सागर र पवन चम्किदा टेस्ट राष्ट्र अफगानिस्तान नेपालसंग पराजित

Sagar Dhakal, Pawan Sarraf
  • विकेटनेपाल, भदौ ३१ 

सागर ढकाल र पवन सर्राफको उत्कृस्ट प्रदर्शन मदतले भारतमा जारि चौकोणीय यु-१९ सिरिज अन्तर्गत नेपालले अफगानिस्तान यु-१९ लाई २५ रनले पराजित गर्दै सिरिजमा पहिलो जित दर्ता गरेको छ।

सिरिज अन्तर्गत यस अघि पहिलो खेलमा भारत यु-१९ बि संग ४० रनले तथा भारत यु-१९ ‘ए’ संग ८ विकेटले पराजित भएको नेपालले टेस्ट राष्ट्र अफगानिस्तानलाई भने पराजित गर्यो। अफगानिस्तानले भने  सिरिजमा खेलेको ३ वटै खेलमा पराजय बेहोरेको छ।

टस जितेर नेपाललाई ब्याटिंग दिएपछि नेपालले ४९.३ ओभरमा सम्पूर्ण विकेट गुमाएर १८९ रन मात्रै बनाउन सक्यो। १९० रनको लक्ष्य पछ्याउने क्रममा अफगानिस्तानले ४७.४ ओभरमा १६४ रनमा सबै विकेट गुमाउन पुग्दा नेपालले खेल जित्यो। स्कोरकार्ड 

नेपालको ब्याटिंगमा पवनको शानदार इनिंग 

टस हारेर ब्याटिंगको निम्तो पाएको नेपालले ४९.३ ओभरमा सबै विकेट गुमाएर १८९ रन जोडेको थियो। नेपालको इनिंगलाई सम्मानजनक स्कोरसम्म पुर्याउन पवन सर्राफले सर्वाधिक अविजित ७८ रनको योगदान गरे।

कुनै समय ९०/६ को अवस्थामा रहेको नेपालको ब्याटिंगलाई पवनले पछिल्लो क्रमका ब्याट्सम्यानहरुसंग साझेदारी गर्दै १८९ रनसम्म पुर्याए। ९६ बलको सामना गरेका सर्राफले १० चौका र १ छक्का प्रहार गरे।

Pawan Sarraf
Pawan Sarraf ( file photo )

पवनलाई साथ दिने क्रममा राशिद खानले व्यक्तिगत २४ तथा भिम शार्कीले व्यक्तिगत १३ रनको योगदान गरे। यसअघि ओपनर त्रित राज दास(४) र आसिफ शेख (३) लाई सस्तैमा गुमाएको नेपालका लागि अरुण ऐरी (०) ले समेत योगदान गर्न विफल रहे।

पछिल्लो खेलमा भारत यु-१९ ‘ए’ बिरुद्ध उत्कृस्ट ब्याटिंग गरेका सुन्दिप जोराले भने २८ तथा लोकेश बमले १६ रनको योगदान गर्दै दुवै ब्याट्सम्यान अबिद मोहम्मदीको शिकार बनेका थिए।

अफगानिस्तान यु-१९ को बलिंगमा नविद कबिरले सर्वाधिक ३ विकेट लिए। कबिरले नेपाली ब्याटिंग क्रमका शिर्ष ब्याट्सम्यानहरु त्रित राज दास, आसिफ शेख र अरुण ऐरीलाई टोलीको खातामा मात्र ७ रनहुँदा पभेलियनको बाटो देखाएका थिए। यस्तै अबिद मोहम्मदी र अरिफ दव्लतजाईको नाममा समान २-२ विकेट रह्यो।

अफगानिस्तानलाई समेट्न सागरको शानदार बलिङ्ग 

ट्यालेन्ट हन्ट हुँदै यु-१९ राष्ट्रिय टिमको यात्रा गरेका देब्रे हाते स्पिनर सागर ढकालले ४ विकेट लिएपछि अफगानिस्तान यु-१९ स्तव्ध बनेको हो।

Sagar Dhakal
Sagar Dhakal

अफगानिस्तानको माथिल्लो क्रमलाई ध्वस्त गर्ने क्रममा ओपनर रियाज हसन ( ३८ ) , चौथो नम्बरका हसन खान ( ४ ) र पाँचौ नबरका अब्दुल्लाह नैब ( १ ) लाई ढकालले पेभेलियनको बाटो देखाए। सागरले १० ओभरमा ३ मेडन ओभर सहित मात्र २९ रन खर्चेर ४ विकेट लिए।

अनुशाशित बलिङ्ग गर्ने क्रममा कमल सिंह ऐरि र राशिद खानले समान २/२ विकेट लिए भने पवन सर्राफले १ विकेट लिंदै जितमा महत्वपूर्ण योगदान दिए। अफगानिस्तानको लागि कप्तान इजाज अहमदले सर्वाधिक ५७ रन बनाए।

 





थप समाचार

ललितपुर मेयर कप : ललितपुरलाई हराउदै मधेस विजयी

मधेस प्रदेशले यहाँ जारी ललितपुर मेयर कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्सलाई पराजित गरेको छ । मधेस […]

CAM Premier League: बुद्ध भूमि र चितवन राइनोजको जित, बलरद्वय युवराज र रविन उत्कृष्ट 

काठमाडौं, चैत १४– युवराज मल्लको उत्कृष्ट बलिङ प्रेरित बुद्ध भूमि क्रिकेट क्लबले सोमबार क्याम प्रिमियर लिग क्रिकेट २०२३ मा जित […]

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको […]

तीन क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाको सम्मान

सिद्धार्थनगर, चैत्र १२ गते । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । आइसिसी विश्वकप […]

चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन राष्ट्रिय सभामा माग

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने माग गरेका छन् । आइतबारको राष्ट्रियसभा […]

सिता चम्किँदा एपिएफ फाईनलमा

साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको […]