सागर र दिपेन्द्रको उत्कृस्ट बलिंग, श्रीलंकन मिश्रित-११ को मध्यम योगफल

विश्वकप लिग-२ को तयारीको लागि श्रीलंकामा रहेको नेपाली क्रिकेट टिमले आफ्नो चौंथो तथा अन्तिम अभ्यास खेलमा श्रीलंका मिश्रित-११ संग प्रतिस्पर्धा गरिरहेको छ।

खेलमा टस जितेर ब्याटिंग रोजेको श्रीलंका-११ ले४८।२ ओभरमा २३२ रनमा सम्पूर्ण विकेट गुमाउदै नेपालले २३३ रनको लक्ष्य प्रस्तुत गरेको छ।

ओपनर दिलशान मुनविरा र सन्दुन विराक्कोडीले श्रीलंकालाई उत्कृस्ट सुरुवात दिलाए जसले ६१ रनको ओपनिंग साझेदारी गरे। देब्रे हाते स्पिनर सागर ढकालले १४ रन बनाएका मुनविराको विकेट लिएपछि श्रीलंका-११ लगातार विकेट गुमायो। अर्धशतक बनाउन १ रनले चुक्दै विराक्कोडी ४८ बलमा ४९ रन बनाएर आउट भए।

उपुल थारांगा ३ रन, कप्तान थिसारा परेरा ८ रन, चमरा सिल्भा ६ रन तथा रमेश निस्मन्था १८ रन बनाएर आउट भए। १०४ रन बनाउदा श्रीलंका-११ ले ६ विकेट गुमायो। दिपेन्द्र ऐरी र सागर ढकालले मध्यक्रम ब्याट्सम्यानको लगातार विकेट लिए। त्यसपछि अनुक फर्नान्डोले अन्तिममा एस कुमारस्वामीसंग साझेदारी गर्दै योगफल दुई समय पार गराए। फर्नान्डोले ६९ बलमा ५६ तथा कुमारास्वामीले ३० रन बनाए।

नेपालको बलिंगमा दिपेन्द्र ऐरी (१०-०-३६-३) र सागर ढकालले ( ९-२-२१-३ ) समान तिन विकेट लिए। आरिफ शेख ( -१-२२-१ ), सोमपाल कामि ( ९-०-५५-२ ) र सन्दिप लामिछानेले ( ९.२-०-६१-१ ) समान एक विकेट लिए। बिक्रम सोब ( ५-०-३५-० ) विकेटविहिन रहे।

श्रीलंका मिश्रित एघार टिमको कप्तानी थिसारा परेराले गर्दैछन्। टिममा उपुल थारांगा, दिलशान मुनविरा, सदुन विराक्कोडी, सेक्कुगे प्रशन्ना, दिलरुवान परेरा, चमरा सिल्भा, धम्मिका प्रशाद, रमेश निमन्था, अनुक फर्नान्डो र दिलंका औवादत् छन्।

नेपालले आज अन्तिम एघारमा दिपेन्द्र ऐरी, ज्ञानेन्द्र मल्ललाई फिर्ता ल्याएको छ। यस्तै सोमपाल कामिले पहिलो पटक मौका पाएका छन्। बिक्रम सोब अर्को पेस बलर टिममा उन्दा करन केसीलाई भने बाहिर राखिएको छ।

नेपालको अन्तिम एघार : सन्दिप लामिछाने, दिपेन्द्र ऐरी, ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल, आसिफ शेख, बिनोद भण्डारी, सागर ढकाल, सोमपाल कामि, बिक्रम सोब, रोहित पौडेल, आरिफ शेख

भ्रमण अन्तर्गत यस अघि नेपालले खेलेको तिन वटै खेल जितिसकेको छ। नेपालले हिजो श्रीलंका पुलिसलाई १४४ रनले पराजित गरेको थियो भने त्यस अघि श्रीलंका नेभीलाई १११ रन र ८१ रनले पराजित गरेको थियो।

भ्रमण सकिएपछि नेपाली टिम मार्च १४ तारिखमा युएई प्रस्थान गर्ने तालिका छ।

विश्वकप लिग-२ अन्तर्गत नेपालले युएई र पपुवा न्यु गिनीसंग त्रिकोणात्मक सिरिज खेल्नेछ। सिरिजमा नेपालले युएई र पपुवा न्यु गिनीसंग २/२ वटा खेल खेल्नेछ। नेपालले पहिलो खेल मार्च १६ तारिखमा पपुवा न्यु गिनीसंग, दोश्रो खेल मार्च १८ तारिखमा युएईसंग, तेश्रो खेल मार्च २१ तारिखमा युएईसंग तथा चौंथो खेल मार्च २२ तारिखमा पपुवा न्यु गिनीसंग खेल्ने तालिका छ।





थप समाचार

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]

तुषाराले भारतसँगको सिरिज गुमाउने

काठमाडौं । श्रीलंकाका तीव्र गतिका बलर नुवान तुषारा भारतविरुद्धको टी–२० सिरिजबाट बाहिरिएका छन् । तुषरालाई बुधबार राति अभ्यासका चोट लागेको […]