‘इंग्ल्यान्डको अग्रता २०० माथि नपुगे भारतले टेस्ट जित्छ’ – सलमान बट

पूर्व पाकिस्तानी कप्तान सलमान बटले इंग्ल्यान्ड बिरुद्ध पहिलो टेस्टमा भारतको ब्याटिंग प्रयासको तारिफ गर्दै टेस्ट जित्न अब बलरहरुले इंग्ल्यान्डलाई सानो योगफलमा समेट्नु पर्ने बताएका छन्। टेस्टको पहिलो इनिंग्समा इंग्ल्यान्डले १८३ रन बनाएपछि भारतले पहिलो इनिंग्समा २७८ रन बनाउदै ९५ रनको अग्रता हाँसिल गरेको थियो। इंग्ल्यान्डले दोश्रो इनिंग्स ब्याटिंग सुरु गरिसकेको छ र तेश्रो दिन सम्पतिमा विकेट नगुमाई २५ रन बनाएको छ। इंग्ल्यान्ड अझै ७० रनले पछि रहेको छ।

आफ्नो युट्युब भिडियोमा बोल्ने क्रममा बटले बताएका छन् – “भारतले कम्ब्याक गर्नुको पछाडी उनीहरुको जस्तो परिस्थितिमा पनि हार नमान्ने स्वभाव हो। कम अनुभवी केएल राहुल, रिशभ पन्त पनि उभिए। भारतले ९५ रनको अग्रता पाउन आफ्नो सबथोक सुम्पियो। अब बलरहरुमा उनीहरुको सफलता निर्भर गर्छ।” भारतले ११२ रनमा ४ विकेट गुमाएपछि पनि २७८ रन बनाउन सफल भएको थियो। केएल राहुल र रभीन्द्र जडेजाले अर्धशतक तथा तल्लो क्रमका ब्याट्सम्यानहरुले योगदान दिंदा भारतले अग्रता बढाउन सकेको थियो।

“अहिले इंग्ल्यान्डले विकेट नगुमाई २५ रन बनाएको छ। यो त्यस्तो पिच हो जहाँ बाँदल लागेको मौसममा विकेटहरु एकै पटक २-३ वटा खस्ने गर्छ। यदी जस्प्रित बुम्राह, मोहम्मद शामी, मोहम्मद सिराज र शार्दुल ठाकुरले राम्रो स्पेल बलिंग गर्ने हो भने जे पनि सम्भव छ। यदी कसैले एउटा स्पेलमा ३-४ विकेट लिने र अर्कोले १-२ विकेट लिने हो भने र इंग्ल्यान्डको अग्रता २ सय पार नगरे भारतले जित्ने सम्भावना प्रवल छ।” बटले बताए।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy