नेपालको २९औं टि२० आई प्रतिद्वन्दी बन्दै सामोआ

२०८२ कार्तिक १, शुक्रबार ११:११

काठमाडौं – नेपालले टि२० आईको इतिहासमा २९औं प्रतिद्वन्दीका रुपमा शुक्रबार सामोआको सामना गर्दैछ ।

आगामी बर्ष भारत र श्रीलंकामा संयुक्त रुपमा आयोजना हुने टि२० विश्वकपको एसिया तथा इएपी क्षेत्रीय छनोटअन्तर्गतको खेलमा नेपालले सामोआको सामना गर्न लागेको हो । यस खेल ओमानको मस्कटमा नेपाली समय अनुसार शुक्रबार अपरान्ह ४ः१५ मा सुरु हुनेछ ।

प्रतियोगितामा खेलेको पाँच खेलमा शतप्रतिशत जितको नतिजाका साथ नेपालले विश्वकपमा स्थान बनाइसकेको छ । सामोआ भने लगातारको हार सहित प्रतियोगिताबाट बाहिरिसकेको छ । यस खेलमा जित हासिल गर्दै क्षेत्रीय छनोटको उपाधी हासिल गर्ने लक्ष्यमा नेपाल रहेको छ ।

नेपाललले टि ट्वान्टी अन्तराष्ट्रियमा मात्र नभइ क्रिकेट इतिहासमा पहिलो पटक शुक्रबार सम्पाको सामना गर्न लागेको हो । नेपालले टि२० आईको इतिहासमा खेल्न लागेको २९औं प्रतिद्वन्दी मुलुक हो ।

नेपालले आफ्नो १ सय १२औं टि२० आई खेलमा सामोआको पहिलने पटक सामना गर्न लागेको हो ।

 

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy