सागर ढकालले उत्कृस्ट बलिङ्ग गर्दा भैरहवा १४३ रनमा सिमित

  • विकेटनेपाल, मङ्सिर-२५ , मंगलबार 

एभरेस्ट प्रिमियर लिग अन्तर्गत चौथो दिनको दोश्रो खेल अन्तर्गत भैरहवा ग्ल्याडीएटर्स र चितवन टाइगर्स प्रतिस्पर्धा गरिरहेका छन्।

खेलमा टस जितेर चितवनले पहिले फिल्डिंग गर्ने निर्णय गरेपछि भैरहवाले ब्याटिंग गर्दै १९.३ ओभरमा सबै विकेट गुमाएर १४३ रनको योगफल तयार गरेको छ।

भैरहवाको लागि प्रदिप ऐरि र कुशल मल्लले ओपनिङ्ग साझेदारीको रुपमा ३५ रन जोडे। प्रदिपलाई पाँचौ ओभरमा पृथु बास्कोटाले रन आउट गरे जस अघि उनले १८ बलमा ३ चौका र १ छक्का मदतले २६ रन बनाए। प्रदिपकै बाटो कुशल मल्लले पनि पछ्याउने क्रममा लगातार बलमा पल स्टरलिङ्गले बोल्ड आउट गरे। मल्ल १२ बलमा ३ रन बनाएर आउट भए।

२ विकेट गुमेपछि तेश्रो विकेटको साझेदारीको रुपमा रभी इन्दर सिंह र रायन टेन डोस्काटेले ४५ रनको साझेदारी गर्दै टिमलाई अघि बढाए। अघिल्लो खेलमा सिजनकै पहिलो शतक बनाएका रभी इन्दर सिंहलाई ११ औं ओभरमा दिपेन्द्र ऐरिले विकेटकिपर सिम्प्सनको हातबाट क्याच आउट गराए। रभीले २१ बलमा ३ चौका मदतले २५ रन बनाए।

Paul Stirling
Paul Stirling

रभीको विकेटपछि ब्याटिंग गर्न आएका कप्तान शरद भेसावकरले पनि त्यही ओभरमा विकेट गुमाए। १ रन बनाएका उनलाई भिम शार्कीले रन आउट गराए।

एउटा किनार सम्हालीरहेका टेन डोस्काटे पनि ३५ रन ( २५ बल, ३ छक्का र १ चौका ) बनाएर १६ औं ओभरमा सागर ढकालको बलमा आउट हुन पुगे। डोस्काटेको विकेट पछि ढकालले आरिफ शेख ( १८ रन , २० बल, १ चौका र १ छक्का ) र पुनीत मेहरा ( १२ रन ) को पनि विकेट लिए।

पुनित मेहराको विकेट १७.३ ओभरमा गुमे पछि बाँकी ३ वटा विकेट भैरहवाले गुमौदा मात्र १३ रन जोड्न सक्यो। रोहित पौडेल ( ४ ) , कृष्ण कार्की ( ९ ) तथा भुवन कार्की ( ० ) ले योगफलमा खास योगदान दिन सकेनन्।

१५ ओभरमा ११५ मा ४ को अवस्थामा रहेको भैरहवाले १९.३ ओभरमा थप २८ रन जोड्दा बाँकी ६ विकेट गुमाउन पुग्यो। फलस्वरूप भैरहवाले १९.३ ओभरमा सम्पूर्ण विकेट गुमौदा १४३ रन बनाउन सक्यो।

Sagar Dhakal
Sagar Dhakal ( File Photo )

चितवन टाइगर्सको लागि लेफ्ट आर्म स्पिनर सागर ढकालले सर्वाधिक ३ विकेट ( ४-०-२७-३ ) लिए। यस्तै जर्ज स्कटले २ ( ३.३-०-१३-२ ) तथा दिपेन्द्र ऐरि ( ३-०-३१-१ ), ललित भण्डारी ( २-०-१७-१ ) , पल स्टरलिङ्गले समान १ विकेट लिए। शाहब आलम विकेट विहिन रहंदा ३ ओभरमा २८ रन खर्चिए।

प्रतियोगिता अन्तर्गत भैरहवा ग्ल्याडीएटर्सले पहिलो खेलमा पोखरा राइनोजलाई ८ विकेटले पराजित गरेको थियो भने चितवन टाइगर्सले काठमाडौँ किंग्स ११ तथा ललितपुर प्याट्रिएट्ससंग हार बेहोरीसकेको छ।





थप समाचार

नेपालको एकदिवसीय वरियता सुधार

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट वरीयतामा नेपालले फेरि एक स्थान सुधार गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बुधबार सार्वजनिक गरेको […]

चितवन रङ्गशालाबारे धुर्मुसले भने : देशका लागि काम गर्दा यति कठोर सजाय होला भन्ने कल्पनै थिएन

कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ ले चितवनमा बनिरहेको क्रिकेट रङ्गशालाबारे छिटो निर्णय गरिदिन सरकारलाई आग्रह गरेका छन् । मङ्गलवार रङ्गशालाबाट सामाजिक […]

सोमपाललाई चन्द्रकोटले सम्मान गर्ने

गुल्मी, चैत ७ गते । गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकाले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सोमपाल कामीलाई सम्मान गर्ने भएको छ […]

लुम्बिनी सरकारले रोहित सहित ६ खेलाडीलाई सम्मान गर्ने

लुम्बिनी प्रदेश सरकारले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीलाई सम्मान गर्ने भएको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को सोमबारको बैठकले आगामी वर्ष […]

किङ्सटन रनिङ सिल्ड : क्याम बेस्ट–११ विजयी

काठमाडौं, चैत ६ – क्याम बेस्ट–११ ले दोस्रो संस्करणको किङ्सटन रनिङ सिल्डमा सोमबार जेनएक्स–११ लाई ३ ले हराउँदै विजयी सुरुआत […]

आसिफले पाए सिएमजे स्पिरिट अफ क्रिकेट अवार्ड

सिएमजे स्पिरिट अफ क्रिकेट अवार्ड–२०२२ नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर आसिफ शेखले जितेका छन् । मेरिलेबोन क्रिकेट क्लब (एमसिसी) ले […]