करनको कीर्तिमानी बलिंग प्रदर्शनमा इंग्ल्यान्डको जित

स्याम करनले कीर्तिमानी बलिंग गर्दा अफगानिस्तान बिरुद्ध ५ विकेटको जित दर्ता गर्दै इंग्ल्यान्डले अस्ट्रेलियामा जारि टि-ट्वान्टी विश्वकपमा विजयी सुरुवात गरेको छ।

सुपर-१२ चरण अन्तर्गत समुह ‘१’ को खेलमा अफगानिस्तानले दिएको ११३ रनको सामान्य लक्ष्य इंग्ल्यान्डले ५ विकेट गुमाएर १८.१ ओभरमा भेटायो।

इंग्ल्यान्डको लागि लियाम लिभिंग स्टोनले सर्वाधिक २९ रन बनाए। एलेक्स हेल्सले १९ तथा जोस बटलर र डेविड मलानले समान १८ रन बनाए। अफगानिस्तान बलर फजलहक फारुकी, मुजिब उर् रहमान, राशिद खान, फरिद मलिक र मोहम्मद नाबीले १/१ विकेट लिए।

यस अघि टस हारेर ब्याटिंग गरेको अफगानिस्तानले १९.४ ओभरमा ११२ रन मात्र बनाउन सक्यो। उसको लागि इब्राहिम जद्रानले ३२, उस्मान घानीले ३० रन योगदान दिए। १०९ रनमा ५ विकेट गुमाएको अवस्थामा स्याम करनले घातक बलिंग गर्दा थप ३ रन जोड्दा अफगानिस्तान अलआउट भयो।

स्याम करनले करियरकै उत्कृस्ट स्पेल दर्ता गर्ने क्रममा ३.४ ओभरमा १० रन खर्चेर ५ विकेट लिए। उनले अठारौं र बीसौं ओभरमा २/२ विकेट लिए।  बेन स्टोक्स र मार्क वुडले २/२ तथा क्रिस वोक्सले १ विकेट लिए।

करनले इंग्ल्यान्डको लागि टि-ट्वान्टी अन्तर्राष्ट्रियमा ५ विकेट लिने पहिलो कीर्तिमान आफ्नो नाम गरेका छन्।

सुपर-१२ चरण अन्तर्गत आजको पहिलो खेलमा न्युजिल्यान्डले अस्ट्रेलियालाई ८९ रनले पराजित गर्दै विजयी सुरुवात गर्यो।

सुपर-१२ चरणको समुह ‘१’ मा अफगानिस्तान, अस्ट्रेलिया, आयरल्याण्ड, न्युजिल्यान्ड र श्रीलंका छन् भने समुह ‘२’ मा बंगलादेश, भारत, नेदरल्याण्ड, पाकिस्तान, दक्षिण अफ्रीका र जिम्बाब्वे छन्। सबै टिमले एक अर्का बिरुद्ध १/१ खेल खेले पछि समुहको उत्कृस्ट दुई टिम सेमीफाइनल पुग्नेछन्।

 





थप समाचार

विराटनगरमा टी–१० च्याम्पियनसिप क्रिकेट प्रतियोगिता हुने 

विराटनगरमा टी–१० च्याम्पियनसिप क्रिकेट प्रतियोगिता हुने भएको छ । प्रतियोगिता विराटनगर महानगरपालिका वडा नम्बर–६ को आयोजना हुने भएको छ । […]

नेपालको सुपर थ्रीको सम्भावना कायमै

काठमाडौं। आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटमा बहराइनलाई पराजित गरेको नेपालको सुपर थ्रीको सम्भावना कायमै रहेको छ। थाइल्यान्डको बैङ्ककस्थित टेर्डथाई […]

सन्दीप क्यानको केन्द्रीय सम्झौतामा नरहने

काठमाडौं। लेग स्पिनर सन्दीप लामिछाने नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय सम्झौतामा नरहने भएका छन्। बुधबार सामाजिक सञ्जालमा उनले उक्त […]

बेलायत जाने नेपाली टोलीको बिदाइ

काठमाडौं। आइसिसी विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि स्कटल्यान्ड जाने नेपाली क्रिकेट टोलीको बिदाइ भएको छ। नेपाल क्रिकेट […]

नेपाल हङकङसँग पराजित

काठमाडौं। नेपाल आइसिसी महिला टी–२० विश्वकप एसिया छनोटमा हङकङसँग पराजित भएको छ। मंगलबार सम्पन्न खेलमा नेपाल सात विकेटले पराजित भएको […]

शनिबारदेखि पुनः सुरु हुँदै आईपीएल

काठमाडौं । भारत र पाकिस्तानबीचको बढ्दो तनावका कारण एक साताका लागि स्थगित गरिएको इन्डियन प्रिमियर लिग (आईपीएल) शनिबारदेखि पुनः सुरु […]