मलिन अनुहारमा फर्किए खेलाडीहरु ( फोटो फिचर )

  • विकेटनेपाल, भदौ २२ 

एसिया कप छनौट प्रतियोगितामा सहभागी नेपाली राष्ट्रिय क्रिकेट टिम शुक्रबार दिउसो स्वदेश आगमन गर्यो। एसिया कपमा छनौट हुने र भारत, पाकिस्तानसंग खेल्ने उद्देश्य लिएको टिमले सोचे भन्दा खराब प्रदर्शन गरेपछि चौथो स्थानमा रहँदै घर फर्कन बाध्य भयो।

एकदिवसीय राष्ट्रको मान्यता पाएपछि नेपाली क्रिकेट टिमले नेपाली समर्थकहरुको एसिया कप खेल्ने बिश्वास स्वाभाविक थियो तर समर्थकहरुको आशा निराशामा बदलिंदा नेपाली टिम पनि एअरपोर्टमा हाँस्न सकेन।

१२:१५ बजे दिउसो ल्याण्ड गरेको टिम १ घण्टा पछि बाहिर निस्कदा कप्तान पारस खड्का टिमको नेतृत्व गर्दै अघि आए। पारस लगायत सम्पूर्ण टिमको अनुहारमा निराशा देखिन्थ्यो भने अधिकांश खेलाडीहरुले क्यामरामा सिधा हेर्न सकेनन्। झुकेको शिर र मलिन अनुहारमा खेलाडीहरुमा पश्चाताप स्पस्ट झल्किएको थियो।

कप्तान पारस खड्काले उपस्थित मिडियाहरुलाई अन्तर्वार्ता दिएपछि सामुहिक तस्बिर खिचाउने क्रममा सुबास खकुरेल, करन केसी, बिनोद भण्डारी, ललित भण्डारी उपस्थित थिएनन् जुन समयमा उनीहरु एअरपोर्ट बाहिर रहेको टिम बसमा बसीसकेका थिए। औपचारिकताको लागि मात्रै तस्बिर खिचाउने क्रममा खेलाडीहरु सिधा हेर्न सकीरहेका थिएनन्।

Nepal Cricket Team
Nepal Cricket Team

फोटोहरुमा हेर्नुस एअरपोर्टमा खेलाडीहरुको निराशा – 

Sandeep Lamichhane
Sandeep Lamichhane
Jagat Tamata
Jagat Tamata
Subash Khakurel
Subash Khakurel
Binod Bhandari
Binod Bhandari
Sagar Pun
Sagar Pun
Gyanendra Malla
Gyanendra Malla
Lalit Bhandari
Lalit Bhandari
Rohit Paudel
Rohit Paudel
Anil Sah
Anil Sah
Sompal Kami
Sompal Kami
Aairf Sheikh
Aairf Sheikh
Lalit Rajbanshi
Lalit Rajbanshi
Dipendra Airee
Dipendra Airee
Paras Khadka
Paras Khadka
Paras Khadka
Paras Khadka
Paras Khadka
Paras Khadka




थप समाचार

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]

तुषाराले भारतसँगको सिरिज गुमाउने

काठमाडौं । श्रीलंकाका तीव्र गतिका बलर नुवान तुषारा भारतविरुद्धको टी–२० सिरिजबाट बाहिरिएका छन् । तुषरालाई बुधबार राति अभ्यासका चोट लागेको […]