पुरनलाई ‘सेन्ड अफ’ इशारा गर्दा सैनीलाई कारवाही

भारतीय टिमका उदयमान तिब्र गति बलर नभदिप सैनीलाई वेस्टइन्डिजसंगको पहिलो टि-२० अन्तर्राष्ट्रिय दौरान आईसीसी कोड अफ कन्डक्टको उल्लङ्घन गरेको आरोपमा कारवाही गरिएको छ। २६ वर्षीय बलरले सोहि खेलमा डेब्यु गरेका थिए र ३ विकेट लिंदै उत्कृस्ट समेत चुनिएका थिए।

खेलाडीको लागि आईसीसीको कोड अफ कन्डक्ट अन्तर्गत धारा २.५ उल्लङ्घन गरेको कारण उनलाई कारवाही स्वरूप डी-मेरिट अंक समेत प्रदान गरिएको छ। यो धारामा बिपक्षी ब्याट्सम्यान आउट हुँदा खेलाडीले शारीरिक हाउभाउ प्रयोग गरेर रिस व्यक्त गर्नु या जिस्कनु रहेको छ।

अन्तर्राष्ट्रिय क्रिकेटमा सन् २०१६ बाट प्रयोगमा आएको डी-मेरिट अंक खेलाडीको अनुसासन कायम गर्न प्रयोग गरिने मापदण्ड हो। अन्तर्राष्ट्रिय क्रिकेटमा २४ महिनाको समयमा कुनै खेलाडीले ४ डी-मेरिट अंक बटुलेमा १ टेस्ट वा २ सिमित ओभर क्रिकेट खेलबाट निलम्बन गर्ने नियम  छ।

आफुले गल्ति गरेको सैनीले म्याच रेफ्री जेफ क्रोसंग स्वीकार गरिसकेको आईसीसीले जारि गरेको विज्ञप्तिमा बताईएको छ।

खेलको चौथो ओभरमा २० रन बनाएका निकोलस पुरनलाई विकेटकिपर रिशभ पन्तबाट क्याच आउट गराएपछि सैनीले पुरनलाई बाहिर जानको लागि ‘सेन्ड अफ’ इशारा गरेका थिए।

सैनीले पहिलो टि-२० मा मात्र १७ रन खर्चेर ३ विकेट लिएपछि वेस्टइन्डिज मात्र ९५ रनमा समेटिन पुगेको थियो र खेल भारतले खेल ४ विकेटले जितेको थियो। दोश्रो टि-२० मा भने विकेटविहिन रहेका सैनीले ३ ओभरमा २७ रन खर्चेका थिए।

१४०-१५० सम्म बलिङ्ग गर्न सक्ने सैनीले आफ्नो प्रदर्शनबाट प्रभावित बनाएका छन्। उनले आईपीएलमा रोयल च्यालेन्जर्स बैंगलोरको प्रतिनिधित्व गरेका थिए जुन क्रममा ११ विकेट लिएका थिए।

२०१७-१८ को रणजी क्रिकेट सिजनमा दिल्लीको लागि ८ खेलमा ३४ विकेट लिएपछि उनलाई त्यही सिजन आईपीएलमा दिल्लीले लिएको थियो। त्यसपछि गत सिजन अक्सनमा उनलाई बैंगलोरले ३ करोड भारतीय रुपैयाँमा खरिद गरेको थियो।





थप समाचार

एमएम कप : एपीएफद्वारा बागमती पराजित

बिराटनगरमा जारि तेश्रो संस्करणको एमएम कप एकदिवसीय रास्ट्रिय प्रतियोगिता अन्तर्गत दोश्रो दिनको खेलमा विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ […]

एमएम कप : नरेनको अलराउण्ड प्रदर्शनमा आर्मीको जित

मनमोहन स्मृति कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता ( एमएम कप ) को तेश्रो संस्करण बिराटनगरमा सुरु भएको छ। मनमोहन मेमोरियल […]

महिला विश्वकप एसिया छनोट खेल्न नेपाली टोली घोषणा

काठमाडौं। आइसिसी महिला विश्वकप एसिया छनोट खेल्न इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ। नेपाल क्रिकेट संघ (क्यान)ले […]

पूजाले पाइन् उपकप्तानीको जिम्मेवारी

काठमाडौं। नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको उपकप्तानी पूजा महतले गर्ने भएकी छन्। नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार पूजालाई उपकप्तानको जिम्मेवारी […]

नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने

काठमाडौं। आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने त्रिकोणात्मक टी-२०आई सिरिजमा नेपालले आफ्नो पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने भएको छ। जुनमा ग्लास्गोको क्लाइडसडेल […]

सिद्धान्तलाई क्यानले आर्थिक सहयोग गर्ने

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले महेन्द्र नारायण निधी राष्ट्रिय क्रिकेट प्रतियोगिताको दौरान घाइते भएका क्रिकेटर सिद्धान्त लोहनीलाई पाँच लाख रुपैयाँ […]