सागर पुन र प्रदिप ऐरी लयमा आउदा भारतीय टिमबिरुद्ध रुपन्देही च्यालेन्जर्सको जित

२०७४ चैत्र १२, सोमबार २२:१५

sagar pun
  • संबाददाता , भैरहवा, १२ चैत्र

यसै साताबाट धनगढीमा आयोजना हुने धनगढी प्रिमियर लिग (डिपिएल)को टिम रुपन्देही च्यालेञ्जर्शले छिमेकी देश भारतको उत्तरप्रदेश स्थित २ क्लबसंग खेलेको २ मैत्रीपुर्ण खेलमा जित हात पारेको छ। अहिले प्रशिक्षणमा रहेको टिमले सोमबार उत्तरप्रदेशको गोरखपुरमा रोयल उड्डयन्स र नासा के क्लबलाई पराजित गरेको रुपन्देही च्यालेञ्जर्शका अध्यक्ष सुरज उप्रेतीले बताए।

टि-२० फर्म्याटको त्रिकोणात्मक सिरीजमा गोरखपरको सेन्ट एन्ड्रयु कलेजको मैदानमा रुपन्देही च्यालेञ्जर्शले रोयल उड्डयन्सलाई पहिलो खेलमा १ सय ४ रनको बिशाल अन्तरले पराजित गरेको छ।

टस जितेर ब्याटिंग गरेको रुपन्देही च्यालेञ्जर्शले २० ओभरमा ५ विकेट गुमाउदै १ सय ७५ रनको योगफल तयार गरेको थियो। जसमा सागर पुनले सर्वाधिक ७३ रन बनाए भने प्रदीप ऐरीले ३७ तथा सिद्धान्त लोहनीले ३६ रन बनाएका थिए। सागरले ६० बलमा ९ चौका प्रहार गरे भने सिद्धान्तले १३ बलमा ४ छक्का र २ चौका प्रहार गरे।

प्रतिउत्तरमा भारतीय टिम १६ ओभर ३ बलमा सबै किवेट गुमाई ७१ रनमा समेटीएको थियो। रुपन्देही बलर जितेन्द्र मुखिया, बिक्रम भुसाल र सुशान्त भाभिले समान २/२ विकेट हात पारे। शक्ति गौचनले १ विकेट लिए।

त्यस्तैगरी अर्को खेलमा पनि रुपन्देही च्यालेञ्जर्शको टिमले नासा केएस ट्यालेन्ट टिमलाई २६ रनले पराजित गरेको छ। पहिले ब्याटिंग गर्दै च्यालेन्जर्सले २० ओभरमा ५ विकेट गुमाएर १३९ रन बनाएको थियो। ओपनिंग ब्याटिंग गरेका प्रदिप ऐरीले सर्वाधिक ५८ रन ( ४६ बल, ५ चौका र ३ छक्का ) तथा अमर सिंह रौटेलाले २९ रन ( १५ बल, ४ छक्का र १ चौका ) बनाए।

Pradeep Airee
प्रदिप ऐरी ( फाइल फोटो )

लक्ष्य पछ्याउने क्रममा केएस ट्यालेन्टले १८.३ ओभरमा ११३ रनमै सबै विकेट गुमाउन पुग्यो। रुपन्देही बलर जितेन्द्र मुखिया, बिपिन खत्री , सागर पुन र प्रकाश जैसीले समान २/२ विकेट हात पारे। दिपेश श्रेष्ठ र अमर सिंह रौटेलाले १/१ विकेट लिए।

दुई भारतीय टिमलाई पराजित गरेपछि टिमका खेलाडीहरुको हौशला उच्च भएको कप्तान शक्ती गौचनले बताएका छन्। रुपन्देही च्यालेञ्जर्शको टिम भैरहवामा जंगबहादुर थापाको नियमित प्रशिक्षणमा रहदै आएको छ र खेलाडीहरुमा त्यस्तो कुनै समस्या नरहेको र प्रतिकुल गर्मिका बाबजुद पनि यही मौसम र तापमानमा खेल्न अभ्यस्त भैसकेको छन्।

रुपन्देही च्यालेञ्जर्शको टिममा गौचनका अलावा अनुभवी खेलाडीहरू सागर पुन, सुशन भारी, प्रदीप ऐरी सिद्धान्त लोहनी सहित विक्रम सिंह भुसाल, कुशल मल्ल, सोनु अन्सारी, अमर सिंह रौटेला, प्रकाश जैशी, बिपिन खत्री, जितेन्द्र मुखिया, दिपेश श्रेष्ठ रहेका छन् । टिममा २ बिदेशी खेलाडीहरु अनिबार्य सहभागी गराउनु पर्नेमा एक जना ओमानको राष्ट्रिय टिमका मोहम्मद सुफयान रहेका छन भने अर्का भारतका दिपक प्रसाद छन् । दिपक रणजी ट्रफी प्लेयर हुन्।

टिम सन्तुलन हरेक कुरामा उत्कृष्ट रहेको र लक्ष्य भनेको डिपिएल च्याम्पियन बन्नु रहेको रुपन्देही च्यालेञ्जर्शका अध्यक्ष सुरज उप्रेतीले बताए । रुपन्देहीका युबा ब्यबसायी उप्रेतीसंगै रोमित बज्राचार्य र बिकाश पाण्डे रुपन्देही च्यालेञ्जर्शका प्रमोटर हुन्। टिम शनिबार धनगढी प्रस्थान गर्नेछ ।

Leave a Reply

© 2025 WicketNepal - WordPress Theme by WPEnjoy