स्याम करनको करियरकै उत्कृस्ट बलिंग, इंग्ल्यान्डको सिरिज जित

२०७८ असार १८, शुक्रबार ११:५६

दोश्रो खेलमा भ्रमण टोलि श्रीलंकालाई ८ विकेटले पराजित गर्दै इंग्ल्यान्डले तिन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज एक खेल अगावै २-० ले आफ्नो पक्षमा पारेको छ। यस अघि टि-२० अन्तर्राष्ट्रिय सिरिज पनि इंग्ल्यान्डले ३-० ले जितेको थियो।

केनिंगटन ओभल, लण्डनमा सम्पन्न खेलमा श्रीलंकाले दिएको २४२ रनको लक्ष्य घरेलु टोलिले मात्र २ विकेट क्षेतीमा ७ ओभर बाँकि रहँदै भेटायो।

लक्ष्य पछ्याउने क्रममा इंगलिस ओपनर जेसन रोय र जोनी बैयरस्टोले ७६ रनको साझेदारी गरे। १३ औं ओभरमा २९ रन बनाएका बेयरस्टोलाई वानिन्दु हसरंगाले बोल्ड गरे। ५२ बलमा १० चौका मद्दतले ६० रन बनाएका रोयलाई १८ औं ओभरमा चमिका करुनारत्नेले क्याच आउट गराए।

१०४/२ को अवस्थाबाट तेश्रो विकेटको लागि जो रुट र कप्तान ओएन मोर्गनले अविजित १४० रनको साझेदारी गर्दै जित सम्म डोर्याए। मोर्गनले ८३ बलमा ८ चौका र १ छक्का तथा रुटले ८७ बलमा ५ चौका प्रहार गरे।


यस अघि टस हारेर ब्याटिंग गरेको श्रीलंकाले ५० ओभरमा ९ विकेट क्षेतीमा २४१ रन बनाएको थियो। उसको लागि धनन्जय डी सिल्भाले सर्वाधिक ९१ रन बनाए जुन क्रममा ९१ बलमा १३ चौका प्रहार गरे। यस्तै दासुन शनाकाले ४७ रन, वानिन्दु हसरंगाले २६ रन, चमिका करुनारत्नेले २१ रन बनाए।

अत्यन्त खराब सुरुवात गरेको श्रीलंकाले २१ रनको योगफलमा ४ विकेट गुमाएको थियो। त्यसपछि डी सिल्भाले हसरंगासंग ६३ रनको, डी सिल्भासंग ७८ रनको साझेदारी गरेका थिए। त्यसपछि शनाकाले सातौँ विकेटको लागि करुनारत्नेसंग ४० रनको साझेदारी गर्दै योगफल २ सय पार गराएका थिए।

इंग्ल्यान्डको बलिंगमा देब्रे हाते पेसर स्याम करनले करियरकै उत्कृस्ट स्पेल दर्ता गर्दै ५ विकेट लिए जुन क्रममा १० ओभर बलिंग गर्दै उनले १ मेडन ओभर सहित ४८ रन खर्चिए। यस्तै अर्का पेसअर डेभिड विलेले ४ विकेट ( १०-१-६४-४ ) लिए।

सिरिज अन्तर्गत पहिलो खेल इंग्ल्यान्डले ५ विकेटले जितेको थियो। सिरिजको अन्तिम खेल आइतबार खेलिनेछ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy