काठमाडौं । टि२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासेफिक छनोटको अन्तिम खेलमा सामाओविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने भएको छ ।
ओमानको मस्कटमा टस जितेर सामाओका कप्तानले बलिङ रोजेसँगै नेपालले पहिला ब्याटिङको निम्तो पाएको हो । यस खेल जित्दै विश्वकपका लागि छनोट भइ सकेको नेपाल प्रतियोगिताको च्याम्पियन बन्ने लक्ष्यमा रहेको छ ।
अन्तिम खेल खेल्दै गरेको सामाओ पनि जितका साथ प्रतियोगिताको समापन गर्न चाहान्छ । नेपालले बुधबार ओमानविरुद्ध खेलेको टोलीमा तीन परिवर्तन गरेको छ । ओमानविरुद्ध खेलेका सोमपाल कामी, कुशल मल्ल र आदिल आलम बेन्चमा रहेका छन् ।
सामाओविरुद्धको खेलमा करण केसी, आरिफ शेख र ललितनारायण राजवंशीले मौका पाएका छन् । करण र आरिफको यस प्रतियोगितामा पहिलो खेल समेत रहेको छ ।
