सागर र शरदको अर्धशतकमा नेपाल बलियो

शरद भेसावकर र सागर पुनले अर्धशतक प्रहार गरेपछि भारत भ्रमण अन्तर्गत तेश्रो अभ्यास खेलमा टस जितेर ब्याटिंग गरेको नेपालल राम्रो ब्याटिंग गरिरहेको छ । नेपाल र तमिलनाडु ‘ए’ बीच खेल भइरहेको मुरुगुप्प्पा मैदानमा भइरहेको छ ।

शरदले ३० औ ओभरमा अर्धशतक पुरा गर्नेक्रममा ६९ बलमा ६ चौका प्रहार गरेका थिए । यस्तै सागरले ३१ औँ ओभरमा ५० रन पार गर्ने क्रममा ७७ बलको सामना गरेका थिए जुन क्रममा उनले २ चौका प्रहार गरे ।

नेपालले ३४ ओभरमा १६६ रन बनाउदा १ विकेट गुमाएको छ l शरद ६८ र सागर ६२ रन बनाएर ब्याटिंग गरिरहेका छन् ।

ओपनर ज्ञानेन्द्र मल्ल १० औं ओभरमा ३१ रनको व्यक्तिगत स्कोरमा आउट भए । मल्लले ३७ बलको इनिंगमा ६ चौका प्रहार गरेका थिए । उनलाई भिग्नेस रावले क्याच आउट गराए ।

खेलको अपडेट यो लिंकमा 

नेपालले चेन्नाई भ्रमण अन्तर्गत दोश्रो अभ्यास खेलमा बिहिबार मिलापुर रिक्रियसन क्लबलाई ५२ रनले पराजित गरेको थियो । यस्तै पहिलो अभ्यास खेलमा मंगलबार डीन्डीगुल ड्रयागन्सलाई १५३ रनको बिशाल अन्तरले पराजित गरेको थियो।

भ्रमण अन्तर्गत नेपालले चौथो तथा अन्तिम अभ्यास खेल २५ तारिक सोमबार खेल्नेछ जसपछि सेप्टेम्बर २७ गते फूलपातीको दिन स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ ।

अक्टोबर १३ र १५ तारिकमा हंगकंगमा हुने आईसीसी बिश्व क्रिकेट लिग च्याम्पियनसिपको तयारीको लागि टिमले भारत भ्रमण गरेको हो ।

 

 





थप समाचार

एमएम कप : कोशी प्रदेशसंग पुलिस स्तब्ध

विभागीय टोलि नेपाल पुलिस क्लब विरुद्ध एकदिवसीय राष्ट्रिय प्रतियोगितामा ऐतिहासिक पहिलो जित दर्ता गर्दै कोशी प्रदेशले एमएम कप एकदिवसीय राष्ट्रिय […]

वैभवको शानदार शतकमा राजस्थान विजयी

काठमाडौं। इन्डियन प्रिमियर लिग (आइपिएल) मा राजस्थान रोयल्सले जित हात पारेको छ। राजस्थानका युवा खेलाडी वैभव सूर्यवंशी र जयसवालले शानदार […]

नरेन चम्किंदा आर्मी एमएम कपको फाइनलमा

विभागीय टोलि त्रिभुवन आर्मी क्लब बिराटनगरमा जारि एमएम कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको तेश्रो संस्करणको फाइनल प्रवेश गरेको छ। डिफेन्डिङ च्याम्पियन […]

दिल्लीलाई हराउँदै बैंग्लुरु शीर्ष स्थानमा उक्लियो

काठमाडौं । रोयल च्यालेन्जर्स बैंग्लुरुले आइतबार दिल्ली क्यापिटल्समाथि ६ विकेटको सानदार जित हात पार्दै यस सिजनको आईपीएल तालिकाको शीर्ष स्थानमा […]

एमएम कप : एपीएफद्वारा बागमती पराजित

बिराटनगरमा जारि तेश्रो संस्करणको एमएम कप एकदिवसीय रास्ट्रिय प्रतियोगिता अन्तर्गत दोश्रो दिनको खेलमा विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ […]

एमएम कप : नरेनको अलराउण्ड प्रदर्शनमा आर्मीको जित

मनमोहन स्मृति कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता ( एमएम कप ) को तेश्रो संस्करण बिराटनगरमा सुरु भएको छ। मनमोहन मेमोरियल […]