मलेसियामा सागरको उत्कृस्ट लय

२०७५ श्रावण २५, शुक्रबार २२:१३

Sagar Pun
  • विकेटनेपाल, साउन २५

मलेसियामा जारि मलेसियन प्रिमियर लिगको शुक्रबार सम्पन्न सेमीफाइनलमा सागर पुनले शतक प्रहार गरेका छन्।

सागरको शतक मदतले उनको टिम क्वालालम्पुर सेलांगोरलाई पराजित गर्दै प्रतियोगिताको फाइनल प्रवेश गरेको छ। प्रतियोगितामा सागरको यो दोश्रो शतक हो। यस अघि उनले सेलांगोरसंगनै लिग चरणको खेलमा शतक बनाएका थिए।

टस जितेर ब्याटिंग गरेको ब्याटिंग रोजेको क्वालालम्पुरको लागि ओपनिङ्ग ब्याटिंग गरेका सागरले ११८ बलमा ९ चौका मदतले १०० रनको स्कोर बनाएपछि टिमले ५० ओभरमा ३०५ रनको योगफल तयार गरेको थियो। ३०६ रनको लक्ष्य पछ्याउने क्रममा सेलांगोरले १८३ रन मात्रै बनाउन सकेपछि १२२ रनले पराजित भयो।

सोहि खेलमा सागरकै टिममा रहेका अर्का नेपाली खेलाडी विकेटकिपर ब्याट्सम्यानको भूमिका निभाएका आसिफ शेखले अविजित २० रन बनाए।

प्रतियोगितामा राम्रो लयमा रहेका सागरले ९ खेलमा ५५.२५ को औशतले कुल ४४२ रन बनाएका छन् र धेरै रन बनाउने सुचीको शिर्ष स्थानमा रहेका छन्। यस क्रममा उनले २ शतक र १ अर्धशतक बनाएका छन्। बलिङ्गतर्फ पनि पुनले ९ खेलमा ९ विकेट लिएका छन्।

यस्तै आसिफ शेख पनि धेरै रन बनाउने सुचीको सातौँ स्थानमा छन् जसले ९ खेलमा ३७.२ को औशतले कुल १८६ रन बनाएका छन्। ९ खेलको ८ इनिंगमा शेखले ३ पटक अविजित इनिंग खेलेका छन्।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy