बिसीसीआईले महिला क्रिकेटरलाई पुरुष सरह म्याच फि दिने, जान्नुस कति छ म्याच फि

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले महिला क्रिकेटरलाई पनि पुरुष खेलाडीकै सरह म्याच फी दिने भएको छ ।

(बीसीसीआई)का सचिव जय साहले बिहिबार ट्वीट गर्दै अब महिला क्रिकेटरलाई पनि पुरुष खेलाडीकै सरह म्याच फी दिने घोषणा गरेका हुन् । यसै वर्ष न्युजिल्यान्ड क्रिकेट बोर्डले पनि पुरुष र महिला राष्ट्रिय टिमका खेलाडीलाई समान म्यान फि दिने घोषणा गरेको थियो।

‘मलाई यो घोषणा गर्दै गर्दा खुसी लागेको छ कि बीसीसीआईले भेदभाव अन्त्यका लागि पहिलो कदम उठाएको छ,’ उनले ट्वीट गरेका छन्, ‘हामीले बीसीसीआईसँग अनुबन्ध क्रिकेटर्सका लागि पे-इक्विटी पोलिसी लागू गरेका छौँ, महिला तथा पुरुष दुवै क्रिकेटर्सको लागि म्याच फी बराबर हुने छ ।’

भारतीय पुरुष खेलाडीले एउटा टेष्ट म्याचको १५ लाख भारु ( २४ लाख नेपाली रुपैयाँ ) , एक दिवसीय अन्तर्राष्ट्रिय खेलको ६ लाख भारु ( ९ लाख ६० हजार नेपाली रुपैयाँ )  र टी-२० म्याचको ३ लाख भारतीय रुपैयाँ ( ४ लाख ८० हजार नेपाली रुपैयाँ ) म्याच फी पाउँदै आएका छन् । अब महिला क्रिकेटरले पनि सोही अनुसार म्यान फि पाउने छन् ।

सन् २०१७ को आईसीसी महिला विश्वकपको फाइनल पुगेपछि भारतीय महिला क्रिकेट टिमको लोकप्रियता ह्वात्तै बढेको हो। त्यसपछि २०२० को टि-२० विश्वकप मा पनि भारतीय महिला टिम फाइनल पुगेको थियो।





थप समाचार

एसपीए कलेजद्वारा क्रिकेटर द्वय भट्ट र रावललाई आजीवन छात्रवृत्ति र नगदसहित सम्मान

क्रिकेटको सहरका रूपमा परिचित धनगढीमा अवस्थित एसपीए कलेजले सुदूरपश्चिमका गौरवशाली युवा क्रिकेटरहरू सचिन भट्ट र सुशील रावललाई आजीवन छात्रवृत्ति र […]

सप्तरी प्राइड लिग-७ : तिरहुट टाइगर्स र राजविराज राजदेवी रोयल्स विजयी

सप्तरीको राजविराजमा जारी सप्तरी प्राइड लिग अन्तर्गत तेश्रो दिन सम्पन्न दुईवटा खेलमा तिरहुट टाइगर्स र राजविराज राजदेवी रोयल्स विजयी भएका […]

सप्तरी प्राइड लिग-७, वारियर्स र टाइगर्स विजयी 

२७ अषाढ, राजबिराज । सप्तरीको राजविराजमा जारी सप्तरी प्राइड लिग अन्तर्गत दोश्रो दिन सम्पन्न दुई खेलमा राजगढ वारियर्स र तिरुहुट […]

सन्दीप लामिछाने बने डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडर

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान तथा लेग स्पीनर सन्दीप लामिछाने डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडर नियुक्त भएका […]

एनपीएल आयोजनाको तयारी अगाडि बढाउन प्रधानमन्त्री ओलीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले नेशनल प्रिमियर लिग (एनपिएल) को आयोजनाको तयारी अगाडि बढाउन राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई आग्रह गरेका छन् […]

टी–२० विश्वकप छनोट : नेपालको खेल तालिका सार्वजनिक

आगामी अक्टोबरमा ओमानमा आयोजना हुने आइसिसी पुरुष टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–प्यासिफिक क्षेत्रको संयुक्त छनोट प्रतियोगितामा नेपाल समूह २ […]