सन्दीपविनै प्रारम्भिक टोली

नेपाल क्रिकेट सङ्घ (क्यान्) ले घरेलु मैदान कीर्तिपुरमा हुने आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि २८ सदस्यीय प्रारम्भिक खेलाडी टोलीको घोषणा गरेको छ ।

नेपाल, स्टकल्यान्ड र नामिविया सम्मिलित सिरिज फेब्रुअरी १४ देखि २१ तारिखसम्म हुनेछ । सिरिजको खेल तालिका यसअघिनै सार्वजनिक भएको छ । क्यानले निलम्बनमा रहनुभएका पूर्व कप्तान सन्दीप लामिछानेविनै प्रारम्भिक टोलीको घोषणा गरेको हो ।

नेपालले सिरिजको पहिलो खेल नामिबियासँग १४ तारिख, दोस्रो खेल स्टकल्यान्डसँग १७ तारिख, नामिबियासँग पुन १८ तारिख र स्टकल्यान्डसँग २१ तारिख खेल्नेछ । क्यानले सिरिज अघि नै प्रशिक्षक नियुक्ति गर्ने पनि जनाएको छ । जसका लागि क्यानले राष्ट्रिय खेलकुद परिषद् (राखेप) सँग स्वीकृतिको प्रक्रिया अगाडि बढाएको जनाएको छ ।

सिरिजमा हालसम्म २४ खेल खेलेको नेपाल १८ अङ्कसहित छैटौँ स्थानमा छ । ३२ खेलमा ४६ अङ्क बनाएको स्कटल्यान्ड शीर्षस्थानमा छ भने ३० खेलबाट ३७ अङ्क बनाएको नामिवबिया तेस्रो स्थानमा छ । लिगमा सहभागी सात टोलीले एक आपसमा कुल ३६ खेलपछि सिरिजको शीर्ष तीनमा रहने टोली सन् २०२३ मा आयोजना हुने एकदिवसीय विश्वकपमा छनोट हुनेछ ।

नेपाली प्रारम्भिक टोली 

कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, रोहित पौडेल, आरिफ शेख, दीपेन्द्र सिहं ऐरी, सोमपाल कामी, करण केसी, गुलशन झा, शरद भेषवाकर, ललितनारायण राजवंशी, विनोद भण्डारी, सागर ढकाल, सन्दीप जोरा, किशोर महतो, कमलसिंह ऐरी, सिद्धान्त लोहनी, अर्जुन साउद, सूर्य तामाङ, अविनाश बोहरा, विवेक यादव, भीम सार्की, मौसम ढकाल, कुशल मल्ल, अनिल शाह, विक्रम सोव, भुवन कार्की र अङ्कित सुवेदी ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy