सागर प्रतियोगिताकै उत्कृस्ट खेलाडी, यस्तो रह्यो प्रदर्शन

हंगकंगलाई ६ विकेटले पराजित गर्दै नेपालले लगातार दोश्रो पटक एसीसी अन्डर-१९ इस्टर्न रिजन प्रतियोगिताको उपाधि जित्यो। उपाधि सहित नेपाल अगस्टमा श्रीलंकामा आयोजना हुने यु-१९ एसिया कपमा छनौट भएको छ। यस्तै २०२० नोभेम्बरमा युएईमा आयोजना हुने एसिया कपमा समेत नेपाल छनौट भयो।

प्रतियोगितामा अपराजित रहँदै उपाधि जित्ने क्रममा नेपालले समुह चरणमा चिनलाई १० विकेटले र सिंगापुरलाई २१७ रनले पराजित गर्दै सेमीफाइनल पुगेको थियो। सेमीफाइनलमा आयोजक मलेसियालाई ७ विकेटले पराजित गर्दै नेपाल फाइनल प्रवेश गरेको थियो।

सागर ढकाल प्रतियोगिताकै उत्कृस्ट , यस्तो रह्यो बलिंग प्रदर्शन 

प्रतियोगितामा नेपालले ४ खेल खेल्दा ३ वटा खेलमा प्लेयर अफ द म्याच चुनिएका देब्रे हाते स्पिनर सागर प्रतियोगिताकै उत्कृस्ट खेलाडी चुनिए। सन् २०१७ मा नेपालले हंगकंगलाईनै पराजित गर्दै एसीसी यु-१९ इस्टर्नको उपाधि जित्दा सन्दिप लामिछाने उत्कृस्ट खेलाडी चुनिएका थिए। त्यसबेला सन्दिपले १६ विकेट लिएका थिए।

सागरले ४ खेलमा कुल १५ विकेट लिए जुन क्रममा चिनसंग ६ विकेट, सिंगापुरसंग १ विकेट, सेमीफाइनलमा मलेसियासंग ३ विकेट तथा फाइनलमा हंगकंगसंग ५ विकेट लिए।

५ खेलमा कुल ३६.१ ओभर बलिंग गरेका सागरले १.९१ प्रतिओभर मात्र रन खर्चिए। यस क्रममा उनले कुल ११ मेडन ओभर गरे भने १४.४७ को स्ट्राइक रेट र ४.६ को एभरेजले विकेट लिए।

बिरुद्ध चिन – ६ विकेट ( ९.१-३-१९-६ ) – चिनलाई ५३ रनले अलआउट गर्दा सागर एक्लैले ६ विकेट लिएका थिए। करियरकै उत्कृस्ट बलिंग गरेका सागरनै खेलको उत्कृस्ट खेलाडी चुनिएका थिए। चिनलाई ५३ रनमा समेटेको नेपालले ५ ओभरमा विकेट नगुमाई खेल जितेको थियो।

Sagar Dhakal

बिरुद्ध सिंगापुर – १ विकेट ( ७-०-१६-१ ) – सिंगापुरलाई २१७ रनले पराजित गर्दा नेपालले पहिले ब्याटिंग गर्दै ३२६ रन बनाएको थियो। लक्ष्य पछ्याउने क्रममा १०९ रनमा सिंगापुरलाई समेट्न सागरले १ विकेट मात्र लिए पनि ७ ओभरमा मात्र १६ रन खर्चिएका थिए।

बिरुद्ध मलेसिया – ३ विकेट ( १०-२-१६-३ ) – सेमफाइनलमा मलेसियालाई ७ विकेटले पराजित गर्दा पहिले ब्याटिंग गरेको मलेसियाले ८७ रन मात्रै बनाउन सकेको थियो। नेपालले ३ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो। मलेसियालाई सानो योगफलमा समेट्न उनले माथिल्लो क्रमका वान अमिरुल, बिश्वरुबेनको तथा मध्यक्रमका मोहम्मद युसुफको विकेट लिएका थिए।

Sagar Dhakal

बिरुद्ध हंगकंग – ५ विकेट ( १०-५-१८-५ ) – फाइनलमा पहिले ब्याटिंग गरेको हंगकंगलाई नेपालले ९५ रनमै समेट्दै नेपालले ४ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो। खेलमा प्लेयर अफ द म्याच चुनिएका सागरले हंगकंगको पहिलो ५ विकेट लिएका थिए। उनले ओपनिंग बलिंग गर्दै लगातार विकेट लिएका थिए।





थप समाचार

वर्षाले निर्णायक खेल रद्द हुँदा नेपाल अभागी, अफगानिस्तान विश्वकपमा

आइसिसी यु–१९ विश्वकप एसिया छनोटअन्तर्गत नेपाल र अफगानिस्तानबिचचको खेल वर्षाका कारण रद्द भएपछि अफगानिस्तान विश्वकपमा छनोट भएको छ । मुलपानीस्थित […]

न्युजिल्यान्डमा क्यान्टरबरी नेप्लिज प्रिमियर लिग हुँदै

क्यान्टरबरी नेप्लिज प्रिमियर लिग (CNPL) को पहिलो संस्करण अप्रिल १९ र २० गते न्युजिल्यान्डको स्प्रेडन डोमेन, क्राइस्टचर्च मा आयोजना हुँदैछ। नेपाली […]

नेपालको लगातार तेस्रो जित, हङकङलाई ९ विकेटले हरायो

आइसिसी यू-१९ विश्वकपअन्तर्गत एसिया छनोटमा नेपालले लगातार तेस्रो जित निकाल्दै विश्वकपको नजिक पुगेको छ। बुधबार तल्लो मुलपानी मैदानमा हङकङविरूद्ध ९ […]

धोनीको आक्रामक इनिङ्समा चेन्नई विजयी

काठमाडौं। ४३ वर्षीय महेन्द्रसिंह धोनीको आक्रामक इनिङ्ससँगै चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा जितविहीन यात्रा टुंगाएको छ। सोमबार […]

युवराजको घातक बलिङमा नेपालकाे दोस्रो जित

काठमाडौं। युवराज खत्रीको घातक बलिङसँगै घरेलु टोली नेपालले आइसिसी यु–१९ विश्वकप एसिया छनोटमा लगातार दोस्रो जित हासिल गरेको छ। सोमबार […]

नेपालले पायाे ११८ रनको लक्ष्य

काठमाडौं । आईसीसी यु १९ विश्वकप एसिया छनोटअन्तर्गत दोस्रो खेलमा नेपालले ओमानबाट ११८ रनको लक्ष्य छ। माथिल्लो मुलपानी क्रिकेट मैदानमा […]