अस्ट्रेलियासंग खेल अघि सचिनद्वारा भारतलाई खवरदारी

२०७६ जेष्ठ २४, शुक्रबार १४:२२

आईसीसी एकदिवसीय विश्वकप अन्तर्गत भारतको अस्ट्रेलियासंगको दोश्रो खेल अघि सचिन तेन्दुलकरले भारतीय टिमलाई चेतावनी तथा खवरदारी गरेका छन्।

प्रतियोगितामा सुखद सुरुवात गर्ने क्रममा दक्षिण अफ्रीकालाई ६ विकेटले पराजित गरको थियो। जितमा युझ्भेन्द्र चाहलले ४ विकेट लिंदा ब्याटिंगमा रोहित शर्माले १२२* रन बनाएका थिए। भारत र अस्ट्रेलिया बीच जुन ९ तारिख आइतबार केंनिंगटन ओभल मैदानमा खेल हुँदैछ।

“पहिलो खेलको जितबाट जति पनि आत्मविश्वास टिमले पाएको छ त्यसलाई प्याक गरेर अर्को खेलको लागि टिम तयार हुनुपर्छ। अस्ट्रेलिया गार्हो टिम हुने वाला छ किनकि उनीहरुको टिम संयोजन र आत्मविश्वास अहिले राम्रो छ।” सचिनले इन्डिया टुडेसंगको कुराकानीमा बताए।

अस्ट्रेलियाले २ खेल जित्ने क्रममा वेस्ट इन्डिजलाई रोमान्चक खेलमा १४ रनले पराजित गरेको थियो। खेलमा मिचेल स्टार्कले ५ विकेट लिएका थिए।

“ओभल मैदानमा अस्ट्रेलियासंगको खेल रोचक हुनेछ। पिच केहि बाउन्सी हुनेछ जस्तो परिस्थितिमा अस्ट्रेलिया बढी घुलमिल भएको टिम हो। ओभल त्यस्तो पिच हो जहाँ अतिरिक्त बाउन्स हुनेछ जसले अस्ट्रेलियालाई बढी मदत गर्नेछ”

सचिनले डेभिड वार्नर र स्टिभ स्मिथको आगमनले अस्ट्रेलिया फरक टिम भएको बताए-

“स्मिथ र वार्नरको आगमन पछि उनीहरुको टिम फरक भएको छ। डेभिड वार्नरलाई मैले आईपीएलमा जति पनि देखे एकदम फिट र रन बनाउन निकै प्रेरित रहेको देखे” वार्नरले अफगानिस्तानसंग ८९ रनको उत्कृस्ट इनिंग खेलेका थिए।

भारतीय टिमलाई चेतावनीको साथै सचिनले भारतले राम्रो गर्नेमा समेत आत्मविश्वास रहेको बताए-

“म महसुस गर्छु कि भारत प्रतियोगितामा पूर्णत तयार रहेको छ जुन आवस्यक छ। अस्ट्रेलियाको बलिंग आक्रमण राम्रो छ तर भारत तयार छ त्यो सामना गर्नको लागि। हामीले बिगतमा यो बलिंग बिरुद्ध राम्रो प्रदर्शन गरेका छौँ। टिम तयार छ उनीहरुको सामना गर्न। सचिनले थपे।

भारतीय ब्याटिंग लेजेण्ड तेन्दुलकर जारि विश्वकपमा कमेन्टेटरको भूमिका समेत निर्वाह गरिरहेका छन्। ४६ वर्षीय तेन्दुलकर विश्वकपमा धेरै रन र शतक बनाउने खेलाडी हुन्।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy