एमएम कप : सागरले घातक बलिंग गर्दा सुदुरपश्चिमलाई पराजित गर्दै पुलिस फाइनलमा

२०७६ माघ २, बिहीबार १५:५८

नेपाल पुलिस क्लब सुनसरीको इनरुवामा जारि मनमोहन मेमोरियल एकदिवसीय राष्ट्रिय प्रतियोगिताको फाइनलमा पुगेको छ।

बिहिबार सम्पन्न सेमीफाइनलमा सुदुर पश्चिमलाई ९९ रनले पराजित गर्दै पुलिसले फाइनलमा अर्को विभागीय टोलि त्रिभुवन आर्मी क्लबसंग भेट पक्का गरेको हो। आर्मीले पहिलो सेमीफाइनलमा प्रदेश नम्बर ३ लाई बुधबार पराजित गरेको थियो। उपाधिको लागि शनिवार नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी बीच प्रतिस्पर्धा हुनेछ।

खेलमा पहिले ब्याटिंग गर्दै नेपाल पुलिस क्लबले दिएको २ सय ३० रनको लक्ष्य पछ्याउने क्रममा सुदुर पश्चिमले ३३.४ ओभरमा १ सय ३० रनमा सम्पूर्ण विकेट गुमाउन पुग्यो। स्कोरकार्ड 

Kiran Thagunna

सुदुरपश्चिमको किरन ठगुन्नाले सर्वाधिक ३९ रन बनाए। आकाश चन्दले अविजित २३ , गजेन्द्र बोहराले १२ तथा खडक बोहराले १४ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्। अरुन ऐरीले ६, लोकेश बमले ८ रन बनाए भने शेर मल्ल र दिपक बोहराले खाता खोल्न सकेनन्। कप्तान सन्तोष भट्टले १ रन मात्र बनाए।

सुदुरपश्चिमलाई सानो योगफलमा समेट्न पुलिसका देब्रे हाते स्पिनर सागर ढकालले ५ विकेट लिए। ६.४ ओभर बलिंग गर्दै ढकालले १ मेडन ओभर सहित ९ रन मात्र खर्चिए। यस्तै अर्का देब्रे हाते स्पिनर ललित राजबंशीले ३ विकेट लिए भने ललित भण्डारी र योगेन्द्र सिंह कार्कीले १/१ विकेट लिए।

Sagar Dhakal

यस अघि टस जितेर ब्याटिंग गरेको नेपाल पुलिस क्लबले ४९ ओभरमा सबै विकेट गुमाएर २२९ रन बनाएको थियो।

पुलिसको लागि दिपेन्द्र ऐरीले सर्वाधिक ६८ रन बनाए जुन क्रममा ७६ बलमा ६ चौका र १ छक्का प्रहार गरे। ललित सिंह भण्डारीले ४० रन बनाए जुन क्रममा ४ छक्का र २ चौका प्रहार गरे। अनिल साहले ३१, योगेन्द्र सिंह कार्कीले २९ तथा कुशल भुर्तेलले १७ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

Dipendra Airee

सुदुरपश्चिमको बलिंगमा शेर मल्ल, बिनोद लामा र आकाश चन्दले समान ३ विकेट लिए। सन्तोष भट्टले १ विकेट लिए।

खेलको प्लेयर अफ द म्याच सागर ढकाल चुनिए।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy