बिक्रम सोबसंगै एकै दिन श्रीलंकन क्रिकेटरले पनि लिए डेब्युको पहिलो बलमै विकेट

नेपाली राष्ट्रिय क्रिकेट टिमको लागि एकदिवसीय अन्तर्राष्ट्रिय डेब्यु गर्ने क्रममा दायाँ हाते पेसर बिक्रम सोबले पपुवा न्यु गिनी बिरुद्ध व्यक्तिगत पहिलो बलमै विकेट लिंदै कीर्तिमान बनाए। सोबले इनिंग्सको दोश्रो ओभरको पहिलो बलमा १ रन बनाएका पपुवा न्यु गिनीका ओपनर टोनी उरालाई बोल्ड गरेका थिए।

अचम्मको संयोग के रह्यो भने आजनै श्रीलंकन क्रिकेटरले पनि एकदिवसीय अन्तर्राष्ट्रिय डेब्युमै पहिलो बलमा विकेट लिएका छन्।

दक्षिण अफ्रीका र बीच कोलोम्बोमा जारि खेलमा एकदिवसीय अन्तर्राष्ट्रिय डेब्यु गरेका २१ वर्षीय श्रीलंकन अफ स्पिनर महेश थिक्शानाले व्यक्तिगत पहिलो बलमै विकेट लिएका हुन्। थिक्सानाले इनिंग्सको १० औं ओभरमा बलिंग गर्ने क्रममा व्यक्तिगत पहिलो बलमै दक्षिण अफ्रिकी ओपनर जानेमन मलानलाई क्याच आउट गराएका हुन्।


सन् १९७१ देखि सुरु भएको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको इतिहासमा डेब्यु खेलको पहिलो बलमै २९ जना खेलाडीले मात्र विकेट लिन सकेका छन्। नेपालको बिक्रम सोबले मात्र यो रेकर्ड बनाएका छन् भने श्रीलंका श्रीलंकाका ३ जना खेलाडीले यो कीर्तिमान बनाएका छन्। सबैभन्दा पहिले स १९७२ मा इंग्ल्यान्डका बलर जेफ आर्नोल्डले अस्ट्रेलिया बिरुद्ध यो कीर्तिमान बनाएका थिए।

हालसम्म टेस्ट क्रिकेटमा २० जना तथा टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा २० जना खेलाडीले डेब्युको पहिलो बलमै विकेट लिएका छन्। नेपालका पूर्वकप्तान पारस खड्काले सन् २०१४ टि-२० विश्वकपमा हंगकंग बिरुद्ध डेब्यु गर्दा पहिलो बलमै इरफान एहमदको विकेट लिएका थिए। रोचक कुरा सोहि खेलमा हंगकंगका नदीम एहमदले डेब्यु गर्ने क्रममा व्यक्तिगत पहिलो बलमै सुबास खकुरेलको विकेट लिएका थिए।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy