मलेसियामा सागरको उत्कृस्ट लय

Sagar Pun
  • विकेटनेपाल, साउन २५

मलेसियामा जारि मलेसियन प्रिमियर लिगको शुक्रबार सम्पन्न सेमीफाइनलमा सागर पुनले शतक प्रहार गरेका छन्।

सागरको शतक मदतले उनको टिम क्वालालम्पुर सेलांगोरलाई पराजित गर्दै प्रतियोगिताको फाइनल प्रवेश गरेको छ। प्रतियोगितामा सागरको यो दोश्रो शतक हो। यस अघि उनले सेलांगोरसंगनै लिग चरणको खेलमा शतक बनाएका थिए।

टस जितेर ब्याटिंग गरेको ब्याटिंग रोजेको क्वालालम्पुरको लागि ओपनिङ्ग ब्याटिंग गरेका सागरले ११८ बलमा ९ चौका मदतले १०० रनको स्कोर बनाएपछि टिमले ५० ओभरमा ३०५ रनको योगफल तयार गरेको थियो। ३०६ रनको लक्ष्य पछ्याउने क्रममा सेलांगोरले १८३ रन मात्रै बनाउन सकेपछि १२२ रनले पराजित भयो।

सोहि खेलमा सागरकै टिममा रहेका अर्का नेपाली खेलाडी विकेटकिपर ब्याट्सम्यानको भूमिका निभाएका आसिफ शेखले अविजित २० रन बनाए।

प्रतियोगितामा राम्रो लयमा रहेका सागरले ९ खेलमा ५५.२५ को औशतले कुल ४४२ रन बनाएका छन् र धेरै रन बनाउने सुचीको शिर्ष स्थानमा रहेका छन्। यस क्रममा उनले २ शतक र १ अर्धशतक बनाएका छन्। बलिङ्गतर्फ पनि पुनले ९ खेलमा ९ विकेट लिएका छन्।

यस्तै आसिफ शेख पनि धेरै रन बनाउने सुचीको सातौँ स्थानमा छन् जसले ९ खेलमा ३७.२ को औशतले कुल १८६ रन बनाएका छन्। ९ खेलको ८ इनिंगमा शेखले ३ पटक अविजित इनिंग खेलेका छन्।





थप समाचार

अविनाशले कीर्तिमानी स्पेल दर्ता गर्दा नेपाल एसियन गेम्सको क्वार्टरफाइनलमा

माल्दिभ्सलाई १३८ रनको विशाल अन्तरले पराजित गर्दै नेपाल चिनमा जारि एसियन गेम्स पुरुष क्रिकेटको क्वार्टरफाइनल प्रवेश गरेको छ। समुह ‘ए’ […]

एसियन गेम्स : नेपालको दोश्रो खेल माल्दिभ्ससंग

चिनको हांगझाउमा जारि एसियन गेम्स अन्तर्गत समुह चरणको खेल अन्तर्गत नेपालले आफ्नो दोश्रो खेलमा भोलि माल्दिभ्ससंग प्रतिस्पर्धा गर्नेछ। खेल आइतबार […]

‘केपी ओली कप राष्ट्रिय टि-ट्वान्टी’ मंसिरको पहिलो साता

पोखरामा मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा आगामी मङ्सिर पहिलो साता पोखरामा ‘प्रथम केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता’ हुने […]

दीपेन्द्रको विश्व कृतिमानपछि बुवाले भने-‘आफूसँगै देशको नाम राख्यो, खुशीको सीमा छैन’

महेन्द्रनगर (कञ्चनपुर) । १९ औँ एसियाली खेलकुद अन्तर्गत टी-२० क्रिकेटमा मङ्गोलियालाई पराजित गरेको खेलमा नेपालले आधा दर्जन बढी कीर्तिमान राख्यो। […]

मंगोलिया विरुद्ध ६ विश्वकीर्तिमान बनाउदै नेपाल विजयी

चिनको हांगझाउमा सुरु भएको एसियन गेम्सको पुरुष क्रिकेट अन्तर्गत उद्घाटन खेलमा नेपालले मंगोलियालाई २७३ रनको कीर्तिमानी विशाल अन्तरले पराजित गरेको […]

मंगोलिया विरुद्ध नेपालको तिन ठूलो विश्वकीर्तिमान

चिनको हांगझाउमा सुरु भएको एसियन गेम्सको पुरुष क्रिकेट अन्तर्गत उद्घाटन खेलमा नेपालले मंगोलिया विरुद्ध रेकर्ड वर्षा गरेको छ। स्कोरकार्ड  अन्तर्राष्ट्रिय […]