११ फोटोहरुमा हेर्नु टियु मैदानमा सचिन तेन्दुलकरले के-के गरे

महान भारतीय क्रिकेटर सचिन तेन्दुलकरले नेपाल भ्रमण अन्तर्गत टियु क्रिकेट मैदानमा प्रदर्शनी खेल खेलेका छन्।

शनिबार मध्यरातमा नेपाल आएका सचिन युनिसेफको सद्भावना दुतको रुपमा नेपाल आउने क्रममा बालबालिकाहरु सम्मिलित टिमसंग प्रदर्शनी खेल खेलेका थिए। सचिनले बालबालिकाहरुको एउटा टिमको नेतृत्व गरेका थिए भने अर्को टिमको नेतृत्व नेपालका पुर्व कप्तान बिनोद दासले गरेका थिए।

तेन्दुलकरले खेलको दौरान ब्याटिंग गर्दै १ चौका मदतले ७ रन बनाए। बालबालिकासंग खेल भएकोले तेन्दुलकरले रमाइलोको लागि ब्याटिंग गरेका थिए। त्यसक्रममा उनले फिल्डरलाई आफ्नो क्याच लिने अवसर दिएका थिए। सचिनले कुल २ ओभर ब्याटिंग गरेका थिए। ब्याटिंगको अन्तिम बलमा सचिनले लंग अनमा चौका प्रहार गरेका थिए।

खेलको दौरान सचिनले आफै फिल्डिंग सेट गरेका थिए भने विकेटकिपरको भूमिका निभाए। यस्तै उनले १ ओभर बलिङ्ग पनि गरे। सचिनले देब्रे हातले बलिङ्ग गरेका थिए। प्रदर्शनी खेल सचिनको टिमले जित्यो। पहिले ब्याटिंग गर्दै बिनोद दासको टिमले दिएको ४५ रनको लक्ष्य सचिनको टिमले भेटायो।

सचिनको ब्याटिंग 


खेलपछि सचिनले आफ्नो भ्रमण बारे मन्तब्य समेत व्यक्त गरेका थिए। मन्तब्यको क्रममा उनले बालबालिकाहरुलाई गल्ति गर्नबाट नरोक्न अभिभावकहरुलाई अनुरोध गरेका थिए। गल्तिबाटनै पाठ सिक्ने हुँदा उनीहरुलाई गल्तिबाट सिक्ने अवसर प्रदान गर्नुपर्ने उनको जोड थियो। त्यस क्रममा उनले आफ्नो बाल्यकालमा आफु निकै चकचके बच्चा भएको समेत बताएका थिए।

सम्बोधनको सुरुवात सचिनले ‘नमस्ते’ भन्दै गरेका थिए। मन्तब्यको क्रममा उनले मैदानमै उपस्थित नेपाली महिला राष्ट्रिय टिमलाई निडर भएर क्रिकेट खेल्न बताएका थिए।

कार्यक्रममा सम्बोधन गर्ने क्रममा बिनोद दासले सचिन क्रिकेटको भगवान भएको र टियु मैदान रुपी मन्दिरमा उनलाई स्वागत छ भनेर सम्बोधन गरेका थिए।


औपचारिक कार्यक्रम पछि सचिनले प्रदर्शनी खेलमा सहभागी खेलाडीहरुलाई टिप्स दिएका थिए। त्यसपछि उनले नेपाली महिला राष्ट्रिय टिमसंग भेट्दै उनीहरुलाई टिप्स दिए। सो कार्यक्रम पछि अन्त्यमा उनि पत्रकार सम्मेलनमा सहभागी भए। पत्रकार सम्मेलनमा सचिनले थोरै प्रश्नको जवाफ दिएका थिए। उक्त कार्यक्रम लगत्तै सचिन मैदानबाट बाहिरिएका थिए। पत्रकार सम्मेलनको भिडियो 

फोटोहरुमा हेर्नुस टियुमा सचिनले के-के गरे 

Photo – Binod Pandey , Twitter

( फोटोहरु – युनिसेफ )





थप समाचार

बागमतीविरुद्ध मधेश ४ विकेटले विजयी

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियाेगिता अन्तर्गत समूह चरणको अन्तिम खेलमा मधेश प्रदेशसँग बागमती प्रदेश ४ विकेटले पराजित […]

आर्मीले पुलिसलाई हरायो

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत समूह चरणको अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई […]

कोलकाताको पहिलो जित

काठमाडाैँ । इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइटराइडर्सले पहिलो जित दर्ता गरेको छ। बुधवार सम्पन्न खेलमा पहिलो जित हासिल […]

पञ्जाबकाे सुखद् सुरुआत

काठमाडौं। पञ्जाब किङ्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा सुखद् सुरुआत गरेको छ। मंगलबार सम्पन्न खेलमा पञ्जाबले गुजरात टाइटन्सलाई ११ रनले […]

पीएम कपमा ललितकाे १०० विकेट पूरा

काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा पुलिसका स्पिनर ललित राजवंशीले १०० विकेट पूरा गरेका छन्। उनी प्रधानमन्त्री कपमा […]

अपराजित रहँदै पुलिस पीएम कपको फाइनलमा

काठमाडौं। कर्णाली प्रदेशमाथि सानदार जित दर्ता गर्दै विभागिय टोली नेपाल पुलिस क्लब प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा […]