सागको लागि महिला क्रिकेट टिमको तयारी सुरु, पुरुष टिमको अझै अनिश्चित

मङ्सिर १५ देखि २४ सम्म ( डिसेम्बर १ देखि ) नेपालमा आयोजना हुने दक्षिण एसियाली खेलकुदको ( साग ) लागि नेपाली महिला क्रिकेट टिमले तयारी सुरु गरेको छ।

बुधबार राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश शिलवालले प्रशिक्षक जगत टमाटा, कप्तान रुबिना क्षेत्री र उपकप्तान सिता राना मगरलाई क्रिकेट बल हस्तान्तरण गर्दै अभ्यास उद्घाटन गरेका हुन्।

टियु मैदानमा सुरु भएको अभ्यासमा ३५ जना खेलाडीहरुलाई प्रारम्भिक टोलिमा राखेर अभ्यास सुरु गरिएको छ। पहिलो दिन १४ जना खेलाडी मात्र उपस्थित थिए। महिला टिमलाई जगत टमाटा र सामसन जंग थापाले प्रशिक्षक दिनेछन्।

फोटो – सुमन राज कार्की

एसियाली खेलकुद अन्तर्गत महिला क्रिकेट पोखरामा संचालन हुने सम्भावना रहेको छ। पुरुष क्रिकेट भने टियु मैदानमा आयोजना हुनेछ। पुरुष क्रिकेट टिमको तयारी भने अझै सुरु भएको छैन। टियु मैदानमा यतिबेला यु-१९ एसिया कपको तयारीको लागि नेपाली युवा टिम अभ्यासरत रहेको छ।

नेपालले अक्टोबर ५ देखि १० सम्म ( असोज १८ देखि – २३ ) ओमानमा ५ देश सहभागी हुने टि-२० सिरिज खेल्नेछ जसको लागि पनि अभ्यास सुरु गर्नुपर्नेछ।  प्रतियोगितामा आयोजक ओमान र नेपाल सहित, हंगकंग, आयरल्याण्ड र नेदरल्याण्ड सहभागी हुनेछन्। साग र उक्त टि-२० सिरिजको अभ्यास एकैपटकमा हुने सम्भावना रहेको छ। आईसीसीको अनुमतिमा अभ्यास सुरु गर्ने हुँदा नेपाली पुरुष टिमको अभ्यास अझै ढिला सुरु हुनेछ। प्रशिक्षक उमेश पटवाल पनि अहिले नेपाल बाहिर विदामा रहेका छन्।

अन्तिम पटक नेपाली महिला राष्ट्रिय टिमले यसरी वर्ष फेब्रुवरीमा थाईल्याण्डमा टि-२० विश्वकप छनौट ( एसिया ) खेलेको थियो। उक्त प्रतियोगितामा नेपालले दोश्रो स्थान हाँसिल गरे पनि थाईल्याण्ड प्रथम हुँदा अर्को चरणको लागि छनौट हुन असफल भएको थियो।

साग महिला क्रिकेटमा टेस्ट राष्ट्रका सिनियर टिमले खेल्नेछन् भने पुरुष तर्फ भने टेस्टराष्ट्रका २३ वर्ष मुनिको टिम खेल्नेछन्।

फोटोहरु –

( फोटो – सुमन राज कार्की )





थप समाचार

वर्षाले निर्णायक खेल रद्द हुँदा नेपाल अभागी, अफगानिस्तान विश्वकपमा

आइसिसी यु–१९ विश्वकप एसिया छनोटअन्तर्गत नेपाल र अफगानिस्तानबिचचको खेल वर्षाका कारण रद्द भएपछि अफगानिस्तान विश्वकपमा छनोट भएको छ । मुलपानीस्थित […]

न्युजिल्यान्डमा क्यान्टरबरी नेप्लिज प्रिमियर लिग हुँदै

क्यान्टरबरी नेप्लिज प्रिमियर लिग (CNPL) को पहिलो संस्करण अप्रिल १९ र २० गते न्युजिल्यान्डको स्प्रेडन डोमेन, क्राइस्टचर्च मा आयोजना हुँदैछ। नेपाली […]

नेपालको लगातार तेस्रो जित, हङकङलाई ९ विकेटले हरायो

आइसिसी यू-१९ विश्वकपअन्तर्गत एसिया छनोटमा नेपालले लगातार तेस्रो जित निकाल्दै विश्वकपको नजिक पुगेको छ। बुधबार तल्लो मुलपानी मैदानमा हङकङविरूद्ध ९ […]

धोनीको आक्रामक इनिङ्समा चेन्नई विजयी

काठमाडौं। ४३ वर्षीय महेन्द्रसिंह धोनीको आक्रामक इनिङ्ससँगै चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा जितविहीन यात्रा टुंगाएको छ। सोमबार […]

युवराजको घातक बलिङमा नेपालकाे दोस्रो जित

काठमाडौं। युवराज खत्रीको घातक बलिङसँगै घरेलु टोली नेपालले आइसिसी यु–१९ विश्वकप एसिया छनोटमा लगातार दोस्रो जित हासिल गरेको छ। सोमबार […]

नेपालले पायाे ११८ रनको लक्ष्य

काठमाडौं । आईसीसी यु १९ विश्वकप एसिया छनोटअन्तर्गत दोस्रो खेलमा नेपालले ओमानबाट ११८ रनको लक्ष्य छ। माथिल्लो मुलपानी क्रिकेट मैदानमा […]