एनसिएसएसको सातौं साधारण सभा तथा चौथो अधिवेशन बुटवलमा सम्पन्न 

नेपाली क्रिकेट समर्थक समाज (एनसिएसएस) को सातौं वार्षिक साधारण सभा तथा चौथो अधिवेशन सम्पन्न भएको छ । आइतबार बुटवलमा सम्पन्न कार्यक्रमले आगामी २ बर्षको लागि नयाँ कार्यसमिति समेत निर्वाचित गरेको छ ।

नारायण पराजुलीको नेतृत्वमा सर्बसम्मत चयन भएको नयाँ कार्यसमितिमा उपाध्यक्षमा रेजिना बस्नेत, सचिवमा मोहन ज्ञवाली, सह सचिवमा नारायण पाण्डे चयन भएका छन् त्यस्तै कोषाध्यक्षमा अच्युत पाण्डे लाई मनोनित गरिएको छ । सदस्यमा भने तारा पाठक, केदार शर्मा, अविन कार्की र सविन पोख्रेल निर्विरोध चयन भएका छन्।

सस्थाप , आजिबन र जिल्ला प्रतिनिधिहरुको सहभागीता रहेको कार्यक्रममा समर्थक समाजले हरेक वर्ष प्रदान गर्ने उत्कृष्ट जिल्लाको सम्मान यस वर्ष जिल्ला समन्वय समिति रुपन्देहीलाई प्रदान गरेको छ । आफ्ना सदस्य जिल्लाहरुमा सक्रियता र पछिल्लो एक वर्षको कामलाई आधार मानेर उत्कृष्ट जिल्ला सम्मान पाएको हो । अघिल्लो वर्ष यस सम्मान पाल्पाले पाएको थियो ।

साधारण सभाले संस्थाको नियमित गतिविधिलाई निरन्तरता दिदै सदस्यता वृद्धि, जिल्ला समन्वय समितिको विस्तारमा जोड, नेपाल क्रिकेट संघ (क्यान) सरोकारवालाको हरेक गतिविधि चुस्त निगरानी गर्ने निर्णय गरेको छ । त्यस्तै नेपाली क्रिकेट सरोकारवालासँग निरन्तर अन्तरक्रिया लगायत आफ्नो जिम्मेवारी र भूमिकालाई अझ सक्रिय रुपमा अघि बढाउने भएको छ ।

 

कार्यक्रममा एनसिएसएसका अध्यक्ष नारायण पराजुलीले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। सदस्य केदार शर्माले संस्थाको गतिविधि तथा प्रगति प्रस्तुत गर्नुभएको थियो भने कार्यक्रम को संचालक मोहन ज्ञवालीले गर्नु भएको थियो ।

नेपाली क्रिकेट विकासमा ठूलो योगदान पुर्याएको एनसिएसएसले सम्वन्धित निकायलाई लगातार गलत कामको विरुद्ध आवाज उठाउँदै आएको छ त्यस्तै संस्थाले कमजोर आर्थिक अवस्था भएको खेलाडी र क्रिकेटमा योगदान दिएकालाई आर्थिक अभियान मार्फत सहयोग गर्दै आएको छ । नेपाली क्रिकेटमा एनसिएसएस उदाहरणीय संस्था (ग्रुप) र विश्वसनियको रुपमा स्थापित भएको छ । नेपाली क्रिकेट समर्थकको सर्वाधिक विश्वसनिय र लोकप्रिय ग्रुपको रुपमा एनसिएसएस छ ।

अन्त्यमा निर्वाचित कार्यसमितिलाई निर्वाचन समिति संयोजक शिवराज गौतमले प्रमाणपत्र प्रदान गर्नुका साथै सपथग्रहण गराउनु भएको थियो।





थप समाचार

अख्तियारको अनुसन्धान पूरा नभएसम्म एनपीएलको कुनै काम नगर्न क्यानलाई निर्देशन

नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करण आयोजनाको सम्बन्धमा छानबिन गर्न राष्ट्रिय खेलकुद परिषदबाट गठन भएको कार्यदलले नेपाल क्रिकेट संघ (क्यान) […]

एलपी आरसीबीलाई एसिसिए सिड क्रिकेट लिगको उपाधि

नेपालमा एसिसिए अध्ययनरत विद्यार्थी तथा पेशागत समुदायबीच आपसी सम्बन्ध, सहकार्य र खेल भावना प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित एसिसिए सिड क्रिकेट […]

नेपाल स्ट्रिट प्रिमियर लिग हुदै , अभिनेता निखिल उप्रेती ब्राण्ड एम्बेसेडर

डीजीआर स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लि को आयोजनामा नेपालको सबैभन्दा ठूलो टेनिस बलको टि-१० क्रिकेट प्रतियोगिता नेपाल स्ट्रिट प्रिमियर लिग […]

काठमाडौँ क्रिकेट एकेडेमीद्वारा यु-१६ राष्ट्रिय क्रिकेटर अभय यादव सम्मानित, पूर्ण छात्रवृत्तिको घोषणा

काठमाडौँ — मलेसियामा सम्पन्न एसीसी यु-१६ इस्ट जोन कप विजेता नेपाली यु-१६ टिमका सदस्य अभय यादवलाई काठमाडौँ क्रिकेट एकेडेमीले सोमबार […]

इन्दु युनिभर्सल कलेजको ब्रान्ड एम्बासड

काठमाडौं। मैतिदेवीमा रहेको युनिभर्सल कलेजले नेपाली राष्ट्रिय महिला क्रिकेट कप्तान इन्दु बर्मालाई ब्रान्ड एम्बासडमा नियुक्त गरेको छ। यसैगरी उनी कक्षा […]

असर २९ देखि सिटि सिप इन्डोर क्रिकेट च्याम्पियनसिप 

यही असार २९ देखि ३२ गतेसम्म सिटि सिप इन्डोर क्रिकेट च्याम्पियनसिपको पहिलो संस्करण आयोजना हुने भएको छ। नेक्सोभा स्पोर्ट्स प्रालिको […]