क्रिकेट टिम दशरथ रंगशालामा सम्मानित

शहीद स्मारक ‘ए’ डिभिजन लिगको मार्केटिङ कम्पनी एमडीएसीले शनिबार एक दिवसीय विश्वकप छनोटका लागि स्थान बनाएको नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीलाई दशरथ रंगशालामा सम्मान गरेको छ ।

लिग अन्तर्गत मनाङ मस्र्याङ्दी फुटबल क्लब र एपीएफ क्लबबीचको खेलको मध्यान्तरमा सम्मान गरिएको हो । खेलाडीले उक्त समयमा उपस्थित दर्शकसँग खुशी साटेका थिए ।

नेपाली टोलीलाई विश्वकप छनोटमा सोझै छनोट भएको भन्दै सम्मान गरिएको एमडीएसी स्पोट्र्सले जनाएको छ । आईसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्यत नेपालमा भएको अन्तिम त्रिकोणात्मक सिरिजमा नेपालले बलियो प्रतिद्वन्द्वी संयुक्त अरब इमिरेट्स (युएई) लाई नौ रनले पराजित गर्दै विश्वकप छनोटमा सोझै स्थान बनाएको थियो ।

टोलीलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह लगायत, अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकज नेम्वाङ लगायत पदाधिकारीले सम्मान गर्नुभएको थियो ।

एमडीएसीले मनाङ र एपीएफबीचको खेलमा टिकटबाट उठेको सम्पूर्ण रकम नेपाल क्रिकेट संघ (क्यान) को खेलाडी कल्याण कोषमा हस्तान्तरण गर्ने जनाएको छ ।





थप समाचार

नेपाललाई स्तब्ध बनाउँदै नेदरल्यान्ड्स च्याम्पियन

काठमाडौं । नेपाललाई हराउँदै नेदरल्यान्ड्सले त्रिदेशीय सिरिजको उपाधी जितेको छ । नेपाल, नामिबिया र नेदरल्यान्ड्स सहभागी सिरिजमा घरेलु टाेलीलाइ स्तब्ध […]

च्याम्पियन बन्न नेदरल्यान्ड्सलाई १ सय ८५ रनको लक्ष्य

काठमाडौं । राजधानीमा जारी त्रिदेशीय टी-ट्वान्टी आई सिरिजको च्याम्पियन बन्न नेपालले नेदरल्यान्ड्सलाई १ सय ८५ रनको लक्ष्य दिएको छ । […]

नेपालले टस जित्यो

काठमाडौं । नेपालले नेदरल्यान्ड्सविरुद्ध टस जितेको छ । काठमाडौंमा जारी नेपाल, नामिबिया र नेदरल्यान्ड्स सहभागी त्रिदेशीय टी-ट्वान्टी आई सिरिजको फाइनल […]

फाइनल खेलमा नेपालको सम्भावित प्लेईङ-११

काठमाडौं । मंगलबार नेपाल, नामिबिया र नेदरल्यान्ड्स सम्मिलित टी-ट्वान्टी आईको फाइनल खेलमा नेपाल र नेदरल्यान्ड्स खेल्दै छन् । नेपाल र […]

नेदरल्यान्ड्स र नेपाल फाइनलमा भिड्दै, यस्तो छ ईतिहास

काठमाडौं । काठमाडौंमा जारी नेपाल, नामिबिया र नेदरल्यान्ड्स सहभागी त्रिदेशीय टी-ट्वान्टी आई सिरिजको फाइनल खेलमा घरेलु टोली र नेदरल्यान्ड्सले मंगलबार […]

नेपालसँग खेल्ने आयरल्यान्ड वल्भ्सको टोली घोषणा, सिरिज मार्च २४ बाट

काठमाडौं । नेपाली सिनियर राष्ट्रिय टोली तथा नेपाल ए सँग खेल्ने आयरल्यान्ड वल्भ्सको टोली घोषणा भएको छ । आइतबार क्रिकेट […]