सचिन तेन्दुलकरका गुरु रमाकान्त आचरेकरको निधन

  • विकेटनेपाल, पुष १८ – बुधबार 

सचिन तेन्दुलकरको गुरुको रुपमा चर्चित प्रशिक्षक रमाकान्त आचरेकरको बुधबार ८७ बर्षको उमेरमा निधन भएको छ।

सन् १९३२ मा जन्मिएका आचरेकरलाई मुम्बई क्रिकेटको ठुलो व्यक्तित्व मानिने गर्छ जसलाई भारतको प्रतिनिधित्व गर्ने सचिन तेन्दुलकर लगायत थुप्रै क्रिकेटर समेत जन्माएको श्रेय जाने गर्छ। आचरेकर मुम्बईको कमथ मेमोरियल क्रिकेट क्लबको संस्थापक हुन् जसले शिभाजी पार्क मैदानमा क्रिकेटको ठुलो नामहरुलाई क्रिकेटको प्रशिक्षण दिए।

सचिन तेन्दुलकरको कारणले निकै चर्चित बनाएको उनकै उत्पादनको रुपमा अजित अगरकर, बिनोद काम्ब्ली, संजय बाङ्गर, रमेश पोवार, प्रभिन आमरे, चन्द्रकान्त पण्डित जस्ता खेलाडी रहेका छन्।

क्रिकेटमा योगदानको लागि उनलाई सन् २०१० मा पद्म श्री अवार्डबाट सम्मानित गरिएको थियो जुन भारतको सबैभन्दा ठुलो सम्मान हो। साथै उनि द्रोनाचार्य अवार्डबाट सम्मानित हुने क्रिकेट क्षेत्रबाट तेश्रो ब्यक्ति समेत हुन्।

सचिन तेन्दुलकर र आचरेकर 

मुम्बईको शिभाजी पार्क मैदानमा सचिन तेन्दुलकरलाई क्रिकेटको ‘क’ सिकाएका आचरेकरलाई सचिनले आफ्नो गुरु मान्दै आएका थिए। ३४३५७ रन सहित अन्तर्राष्ट्रिय क्रिकेटमा १०० शतक बनाउने र २०० भन्दा बढी टेस्ट खेल्ने पहिलो व्यक्ति सचिनले प्रत्येक वर्ष शिक्षक दिवसको दिन आचरेकरलाई भेट्ने गरेका थिए।

गत बर्ष शिक्षक दिवसको दिन आचरेकरलाई भेट्न पुगेका सचिनले आचरेकरले आफुलाई अनुशाशन र सहि बाटोमा हिड्न सिकाएको बताएका थिए। बाल्यकालमा बदमास सचिनलाई आचरेकरले सम्हालेका थिए। मुम्बईको बिभिन्न ठाउँमा म्याच खेलाउन आचरेकर आफ्नो स्कुटरमा सचिनलाई राखेर लैजाने गर्दथे।

आचरेकरले सचिनको प्रतिभा चिनेपछि सचिनलाई इन्डियन एजुकेसन स्कुलबाट क्रिकेटको लागि चर्चित स्कुल शारदाश्रम बिद्या मन्दिरमा सारेका थिए। त्यही शारदाश्रम स्कुलबाट सचिन र बिनोद काम्ब्लीले सन् १९८८ मा ६६४ रनको अपत्यारिलो पारि खेलेका थिए। त्यसैको अर्को बर्ष सचिनले भारतको लागि टेस्ट खेलेका थिए।

 





थप समाचार

एमएम कप : कोशी प्रदेशसंग पुलिस स्तब्ध

विभागीय टोलि नेपाल पुलिस क्लब विरुद्ध एकदिवसीय राष्ट्रिय प्रतियोगितामा ऐतिहासिक पहिलो जित दर्ता गर्दै कोशी प्रदेशले एमएम कप एकदिवसीय राष्ट्रिय […]

वैभवको शानदार शतकमा राजस्थान विजयी

काठमाडौं। इन्डियन प्रिमियर लिग (आइपिएल) मा राजस्थान रोयल्सले जित हात पारेको छ। राजस्थानका युवा खेलाडी वैभव सूर्यवंशी र जयसवालले शानदार […]

नरेन चम्किंदा आर्मी एमएम कपको फाइनलमा

विभागीय टोलि त्रिभुवन आर्मी क्लब बिराटनगरमा जारि एमएम कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको तेश्रो संस्करणको फाइनल प्रवेश गरेको छ। डिफेन्डिङ च्याम्पियन […]

दिल्लीलाई हराउँदै बैंग्लुरु शीर्ष स्थानमा उक्लियो

काठमाडौं । रोयल च्यालेन्जर्स बैंग्लुरुले आइतबार दिल्ली क्यापिटल्समाथि ६ विकेटको सानदार जित हात पार्दै यस सिजनको आईपीएल तालिकाको शीर्ष स्थानमा […]

एमएम कप : एपीएफद्वारा बागमती पराजित

बिराटनगरमा जारि तेश्रो संस्करणको एमएम कप एकदिवसीय रास्ट्रिय प्रतियोगिता अन्तर्गत दोश्रो दिनको खेलमा विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ […]

एमएम कप : नरेनको अलराउण्ड प्रदर्शनमा आर्मीको जित

मनमोहन स्मृति कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता ( एमएम कप ) को तेश्रो संस्करण बिराटनगरमा सुरु भएको छ। मनमोहन मेमोरियल […]