सागर र शरदको अर्धशतकमा नेपाल बलियो

२०७४ आश्विन ७, शनिबार ००:००

शरद भेसावकर र सागर पुनले अर्धशतक प्रहार गरेपछि भारत भ्रमण अन्तर्गत तेश्रो अभ्यास खेलमा टस जितेर ब्याटिंग गरेको नेपालल राम्रो ब्याटिंग गरिरहेको छ । नेपाल र तमिलनाडु ‘ए’ बीच खेल भइरहेको मुरुगुप्प्पा मैदानमा भइरहेको छ ।

शरदले ३० औ ओभरमा अर्धशतक पुरा गर्नेक्रममा ६९ बलमा ६ चौका प्रहार गरेका थिए । यस्तै सागरले ३१ औँ ओभरमा ५० रन पार गर्ने क्रममा ७७ बलको सामना गरेका थिए जुन क्रममा उनले २ चौका प्रहार गरे ।

नेपालले ३४ ओभरमा १६६ रन बनाउदा १ विकेट गुमाएको छ l शरद ६८ र सागर ६२ रन बनाएर ब्याटिंग गरिरहेका छन् ।

ओपनर ज्ञानेन्द्र मल्ल १० औं ओभरमा ३१ रनको व्यक्तिगत स्कोरमा आउट भए । मल्लले ३७ बलको इनिंगमा ६ चौका प्रहार गरेका थिए । उनलाई भिग्नेस रावले क्याच आउट गराए ।

खेलको अपडेट यो लिंकमा 

नेपालले चेन्नाई भ्रमण अन्तर्गत दोश्रो अभ्यास खेलमा बिहिबार मिलापुर रिक्रियसन क्लबलाई ५२ रनले पराजित गरेको थियो । यस्तै पहिलो अभ्यास खेलमा मंगलबार डीन्डीगुल ड्रयागन्सलाई १५३ रनको बिशाल अन्तरले पराजित गरेको थियो।

भ्रमण अन्तर्गत नेपालले चौथो तथा अन्तिम अभ्यास खेल २५ तारिक सोमबार खेल्नेछ जसपछि सेप्टेम्बर २७ गते फूलपातीको दिन स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ ।

अक्टोबर १३ र १५ तारिकमा हंगकंगमा हुने आईसीसी बिश्व क्रिकेट लिग च्याम्पियनसिपको तयारीको लागि टिमले भारत भ्रमण गरेको हो ।

 

 

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy