“कुनै शंका ?” सचिनले बताए आईपीएल जित्नसक्ने आफ्नो प्रिय टिम

लेजेन्ड भारतीय क्रिकेटर सचिन तेन्दुलकरले आज देखि युएईमा सुरु हुने आईपीएलमा आफुले समर्थन गर्ने टिम मुम्बई हो भन्नमा कुनै हिच्किचाहट छैन। सचिनले ४ पटकको विजेता मुम्बईनै यो पटक पनि उपाधि जित्न सक्ने टिमको रुपमा बताएका छन्।

“पक्का पनि निलो टिम, कुनै शंका ? म जहिलेपनि निलोमै छु। मुम्बई र इन्डीएन्स जब संगै आउछ तब मुम्बई इन्डीएन्स बन्छ।” सचिनले आकाश चोपडासंग युट्युब अन्तर्वार्तामा बताए।

चोपडाले दिल्ली क्यापिटल्सलाई सन्तुलित टिम बताउदै मुम्बईलाई चुनौती हुने बताउदै गर्दा सचिनले लिगमा लय प्राप्त गर्ने टिमले राम्रो गर्ने तथा सबै टिमहरु सन्तुलित रहेको बताए –

“सबै टिमहरु सन्तुलित छ। यो यस्तो फर्म्याट हो जहाँ सबै कुराहरु छिटो परिवर्तन हुन्छन्। ब्याट्सम्यानले ठूलो सट खेल्दा हामि अलि हेरेर खेल भन्छौ र यदी कसैले समय लिन्छ भने उसलाई सट खेल्न भन्छौ। त्यसैले हेर्न रोचक हुनेछ। खेल कसैको पनि पक्षमा जानसक्छ। त्यसैले जुन टिमले लय प्राप्त गर्छ त्यसैले बढी सफलता प्राप्त गर्छ। ५३ दिनको प्रतियोगिता हो जहाँ लय आउछ र जान्छ, धेरै उतार चढावहरु देखिनेछ।” उनले बताए।

सचिनले ६ सिजन मुम्बईको प्रतिनिधित्व गरेका थिए

सचिनले लिगको सबै ६ सिजन मुम्बईको लागि खेलेका थिए जसपछि मेन्टरको रुपमा टिमसंग निरन्तर जोडिएका छन्। तर यो वर्ष युएईमा प्रतियोगिता आयोजना हुँदा सचिन टिमसंग हुनेछैनन्। तर तेन्दुलकरले मुम्बईलाई सहयोग निरन्तर गरिरहन भने छोड्ने छैनन्।

“अहिलेको लागि युएई जाने योजना छैन तर पछि सबै कुरा मिलेको खण्डमा म प्रयास गर्नेछु।” सचिनले युएई जाने योजना बारे सोध्दा बताए।

सचिनले लिगमा राम्रो सुरुवात गर्न निकै जरुरि रहेको पनि बताए-

“पहिलो खेल निकै महत्वपूर्ण हुने गर्छ। टेस्ट सिरिजमा पनि र यहाँ पनि उस्तै हो। यदी पहिलो खेल राम्रो हुन्छ भने टिम मिटिंग छोटो हुने गर्छ। यसले कम तनाब दिन्छ जसकारण तपाईलाई बिपक्षीको रणनीति जान्न थप ध्यान दिन मद्दत गर्छ। यदी तपाईको दिमागमा धेरै कुरा घुम्छ भने तपाईमा एकाग्रता रहँदैन। त्यसमा तपाईकको अघिल्लो खेलको नतिजाले निकै प्रभाव पार्छ। त्यसैले राम्रो सुरुवात गर्नु निकै जरुरि छ।” सचिनले थपे।

सम्बन्धित :-

IPL Match 1 : मुम्बई र चेन्नाईमा को बलियो ? दुवै टिमको बलियो र कमजोर पक्ष

आज सुरु हुँदै १३ औं आईपीएल ( सम्पूर्ण जानकारी एकै ठाउँमा )

३ पूर्व भारतीय क्रिकेटरुको रोजाइमा सन्दिप दिल्लीको अन्तिम-११ मा

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy