मैदानमा केक काटेर राष्ट्रिय टिमले मनायो संबिधान दिवस ( फोटो फिचर )

नेपालको संविधान दिवस ओमानको अल अमारतस्थित क्रिकेट मैदानमा ओमानका लागि नेपालका राजदुत शर्मिला पराजुली ढकाल, ओमान क्रिकेट संघका प्रमुख पंकज खिमजी र उप कप्तान दीपेन्द्र सिंह ऐरीले केक काटेर मनाएका छन् । नेपाल कप्तान ज्ञानेन्द्र मल्लको बुबा स्वर्गारोहण भएको एक वर्ष नपुगेका कारण उनी साथमा उभिएका मात्र थिए । केकमा नेपाल र ओमानको झण्डा बनाइएको थियो ।

ओमानका लागि नेपालका राजदुत शर्मिला पराजुली ढकालले नेपाली टोलीलाई संविधान दिवसको शुभकामना दिनुका साथै आजको खेलमा जितका लागि शुभकामना दिएकी थिइन् । कार्यक्रममा ओमान क्रिकेट संघका प्रमुख पंकज खिम्जीबाहेक ओमान क्रिकेट संघका उच्च पदाधिकारी, अन्तर्राष्ट्रिय क्रिकेट संघ (आईसीसी) का पदाधिकारी र ओमान क्रिकेट टिमका खेलाडीहरुको उपस्थिति थियो ।

यसबाहेक संविधान दिवसको अवसरमा शनिबार साझ नेपालको राजदुतावास परिसरमा दिप प्रज्वलन गरिएको थियो । साथै आजै बिहान राजदुतावासमा रातदुत शर्मिला पराजुली ढकालले नेपालको झन्डा झन्डोत्तोलन गरेकी थिइन् । त्यस्तै नेपाल र ओमानबीचको खेल हेर्न क्रिकेट मैदान आइपुगेका दर्शकलाई लन्च बक्स वितरण गरिएको थियो ।

संविधान दिवसको दिन यसअघि अझ भव्य कार्यक्रम हुने भए पनि यसपटक कोभिड–१९ प्रोटोकलका कारण ठुलो कार्यक्रम गर्न नसकिएको नेपाली अधिकारीले बताए ।





थप समाचार

यु-१९ विश्वकप : नेपाल अस्ट्रेलियासँग पनि पराजित

काठमाडौं । मलेसियामा जारी आइसिसी यु-१९ टी-२० विश्वकप अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल अस्ट्रेलियासँग ८३ रनले पराजित भएको […]

अस्ट्रेलियाले दियो १४० रनको लक्ष्य

काठमाडौं। आइसिसी यु–१९ विश्वकपअन्तर्गत नेपाललाई अस्ट्रेलियाले १४० को विशाल लक्ष्य दिएको छ। वाइएसडी युकेएम क्रिकेट ओभलमा टस जितेर पहिला ब्याटिङ […]

नेपालले अस्ट्रेलियाविरुद्ध फिल्डिङ गर्दै

काठमाडौं। आइसिसी यु–१९ विश्वकपअन्तर्गत जित्नै पर्ने खेलमा नेपालले अस्ट्रेलियाविरुद्ध पहिला बलिङ गर्ने भएको छ। मलेसियाको वाइएसडी युकेएम क्रिकेट ओभलमा अस्ट्रेलियाकी […]

अस्ट्रेलियाको सामना गर्दै नेपाल

काठमाडौं । आइसिसी महिला यु–१९ विश्वकपमा समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले अस्ट्रेलियाको सामना गदैछ। समूह ‘डी’ अन्तर्गतको खेल मलेसियाको […]

अर्जुन ट्रफीः अत्तरियाबाट चार जना राष्ट्रिय खेलाडी

धनगढीमा हुने अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि कैलालीको सिवाईसी अत्तरियाले चार जना राष्ट्रिय खेलाडी अनुबन्ध गरेको छ। गो ड्रिमर्सको […]

अर्जुन ट्रफीका लागि घोडाघोडी–११ को टीम घोषणा

क्रिकेटको शहर धनगढीमा आगामी माघ १९ गतेदेखि २८ गते (फेब्ररी १ देखि १०) सम्म आयोजना हुने अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट […]