BBL : होबार्टद्वारा ब्रिसबेन पराजित, यस्तो रह्यो सन्दिपको प्रदर्शन

ब्रिसबेन हिटलाई ८ विकेटले पराजित गर्दै होबार्ट हरिकेन्सले बिग ब्यास लिगमा पाँचौ जित दर्ता गरेको छ। जितपछि १० खेलमा ५ जित र ५ हार बेहोरेको होबार्ट २० अंक सहित चौंथो स्थानमा छ।

ब्रिसबेनको घरेलु मैदान द गाबामा सम्पन्न खेलमा ब्रिसबेनले दिएको १४५ रनको लक्ष्य होबार्टले १७.२ ओभरमा मात्र २ विकेट क्षेतीमा भेटायो। होबार्टको लागि ओपनर बेन म्याकडरमोटले सर्वाधिक ९३ रन बनाए जुन क्रममा ६१ बलमा १० चौका र २ छक्का प्रहार गरे। कप्तान पिटर ह्यान्ड्सकम्बले २७ तथा ड्यार्सी सर्टले १२ रन बनाए। म्याकडरमोट र ह्यान्डसमकम्बले दोश्रो विकेटको लागि ११७ रनको साझेदारी गर्दै जितको आधार तयार गरे।

यस अघि टस हारेर ब्याटिंग गरेको ब्रिसबेनले २० ओभरमा ८ विकेट क्षेतीमा १४४ रन बनाएको थियो। उसको लागि लच्लान फेफरले सर्वाधिक ६९, विल प्रेस्टविजले २१ रन योगदान दिए। होबार्टको बलिंगमा सन्दिप लामिछाने र मिचेल ओवेनले समान दुई विकेट तथा राइली मेरेडीथ, थोमस रोजर्स र टिम डेभिडले समान एक विकेट लिए।

कस्तो रह्यो सन्दिपको प्रदर्शन

होबार्ट हरिकेन्सको प्रतिनिधित्व गर्दै सिजनमा दशौँ खेल खेल्ने क्रममा ब्रिसबेन हिट्स बिरुद्ध आफ्नो उत्कृस्ट लय कायमै राखेका छन्। लगातार तिन खेलमा विकेट विहिन रहे पछि पछिल्लो ४ खेलमा लयमा फर्केका सन्दिपले ब्रिसबेन बिरुद्ध ४ ओभरमा २३ रन खर्चेर २ विकेट लिएका हुन्। लिगमा पहिलो ६ खेलमा मात्र दुई विकेट लिएका सन्दिपले पछिल्लो ४ खेलमा ८ विकेट लिएका छन्।

सन्दिपको पहिलो ओभर : छैठौं ओभरमा बलिङ्ग सुरुवात गरेका सन्दिपलाई पहिलो बलमै लचलान फेफरले पुल गर्दै डिप-मिड विकेटमा छक्का प्रहार गरे। अत्य्सपछि पुनरागमन गरेका सन्दिपले चौंथो बलमा जेक लेहम्यानलाई एलबिडब्लु पारे। सन्दिपले माथि दिएको बललाई रिभर्स स्विप गरेका लेहम्यानले बल छुन सकेनन् र एलबिडब्लु धरापमा परे। ओभरमा उनले ८ रन खर्चिए। ओभर समरी ( ६ १ ० विकेट ० १ )

सन्दिपको दोश्रो ओभर : नवौं ओभरमा दोश्रो ओभर बलिंग गरेका सन्दिपले निकै कसिलो बलिंग गरे। ओभरमा उनले मात्र २ रन खर्चिए। टम कुपरले सन्दिपको ४ बलमा ३ बलमा रन बनाउन सकेनन्। ओभर समरी ( १ ० १ ० ० ० )

सन्दिपको तेश्रो ओभर :
 तेह्रौं ओभरमा तेश्रो ओभर बलिंग गरेका सन्दिपले पहिलो ४ बलमा २ रन मात्र खर्चिए। पाँचौ बलमा ज्याक वुडले उनलाई लंगअनमा छक्का प्रहार गरे। तर लगत्तै बलमा सन्दिपले पुनरागमन गरे। सन्दिपको गुग्लीलाई कट गरेका वुडको ब्याटको किनारा लाग्दा विकेटकिपर म्याकडरमोटले समात्न गल्ति गरेनन्। ओभरमा ८ रन खर्चेर सन्दिपले एक विकेट लिए। ओभर समरी ( १ १ ० ० ६ विकेट )

सन्दिपको चौंथो ओभर :
 पन्ध्रौँ ओभरमा बलिंग गरेका सन्दिपले निकै कसिलो बलिंग गर्ने क्रममा मात्र ५ रन खर्चिए जुन क्रममा दुई वटा डट बल गरे। ओभर सकिएपछि कमेन्टेटरले सन्दिपले निकै राम्रो बलिंग गरेको भन्दै तारिफ गरे। ओभर समरी ( १ ० १ १ ० २ )

जारि लिगमा १० खेल खेल्दा सन्दिपले विकेट संख्या १० पुर्याएका छन्। सन्दिपले अघिल्लो खेलमा एडीलेड स्ट्राइकर्स बिरुद्ध २२ रन खर्चेर २ विकेट लिएका थिए। यस्तै उनले मेलबर्न रेनेगेड्स बिरुद्ध ३ विकेट लिएका थिए भने सिड्नी सिक्सर्स, पर्थ स्करचर्स र ब्रिसबेन हिट्स बिरुद्ध एक/एक विकेट लिएका थिए।





थप समाचार

प्रधानमन्त्री कप भक्तपुर छनोट :हिमालय र बिएमसीए विजयी

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको भक्तपुर छनोट खेलमा हिमालय स्पोर्ट्स म्यानेजमेन्ट र बिएमसीए विजयी भएका छन्। मुलपानी मैदानमा जारि […]

एनकासा इन्टर फर्म क्रिकेट : सुब्र , केबिएसआर, अनिश र एपीए विजयी

१२ औं संस्करणको एनकासा इन्टर फर्म क्रिकेट प्रतियोगिता अन्तर्गत दोश्रो दिन सम्पन्न चारवटा खेलहरु सम्पन्न भएका छन्। ललितपुर स्थित पुल्चोक […]

डीएभीलाई अन्तर-स्कुल टि-२० क्रिकेटको उपाधि

काठमाडौँ, डिएभि सुशील केडिया विश्व भारतीय स्कुलले १६ औं सीओएएस अन्तर-स्कुल रनिंग टि-२० क्रिकेट प्रतियोगिता २०८१ को उपाधि जितेको छ। […]

इन्टर-फर्म क्रिकेट : एसएचए र केएएसए युपीबि युथ्स विजयी

१२ औं संस्करणको एनकासा इन्टर फर्म टी २० क्रिकेट प्रतियोगिता आइतबार सुरु भएको छ। ललितपुर स्थित पुल्चोक इन्जिनियरिङ मैदानमा आइतबार […]

प्रधानमन्त्री कप भक्तपुर छनोट : जनप्रेमी र हिमालयन विजयी

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको भक्तपुर छनोट खेलमा जनप्रेमी स्पोर्टस् क्लब र हिमालयन स्पोर्ट्स म्यानेजमेन्ट विजयी भएका छन्। मुलपानी […]

प्रधानमन्त्री कप भक्तपुर छनोट : पासा र बिसीसी विजयी

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको भक्तपुर छनोट खेलमा पासा क्रिकेट एकेडेमी र बिसीसी विजयी भएका छन् । मुलपानी मैदानमा […]