ग्लोबल टि-२० : १ विकेट लिए पनि सन्दिप महँगो सावित

क्यानडामा जारि ग्लोबल टि-२० लिग क्यानडाको दोश्रो संस्करणमा पहिलो पटक अन्तिम-११ मा मौका पाएका सन्दिपले १ विकेट लिदै मध्यम प्रदर्शन गरेका छन्। ब्राम्पटन वुल्भ्ससंग पहिलो ओभरमै महँगो सावित भएका सन्दिपले त्यसपछिको ओभरमा भने राम्रो बलिंग गरे। खेलमा टोरोन्टोले टस जितेर बलिंग गर्ने निर्णय गरेको थियो।

सन्दिपको पहिलो ओभर – २४ रन ( ४ ० ४ ४ ६ ६ )

इनिंगको पाँचौ ओभरमा पहिलो ओभर बलिंग गर्न आएका सन्दिपको पहिलो बलमा मुनसेले रिभर्स स्विपमा चौका प्रहार गर्दै स्वागत गरेका थिए। त्यसपछि दोश्रो ओभर डट बल गरेता पनि त्यसपछि लगातार ४ बलमा मुनसेले बाउन्ड्री प्रहार गरे। तेश्रो र चौथो बलमा रिभर्स स्विपमा चौका प्रहार गरेका मुनसेले पाँचौ बलमा स्विप गर्दै छक्का हिर्काए। ओभरको अन्तिम बलमा सन्दिपको टाउको माथिबाट स्कटल्याण्डका ब्याट्सम्यान मुनसेले छक्का प्रहार गरे। एकै ओभरमा सन्दिपले २४ रन खर्चिन पुगे।

सन्दिपको दोश्रो ओभर – ३ रन दिएर १ विकेट ( ० १ ० विकेट १ १ )

पहिलो ओभरमा महँगो सावित भए पनि सन्दिपलाई आठौ ओभरमा पुनः कप्तान युभराज सिंहले बलिंगमा फिर्ता ल्याए। दोश्रो ओभरमा भने सन्दिपले उत्कृस्ट पुनरागमन गरे र १ विकेट लिनुको साथै मात्र ३ रन खर्चिए। ओभरको चौथो बलमा ब्राम्पटन कप्तान कोलिन मुनरोलाई उनले क्याच आउट गराए। मुनरोले २८ रन बनाईसकेका थिए।

सन्दिपको तेश्रो ओभर – ७ रन ( ० १ २ ० ४ ० )

तेश्रो ओभरमा पनि रनमा अंकुस लगाएका सन्दिपको पाँचौ बलमा नितिश कुमारले रिभर्स स्विप गर्दै चौका प्रहार गरे। ओभरमा सन्दिपले ३ बल डट गरे। अन्तिम बलमा एलबिडब्लु अपिल गरे पनि बल लेग स्टम्प बाहिर गएको कारण अम्पायरले आउट दिएनन्।

सन्दिपको चौथो ओभर – ११ रन ( १ लेबा. , ० वाइड ० ४ १ ४ )

१४ औं ओभरमा अन्तिम ओभर बलिंग गरेका सन्दिपलाई ओभरको चौथो बलमा नितिश कुमारले र अन्तिम बलमा शहिद अफ्रीदीले चौका प्रहार गरे। ओभरमा उनले २ बल डट गरे।

४ ओभर बलिंग गर्ने क्रममा सन्दिपले ४४ रन दिएर १ विकेट लिए।

महँगो स्पेल 

ब्राम्पटन बिरुद्ध सन्दिपले दिएको ४४ रन अन्तर्राष्ट्रिय टि-२० लिगमा सन्दिपको चौथो महँगो स्पेल हो।सन्दिपले आईपीएलमा यो सिजन बैंगलोर बिरुद्ध खेलमा १ विकेट लिन ४६ रन खर्चिएका थिए जुन सबैभन्दा महँगो स्पेल हो। त्यस्तै पाकिस्तान सुपर लिगमा पनि उनले इस्लामावाद युनाइटेड संग १ विकेट लिन ४६ रननै खर्चेका थिए। पाकिस्तान सुपर लिगकै अर्को खेलमा मुल्तान सुल्तान बिरुद्ध ३ विकेट लिंदा सन्दिपले ४६ रननै खर्चेका थिए।

सन्दिपको खेल हेर्न केहि नेपाली दर्शकहरु नेपाली राष्ट्रिय टिमको जर्सीमा मैदान पुगेका थिए। उनीहरुसंग अन्तर्वार्ता समेत लिईएको थियो र सन्दिपको बारेमा सोधिएको थियो। एक दर्शकले सन्दिप नेपालको लागि निकै ठुलो खेलाडी रहेको बताएका थिए। पहिलो ओभरमा धेरै रन खाए पनि सन्दिपले कम ब्याक गर्ने विश्वास उनले व्यक्त गरेका थिए जस अनुरुप सन्दिपले दोश्रो ओभरमा आएर विकेट लिए।

लिग अंकतालिकामा पाँचौ स्थानमा रहेको टोरोन्टोले ३ खेल खेल्दा १ जित र २ हार बेहोरेको छ त्यसैले आजको खेल जित्नु टिमको लागि महत्वपूर्ण रहेको छ। ब्राम्पटन भने ३ वटै खेलमा जितको साथ अंकतालिकामा शिर्षस्थानमा रहेको छ।

सन्दिपसंगै अर्का नेपाली क्रिकेटर सोमपाल कामि विन्नीपेग हक्सको लागि खेलीरहेपनि अन्तिम-११ मा हालसम्म मौका पाउन सकेका छैनन्।





थप समाचार

अख्तियारको अनुसन्धान पूरा नभएसम्म एनपीएलको कुनै काम नगर्न क्यानलाई निर्देशन

नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करण आयोजनाको सम्बन्धमा छानबिन गर्न राष्ट्रिय खेलकुद परिषदबाट गठन भएको कार्यदलले नेपाल क्रिकेट संघ (क्यान) […]

एलपी आरसीबीलाई एसिसिए सिड क्रिकेट लिगको उपाधि

नेपालमा एसिसिए अध्ययनरत विद्यार्थी तथा पेशागत समुदायबीच आपसी सम्बन्ध, सहकार्य र खेल भावना प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित एसिसिए सिड क्रिकेट […]

नेपाल स्ट्रिट प्रिमियर लिग हुदै , अभिनेता निखिल उप्रेती ब्राण्ड एम्बेसेडर

डीजीआर स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लि को आयोजनामा नेपालको सबैभन्दा ठूलो टेनिस बलको टि-१० क्रिकेट प्रतियोगिता नेपाल स्ट्रिट प्रिमियर लिग […]

काठमाडौँ क्रिकेट एकेडेमीद्वारा यु-१६ राष्ट्रिय क्रिकेटर अभय यादव सम्मानित, पूर्ण छात्रवृत्तिको घोषणा

काठमाडौँ — मलेसियामा सम्पन्न एसीसी यु-१६ इस्ट जोन कप विजेता नेपाली यु-१६ टिमका सदस्य अभय यादवलाई काठमाडौँ क्रिकेट एकेडेमीले सोमबार […]

इन्दु युनिभर्सल कलेजको ब्रान्ड एम्बासड

काठमाडौं। मैतिदेवीमा रहेको युनिभर्सल कलेजले नेपाली राष्ट्रिय महिला क्रिकेट कप्तान इन्दु बर्मालाई ब्रान्ड एम्बासडमा नियुक्त गरेको छ। यसैगरी उनी कक्षा […]

असर २९ देखि सिटि सिप इन्डोर क्रिकेट च्याम्पियनसिप 

यही असार २९ देखि ३२ गतेसम्म सिटि सिप इन्डोर क्रिकेट च्याम्पियनसिपको पहिलो संस्करण आयोजना हुने भएको छ। नेक्सोभा स्पोर्ट्स प्रालिको […]