सागर र बिनोदलाई बाई-बाई गर्दै, डिभिजन-२ को लागि टिम घोषणा

  • विकेटनेपाल, २० पौष 

फेब्रुअरी ६-१६ सम्म नामिबियामा आयोजना हुने आईसीसी बिश्व क्रिकेट लिग च्याम्पियनसिपको लागि २१ सदस्यीय प्रारम्भिक टिमको घोषणा गरिएको छ।

प्रतियोगिताको लागि केहि दिनमै बन्दसत्र सुरु गर्ने योजना अनुसार घोषित २१ सदस्यीय टिममा बिनोद भण्डारी र सागर पुनलाई मौका दिईएको छैन। भर्खरै सम्पन्न इपिएलमा पनि राम्रो प्रदर्शन गर्न नसकेका दुवै खेलाडी लामो समय देखि फर्ममा थिएनन्।

एभरेस्ट प्रिमियर लिगमा राम्रो प्रदर्शन गरेका रोहित पौडेल र अनिल शाहलाई प्रारम्भिक टिममा स्थान दिईएको छ। यस्तै दिपेश श्रेष्ठ, ललित राजबंशी र सुनिल धमला, सुशन भारि र किशोर महतो पनि टिममा छन्।

Rohit Poudel
रोहित पौडेल

यस्तै युएईमा भएको बिश्व क्रिकेट लिग च्याम्पियनसिपमा राम्रो प्रदर्शन गरेका तिब्र गति बलर ललित भण्डारीले पनि टिममा निरन्तरता पाएका छन्। इपिएलमा राम्रो प्रदर्शन नगरेपनि बिश्व क्रिकेट लिग च्याम्पियनसिप अघि बन्दसत्रमा राम्रो प्रदर्शन गरेका सिद्धान्त लोहनीलाई पनि मौका दिईएको छ।

आईसीसी प्रतिनिधि अमिनुल इश्लाम, प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्का भएको छनौट समितिले टिमको घोषणा गरेको हो।

यस्तो छ टिम :- 

अनिल साह, बसन्त रेग्मी, दिलिप नाथ, दिपेन्द्र ऐरी, दिपेश श्रेष्ठ, ज्ञानेन्द्र मल्ल, करण केसी, किशोर महतो, ललित भण्डारी, ललित राजबंशी, आरिफ शेख, पारस खड्का, रोहित पौडेल, रशिद खान, सन्दिप लामिछाने, शक्ति गौचन , शरद भेसावकर, सिद्धान्त लोहनी, सोमपाल कामि सुनिल धमला र सुशन भारि


डिभिजन-२ मा नेपाल सहित युएई, केन्या, नामिबिया, ओमान र क्यानडा सहभागी हुने छन्। ६ टिम मध्ये उत्कृस्ट-२ हुने टिम एकदिवसीय बिश्व कप छनौट प्रतियोगिता खेल्न पाउनेछ। नेपाल बिश्व क्रिकेट लिग च्याम्पियनसिपमा सातौँ स्थानमा रहँदै डिभिजन-२ मा घटुवा भएको थियो।

डिभिजन-२ राउण्ड रोबिन लिगको आधारमा खेलिनेछ जसमा सबै टिमले एक अर्का बिरुद्ध १-१ खेल खेल्नेछन् जसको आधारमा अंक तालिकामा उत्कृस्ट २ हुने टिम छानिनेछ। अंक तालिकामा उत्कृस्ट २ हुने टिमले फाइनल खेल खेल्नेछन् जसको आधारमा बिजेता तय गरिनेछ भने उत्कृस्ट २ टिम बिश्व कप छनौट खेल्न छनौट हुनेछन्।

सन् २०१४ मा नेपालले मलेसियामा सम्पन्न डिभिजन-३ जित्दै डिभिजन-२ उक्लेको थियो जसपछि नामिबियामा सम्पन्न डिभिजन-२ प्रतियोगितामा नेपालले तेश्रो स्थान हाँसिल गरेको थियो। तेश्रो स्थान हाँसिल गरे पनि नेपालले बिश्व क्रिकेट लिग च्याम्पियनसिप खेल्न पाएको थियो। त्यो बेला नेपालसंगै नामिबिया, नेदरल्याण्ड, केन्या, क्यानाडा र युगान्डाले डिभिजन-२ खेलेका थिए। क्यानडा र युगान्डा डिभिजन-३ मा घटुवा भएका थिए भने नामिबिया, नेदरल्याण्ड, नेपाल र केन्या बिश्व क्रिकेट लिग च्याम्पियनसिप खेल्न छनौट भएका थिए।

तयारीको लागि दक्षिण अफ्रीका जान सक्ने 

नामिबियामा हुने डिभिजन-२ को तयारीको लागि नेपाली टिमले दक्षिण अफ्रीकाको अभ्यास भ्रमण गर्न सक्नेछ। विकेटनेपाललाई प्राप्त जानकारी अनुसार नेपालले प्रतियोगिता अघि १० दिने दक्षिण अफ्रीकाको अभ्यास भ्रमण गर्नेछ। आईसीसीको सहमति पछि दक्षिण अफ्रीका भ्रमण पक्का हुनेछ।





थप समाचार

अन्तर नगरपालिका छात्र यु-१६ क्रिकेट प्रतियोगिता काकरभिट्टामा सुरु हुँदै

मेचीनगर नगरपालिका, झापाको आयोजनामा यही असार ५ गतेदेखि ९ गतेसम्म काकरभिट्टा खेल मैदानमा अन्तर नगरपालिका छात्र क्रिकेट प्रतियोगिता हुने भएको […]

नेपालको संघर्षपूर्ण जित

काठमाडौँ । नेपालले घरेलु टोली स्कटल्यान्डविरुद्ध २ विकेटको संघर्षपूर्ण जित हासिल गरेको छ। त्रिकोणात्मक टी-२० सिरिजमा स्कटल्यान्डले दिएको ९८ रनको […]

पाँचपोखरी र मेलम्ची संयुक्तरुपमा विजेता

काठमाडौं । पाँचपोखरी क्रिकेट क्लब र मेलम्ची नगरपालिका संयुक्तरुपमा सिन्धुपाल्चोक जिल्लास्तरिय पाँचपोखरी ट्वान्टी-२० प्रतियोगिताको च्याम्पियन बनेका छन् । कीर्तिपुरस्थित त्रिवि […]

पाँचपोखरी टी-२० : उपाधिका लागि पाँचपोखरी र मेलम्ची भिड्ने

काठमाडौं। पाँचपोखरी क्रिकेट क्लब र मेलम्ची नगरपालिका सिन्धुपाल्चोक जिल्लास्तरिय पाँचपोखरी ट्वान्टी-२० प्रतियोगिताको उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन् । कीर्तिपुरस्थित […]

धनगढी क्रिकेट एकेडेमीमा क्रिकेट, प्रेरणा र संवाद: डिसिएमा अभिभावक भेटघाट कार्यक्रम सम्पन्न

धनगढी। धनगढी क्रिकेट एकेडेमी (डिसिए) मा शनिबार एक विशेष अभिभावक भेटघाट कार्यक्रम सम्पन्न भएको छ। एकेडेमीमा प्रशिक्षणरत खेलाडीहरूका अभिभावक, प्रशिक्षकहरू […]

पाँचपोखरी टी-२० प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा

काठमाडौं। सिन्धुपाल्चोक जिल्लास्तरिय पाँचपोखरी ट्वान्टी-२० प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी प्रतिायेगितामा समूह ‘ए’ […]