सदस्य–सचिवद्वारा ललितको स्वास्थ्य अवस्था बारे जानकारी

राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले सडक दुर्घटनामा परी घाइते भएका राष्ट्रिय क्रिकेटर ललितसिंह भण्डारीको स्वास्थ्य अवस्था बारे जानकारी लिएका छन्।

ललित उपचाररत टोखास्थित ग्रान्डी इन्टरनेसनल अस्पाताल पुगी सदस्य–सचिव सिलवालले ललितको अवस्था बारे जानकारी लिएका हुन् । सदस्य–सचिव सिलवालले ललितको उपचारमा संलग्न चिकित्सकसंग भेट गरी ललितको स्वास्थ्य अवस्था बारे पनि जानकारी लिएका थिए । परिवारसंग पनि भेट गरी शीघ्र स्वास्थ्य लाभको कामना गरेका थिए । साथै उनले ललितका परिवारसंग उपचारका सम्बन्धमा चिन्ता नगर्न बताउदै उपचारमा परिषद्ले पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

भेटको क्रममा नेपाल क्रिकेट संघका सदस्य छुम्बी लामा, राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्ल र पूर्व कप्तान पारस खड्का पनि उपस्थित थिए।

मिनीट्रकले ठक्कर दिएपछि घाइते भण्डारीलाई उपचारको लागि सोमबार बेलुका कोहलपुर मेडिकल कलेजबाट हेलिकप्टरमा ग्रयान्डी हस्पिटल ल्याइएको छ। खतरामुक्त भएका भण्डारीको दायाँ खुट्टा र हात भाँचिएको छ जसको शल्यक्रिया गर्नुपर्नेछ।

यो पनि पढ्नुस :-

धुर्मुस सुन्तली फाउन्डेशनलाई वाग्मती सरकारले ३ करोड दिने

म्याक्सवेल र केरी चम्किदा सनसनीपूर्ण खेल जित्दै अस्ट्रेलियाले जित्यो सिरिज

IPL : युएईको पिच र दिल्ली टिमबारे के भन्छन् भेट्रान लेग स्पिनर मिश्रा





थप समाचार

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]

तुषाराले भारतसँगको सिरिज गुमाउने

काठमाडौं । श्रीलंकाका तीव्र गतिका बलर नुवान तुषारा भारतविरुद्धको टी–२० सिरिजबाट बाहिरिएका छन् । तुषरालाई बुधबार राति अभ्यासका चोट लागेको […]