिजबीचको दोस्रो खेल आज

काठमाडौं । नेपाल भ्रमणमा रहेको वेस्ट इन्डिज ए र नेपालको सिनियर राष्ट्रिय टोलीबीचमा जारी पाँच खेलको टी-२० सिरिज दोस्रो खेल […]

राजस्थानको लगातार चौथो जित, राजस्थानको प्लेअफ सम्भावना बलियो

काठमाडौं । जारी १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल)मा राजस्थान रोयल्सले लगातार चौथो जित निकाल्दै शीर्ष चारमा रहदै प्लेअफमा स्थान […]

दिल्लीद्वारा मुम्बई पराजित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल)को ४३ औं खेलमा दिल्ली क्यापिटल्सले मुम्बई इन्डियन्सलाई पराजित गरेको छ । घरेलु […]

रोहितको शतकमा नेपालको जित

काठमाडौं । कप्तान रोहितकुमार पौडेलको शतकको सहयोगमा नेपालले वेस्ट इन्डिज ए सँगको पाँच खेलको टी-२० सिरिजको पहिलो खेलमा जितेको छ […]

नेपालले पायो २०५ रनको लक्ष्य

काठमाडौं । नेपालले वेस्ट इन्डिज ए सँगको पाँच खेलको टी२० सिरिजको पहिलो खेलमा २ सय ५ रनको लक्ष्य पाएको छ […]