सागरको शानदार इनिंगमा नेपालले बनायो २२१

२०७५ भाद्र १३, बुधबार ११:३८

Sagar Pun
  • विकेटनेपाल – १३ भदौ, बुधवार

एसिया कप छनौट प्रतियोगिताको आफ्नो पहिलो खेलमा अहिले नेपालले ओमानको सामना गर्दैछ। पहिलो इनिंगको समाप्तिमा नेपालले ५० ओभरमा ९ विकेट गुमाएर २२१ रन जोडेको छ।

मलेसियाको बायुमास ओभलमा टस हारेर ब्याटिंगको निम्तो पाएको नेपालले पुरै ओभर ब्याटिंग गर्दा ९ विकेट गुमाएर २२१ रन जोड्न सफल भयो। नेपालको इनिंगलाई सम्हाल्ने क्रममा सिनियर राष्ट्रिय टोलीमा पुनरागमन गरिरहेका सागर पुनले ८३ रनको सानदार पारि खेले। ओपनर सुबाश खकुरेल र कप्तान पारस खड्कालाई छिटै गुमाएको नेपालको इनिंगमा सागरले आरिफ शेखसंग पाँचौ विकेटका लागि ९२ रनको साझेदारी गरे।

Gyanendra Malla
Gyanendra Malla

टोलीको खातामा ३१ रन हुँदा ओपनर सुबाश खकुरेल (४) लाई पहिलो विकेटका रुपमा गुमाएको नेपालले थप २५ रन जोड्दा कप्तान पारस (८) लाई समेत गुमायो। त्यसको लगत्तै अर्को ओभरमा ओपनर ज्ञानेन्द्र मल्ल ४५ रनको व्यक्तिगत स्कोरमा क्याच आउट हुनपुगे। चौथो विकेटका रुपमा दिपेन्द्र सिंह ऐरी ९ रनको स्कोरमा पभेलियन फर्किंदा नेपालले ८० रन मात्र जोड्न सकेको थियो।

त्यसपश्चात भने आरिफ शेख र सागर पुनको जोडी चम्कियो र नेपालको इनिंगलाई अगी बढाउन दुईका बीच ९२ रनको साझेदारी भयो। ४५औं ओभरको पहिलो बलमा ३६ रनको व्यक्तिगत स्कोरमा बाउन्ड्री नजिकै क्याच आउट हुन अघि आरिफले ७४ बलमा ३ चौका र १ छक्का सहित ३६ रन जोडे। सागर पुन भने इनिंगको अन्तिम ओभरमा २ बल बाँकिहुँदा ८४ बलमा ६ चौका र २ छक्का सहित ८३ रनको पारि खेल्दै रन आउट भए।

यस्तै इनिंगको अन्त्य तर्फ करन केसीले बिष्फोटक ब्याटिंग गर्दै नेपालको स्कोरलाई २०० रन माथि पुर्याउन सहयोग गरे। जसक्रममा उनले मात्र १० बलमा १ चौका र २ छक्का प्रहार गरे। ओमानको बलिंग तर्फ बिलाल खान, मुहम्मद नदीम र अजय लाल्चिताले समान २-२ विकेट लिए।

अन्तिम ११ (नेपाल) : सुबाश खकुरेल, ज्ञानेन्द्र मल्ल. पारस खड्का, सागर पुन, आरिफ शेख, दिपेन्द्र सिंह ऐरी, रोहित कुमार पौडेल, सोमपाल कामी, बसन्त रेग्मी, करन केसी, सन्दिप लामिछाने
अन्तिम ११ (ओमान) : जिसान मक्सुद, जतिन्दर सिंह, आकिब इल्यास सुलेहरी, वैभव वाटेगओंकर, खवर अलि, मुहम्मद नदीम, मुहम्मद नसिम, बिलाल खान, कलिमुल्लाह, अजय लाल्चेता, सुरज कुमार

Gyanendra Malla
Gyanendra Malla

Leave a Reply

© 2025 WicketNepal - WordPress Theme by WPEnjoy