सागर पुन र शाहब आलम चम्किँदा आर्मीले एपीएफलाई हरायो

Shahab Alam

फिचर फोटो: फाइल (शाहब आलम बलिंग गर्दै)

  • विकेटनेपाल, बैशाख १० – सोमबार

दिपक गुप्ता मेमोरियल टि-२० क्रिकेट प्रतियोगिता अन्तर्गत सोमबार सम्पन्न २ वटा खेलमा फोनिक्स क्रिकेट क्लब र त्रिभुवन आर्मी क्लबले जित हात पारेका छन् । फोनिक्सले युनाईटेड क्रिकेट क्लबलाई २ रनले (स्कोरकार्ड) र आर्मीले एपिएफलाई ९ विकेटले (स्कोरकार्ड) पराजित गरेका हुन् । समूह ‘ए’ मा रहेको फोनिक्सको यो दोश्रो जित हो भने समूह ‘बि’ मा पहिलो खेल भएको थियो ।

अंकतालिका

राजिंदर लालको अर्धशतकमा फोनिक्सको दोश्रो जित

टस जितेर पहिले ब्याटिंग गरेको फोनिक्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १४१ रन बनाएको थियो । उसका लागि मुजिबुर अलिले ३१ बलमा ५ चौका सहित ३० रन तथा म्यान अफ द म्याच रहेका राजिंदर लालले ५५ बलमा ३ चौका र १ छक्का सहित ५० रन बनाउंदै पहिलो विकेटको लागि ५२ रनको साझेदारी गरेका थिए । बलिंगतर्फ युनाईटेडका रशिद खान, राजा सिंह र हसिम अन्सारीले १/१ विकेट लिएका थिए ।

जवाफमा १४२ रनको लक्ष्य सहित मैदानमा उत्रेको युनाईटेडले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३९ रनमात्र बनाउन सक्यो । उसका लागि इशान पाण्डेले २८ रन, राजा सिंहले २४ र अशु कन्डोईले २३ रन बनाएपनि जितबाट २ रनले चुक्यो । बलिंगतर्फ बिकाश भण्डारीले २ विकेट लिन १७ रन खर्चे ।

शाहब आलमको बलिंगमा घुम्यो एपीएफ

टस हारेर पहिले ब्याटिंग गरेको एपीएफले निर्धारित २० ओभरको खेलमा १ बल अगावै सबै विकेट गुमाएर मात्र ७६ रन बनाउन सकेको थियो । उसका लागि प्रनित थापा मगरले १३ रन, भुवन कार्कीले १२ रन र रोहित पौडेलले ११ रन बनाएपनि म्यान अफ द म्याच घोषित आर्मीका शाहब आलमले ५ विकेट लिन ४ ओभरमा मात्र १२ रन खर्चेका थिए ।

Sagar Pun
Sagar Pun

जवाफमा लक्ष्य पछ्याएको आर्मीका लागि सागर पुनले ५७ रन (३४ बल, ८ चौका, २ छक्का) प्रहार गरेपछि मात्र ११ ओभरमा १ विकेट गुमाएर पुरा गरेको थियो । सागर पुन पहिलो विकेटको लागि नरेश बुढाऐर (अविजित १५) सँग ७४ रनको साझेदारी गर्दै पवन सर्राफको बलमा आउट भएका थिए ।

 





थप समाचार

एमएम कप : कोशी प्रदेशसंग पुलिस स्तब्ध

विभागीय टोलि नेपाल पुलिस क्लब विरुद्ध एकदिवसीय राष्ट्रिय प्रतियोगितामा ऐतिहासिक पहिलो जित दर्ता गर्दै कोशी प्रदेशले एमएम कप एकदिवसीय राष्ट्रिय […]

वैभवको शानदार शतकमा राजस्थान विजयी

काठमाडौं। इन्डियन प्रिमियर लिग (आइपिएल) मा राजस्थान रोयल्सले जित हात पारेको छ। राजस्थानका युवा खेलाडी वैभव सूर्यवंशी र जयसवालले शानदार […]

नरेन चम्किंदा आर्मी एमएम कपको फाइनलमा

विभागीय टोलि त्रिभुवन आर्मी क्लब बिराटनगरमा जारि एमएम कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको तेश्रो संस्करणको फाइनल प्रवेश गरेको छ। डिफेन्डिङ च्याम्पियन […]

दिल्लीलाई हराउँदै बैंग्लुरु शीर्ष स्थानमा उक्लियो

काठमाडौं । रोयल च्यालेन्जर्स बैंग्लुरुले आइतबार दिल्ली क्यापिटल्समाथि ६ विकेटको सानदार जित हात पार्दै यस सिजनको आईपीएल तालिकाको शीर्ष स्थानमा […]

एमएम कप : एपीएफद्वारा बागमती पराजित

बिराटनगरमा जारि तेश्रो संस्करणको एमएम कप एकदिवसीय रास्ट्रिय प्रतियोगिता अन्तर्गत दोश्रो दिनको खेलमा विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ […]

एमएम कप : नरेनको अलराउण्ड प्रदर्शनमा आर्मीको जित

मनमोहन स्मृति कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता ( एमएम कप ) को तेश्रो संस्करण बिराटनगरमा सुरु भएको छ। मनमोहन मेमोरियल […]