सागरको शानदार इनिंगमा नेपालले बनायो २२१

Sagar Pun
  • विकेटनेपाल – १३ भदौ, बुधवार

एसिया कप छनौट प्रतियोगिताको आफ्नो पहिलो खेलमा अहिले नेपालले ओमानको सामना गर्दैछ। पहिलो इनिंगको समाप्तिमा नेपालले ५० ओभरमा ९ विकेट गुमाएर २२१ रन जोडेको छ।

मलेसियाको बायुमास ओभलमा टस हारेर ब्याटिंगको निम्तो पाएको नेपालले पुरै ओभर ब्याटिंग गर्दा ९ विकेट गुमाएर २२१ रन जोड्न सफल भयो। नेपालको इनिंगलाई सम्हाल्ने क्रममा सिनियर राष्ट्रिय टोलीमा पुनरागमन गरिरहेका सागर पुनले ८३ रनको सानदार पारि खेले। ओपनर सुबाश खकुरेल र कप्तान पारस खड्कालाई छिटै गुमाएको नेपालको इनिंगमा सागरले आरिफ शेखसंग पाँचौ विकेटका लागि ९२ रनको साझेदारी गरे।

Gyanendra Malla
Gyanendra Malla

टोलीको खातामा ३१ रन हुँदा ओपनर सुबाश खकुरेल (४) लाई पहिलो विकेटका रुपमा गुमाएको नेपालले थप २५ रन जोड्दा कप्तान पारस (८) लाई समेत गुमायो। त्यसको लगत्तै अर्को ओभरमा ओपनर ज्ञानेन्द्र मल्ल ४५ रनको व्यक्तिगत स्कोरमा क्याच आउट हुनपुगे। चौथो विकेटका रुपमा दिपेन्द्र सिंह ऐरी ९ रनको स्कोरमा पभेलियन फर्किंदा नेपालले ८० रन मात्र जोड्न सकेको थियो।

त्यसपश्चात भने आरिफ शेख र सागर पुनको जोडी चम्कियो र नेपालको इनिंगलाई अगी बढाउन दुईका बीच ९२ रनको साझेदारी भयो। ४५औं ओभरको पहिलो बलमा ३६ रनको व्यक्तिगत स्कोरमा बाउन्ड्री नजिकै क्याच आउट हुन अघि आरिफले ७४ बलमा ३ चौका र १ छक्का सहित ३६ रन जोडे। सागर पुन भने इनिंगको अन्तिम ओभरमा २ बल बाँकिहुँदा ८४ बलमा ६ चौका र २ छक्का सहित ८३ रनको पारि खेल्दै रन आउट भए।

यस्तै इनिंगको अन्त्य तर्फ करन केसीले बिष्फोटक ब्याटिंग गर्दै नेपालको स्कोरलाई २०० रन माथि पुर्याउन सहयोग गरे। जसक्रममा उनले मात्र १० बलमा १ चौका र २ छक्का प्रहार गरे। ओमानको बलिंग तर्फ बिलाल खान, मुहम्मद नदीम र अजय लाल्चिताले समान २-२ विकेट लिए।

अन्तिम ११ (नेपाल) : सुबाश खकुरेल, ज्ञानेन्द्र मल्ल. पारस खड्का, सागर पुन, आरिफ शेख, दिपेन्द्र सिंह ऐरी, रोहित कुमार पौडेल, सोमपाल कामी, बसन्त रेग्मी, करन केसी, सन्दिप लामिछाने
अन्तिम ११ (ओमान) : जिसान मक्सुद, जतिन्दर सिंह, आकिब इल्यास सुलेहरी, वैभव वाटेगओंकर, खवर अलि, मुहम्मद नदीम, मुहम्मद नसिम, बिलाल खान, कलिमुल्लाह, अजय लाल्चेता, सुरज कुमार

Gyanendra Malla
Gyanendra Malla





थप समाचार

Team11 लिडरबोर्ड च्यालेन्ज सुरु, Lvneng LX02 स्कूटर जित्ने सुनौलो मौका

नेपाली क्रिकेटप्रेमीहरूका लागि अब ‘आईपीएल’ सिजन अझ रोमाञ्चक बन्ने भएको छ। Fantasy खेलमा भाग लिएर लाखौं रुपैयाँ मूल्यका पुरस्कार जित्न […]

एमएम कप : गोकुलको अलराउण्ड प्रदर्शनमा आसामद्वारा कोशी पराजित

बिराटनगरमा जारि एमएम कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता अन्तर्गत बुधबार सम्पन्न खेलमा भारतको आसाम क्रिकेट क्लबले जित दर्ता गरेको छ। बैजनाथपुर […]

दिल्लीमाथि कोलकोताको जित

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपिएल) मा कोलकोता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ। गएराती सम्पन्न खेलमा कोलकोताले दिल्लीलाई […]

एमएम कप : कोशी प्रदेशसंग पुलिस स्तब्ध

विभागीय टोलि नेपाल पुलिस क्लब विरुद्ध एकदिवसीय राष्ट्रिय प्रतियोगितामा ऐतिहासिक पहिलो जित दर्ता गर्दै कोशी प्रदेशले एमएम कप एकदिवसीय राष्ट्रिय […]

वैभवको शानदार शतकमा राजस्थान विजयी

काठमाडौं। इन्डियन प्रिमियर लिग (आइपिएल) मा राजस्थान रोयल्सले जित हात पारेको छ। राजस्थानका युवा खेलाडी वैभव सूर्यवंशी र जयसवालले शानदार […]

नरेन चम्किंदा आर्मी एमएम कपको फाइनलमा

विभागीय टोलि त्रिभुवन आर्मी क्लब बिराटनगरमा जारि एमएम कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको तेश्रो संस्करणको फाइनल प्रवेश गरेको छ। डिफेन्डिङ च्याम्पियन […]