आर्मीलाई फाइनल पुर्याउन सागरको शतक – प्रधानमन्त्रि कप

२०७५ जेष्ठ २५, शुक्रबार १६:१७

Sagar Pun
  • विकेटनेपाल – २५ जेठ, शुक्रवार

त्रिभुवन आर्मी क्लब राजधानीमा जारि प्रधानमन्त्रि कप एक दिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। किर्तिपुर मैदानमा शुक्रवार सम्पन्न पहिलो सेमिफाइनल खेलमा आर्मीले प्रदेश ५ माथि १५४ रनको बिशाल जित दर्ता गर्यो। स्कोरकार्ड 

पहिले ब्याटिंग गर्दै आर्मीले दिएको २९० रनको बिजय लक्ष्य लिएर मैदान उत्रिएको प्रदेश ५ को टोलि मात्र ३५.५ ओभरमा १३५ रनमा समेटिन पुग्यो। उसको चेजमा कृष्ण कार्कीले ३१ तथा शंकर रानाले २३ रन जोड्न बाहेक अन्य ब्याट्सम्यानहरुले सम्झन लायक प्रदर्शन गर्न सकेनन्।

प्रदेश नम्बर ५ को ब्याटिंगलाई ध्वस्त गर्ने क्रममा त्रिभुवन आर्मी क्लबका बिक्रम सोब तथा सुशन भारीले समान ३-३ विकेट चट्काए। ३ विकेट लिन विक्रमले ६.५ ओभरमा २८ तथा सुशनले ५ ओभरमा मात्र १३ रन खर्चेका थिए।

Sagar Pun
Sagar Pun

यसअघि टस हारेर पहिले ब्याटिंगको निम्तो पाएको त्रिभुवन आर्मी क्लबले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २८९ रन जोडेको थियो। उसका सागर पुनले शतकीय पारि खेल्ने क्रममा ११८ रन जोडेका थिए।

ओपनर अनिल मण्डल (१९) र नरेश बुढाएर (०) दुई बलको बिचमा पभेलियन फर्किएपछि दवाबमा आएको आर्मीको इनिंगलाई सम्हाल्ने क्रममा सागर पुनले शतक बनाएका थिए। तेस्रो विकेटका रुपमा राजु रिजाल समेत मात्र ५ रन बनाएर आउटहुँदा आर्मीको स्कोर ७६/३ रहेको थियो। त्यसपछि भने भिम शार्कीसंग चौथो विकेटका लागि सागरले ११५ रनको साझेदारी गर्दा भिम शार्कीले भने व्यक्तिगत ७७ रन जोडेका थिए। मात्र ५५ बल खेलेका भिमले ५ चौका र ३ छक्का प्रहार गरेका थिए।

सागर पुनको शतक :

प्रधानमन्त्रि कप एक दिवसीय क्रिकेट २०७५ अन्तर्गत त्रिभुवन आर्मी क्लब र प्रदेश नम्बर ५ बिचको खेलमा सागर पुनले शतक बनाएका हुन्। ५० ओभरको राष्ट्रिय प्रतियोगितामा सागरको यो दोस्रो शतक समेत हो। यसअघि सन् २०१२ को सिनियर राष्ट्रिय क्रिकेट प्रतियोगितामा भैरहवाबाट खेल्ने क्रममा बिराटनगर बिरुद्ध सागर पुनले १४४ रनको इनिंग खेलेका थिए।

प्रदेश ५ बिरुद्ध शतक बनाउने क्रममा सागरले १४२ बलमा १० चौका र ४ छक्का सहित ११८ रन बनाएका थिए। व्यक्तिगत २४ र २६ रनको स्कोरमा रहंदा सुबेन्दु पाण्डे र अन्तिम थापाबाट जीवनदान पाएका सगरले शतक बनाएपछि त्रिभुवन आर्मी कल्बले ठुलो स्कोर जोडेको थियो। प्रदेश ५ को बलिंगतर्फ कृष्ण कार्कीले ३ तथा बिक्रम भुसालले २ विकेट लिएका थिए।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy