सन्दिपको विश्वकीर्तिमान सहित पीएनजी बिरुद्ध जितमा रेकर्ड वर्षा

Sandeep Lamichhane

पपुवा न्यु गिनीलाई दोश्रो खेलमा १५१ रनले पराजित गर्दै नेपालले दुई खेलको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज २-० ले जितेको छ। खेलमा नेपालले दिएको २३४ रनको लक्ष्य पछ्याउने क्रममा पपुवा न्यु गिनीले ८२ रन मात्र बनाउन सक्यो। खेलको क्रममा नेपाली टिम सहित सन्दिप लामिछाने र रोहित पौडेलले बिभिन्न रेकर्ड बनाएका छन् जसको यो लेखमा चर्चा गरेका छौँ –

१. १५१ रन अन्तरको जित नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट इतिहासकै सबैभन्दा ठूलो रन अन्तरको जित हो। यस अघि नेपालको ठूलो रन अन्तरको जित युएई बिरुद्ध १४५ रनको थियो जुन २०१९ जनवरीमा नेपालले युएईमा उसैको देशमा दर्ता गरेको थियो।

२. सन्दिप लामिछानेले खेलमा ५.१ ओभर बलिंग गर्दा ११ रन खर्चेर ६ विकेट लिए। यो स्पेल नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय इतिहासकै सबैभन्दा उत्कृस्ट स्पेल हो। यो रेकर्ड यस अघि सन्दिपकै नाममा थियो जसले अमेरिका बिरुद्ध गत वर्ष विश्वकप लिग -२ अन्तर्गतको घरेलु सिरिजमा ६ विकेट लिंदा ६ ओभरमा १६ रन खर्चेका थिए। सन्दिप बाहेक अन्य नेपाली बलरले एकै अन्तर्राष्ट्रिय खेलमा ६ विकेट लिन सकेका छैनन्।

३. लगातार ३ वटा एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा ४ वा सो भन्दा बढी विकेट लिंदै सन्दिपले संयुक्त रुपमा विश्वकीर्तिमान बनाएका छन्। सन्दिपले पपुवा न्यु गिनीसंग आज ६ विकेट लिए भने अघिल्लो खेलमा ४ विकेट लिएका थिए। यस अघि सन्दिपले अमेरिका बिरुद्ध खेलेको पछिल्लो एकदिवसीय अन्तर्राष्ट्रियमा ६ विकेट लिएका थिए। यो कीर्तिमान सन्दिपसंगै विश्वका १० जना क्रिकेटरको नाममा संयुक्तरुपमा रहेको छ। सन्दिप संगै भारतका नरेन्द्र हिरवानी, पाकिस्तानका वकार युनिस, अस्ट्रेलियाका शेन वार्न, वेस्टइन्डिजका भासबर्ट ड्रेक्स, क्यानडाका खुर्रम खान, बंगलादेशका अब्दुर रज्जाक, न्युजिल्यान्डका म्याट हेनरी, भारतका मोहम्मद शामी र पाकिस्तानका शाहिन शाह अफ्रिदीको नाममा संयुक्त रुपमा यो विश्वरेकर्ड रहेको छ। वाकर युनिसले ३ पटक लगातार खेलमा ४ विकेट लिएका थिए।

४. सन्दिपको स्पेल ( ५.१-०-११-६ ) एसोसिएट राष्ट्रको क्रिकेटरहरुको इतिहासकै दोश्रो उत्कृस्ट स्पेल हो। अफगानिस्तान टेस्ट राष्ट्र घोषित भएको केहि दिन अघि २०१७ जुनमा राशिद खानले वेस्टइन्डिज बिरुद्ध ७ विकेट लिएका थिए जुन एसोसिएट रास्ट्रको क्रिकेटरको उत्कृस्ट स्पेल हो। यस्तै समग्रमा विश्व क्रिकेटमै सन्दिपको स्पेल अहिलेसम्मकै १४ औं उत्कृस्ट बलिंग स्पेल हो।

५. सन्दिप आजको खेलसंगै लगातार तिन वटा एकदिवसीय अन्तर्राष्ट्रियमा प्लेयर अफ द म्याच चुनिएका छन्। पपुवा न्यु गिनीसंग २ खेल तथा त्यस अघि गत वर्ष अमेरिकासंगको खेलमा पनि सन्दिप प्लेयर अफ द म्याच चुनिएका थिए। एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा लगातार ३ खेलमा प्लेयर अफ द म्याच हुने सन्दिप पहिलो नेपाली खेलाडी हुन्। सन्दिपले आगामी खेलमा प्लेयर अफ द म्याच अवार्ड प्राप्त गरे भारतका सौरभ गांगुलीको विश्वकीर्तिमान बराबरी गर्नेछन्।

Rohit Paudel

६. रोहित पौडेल खेलमा बनाएको ८६ रन चौथों नम्बरमा ब्याटिंग गर्दै नेपाली ब्याट्सम्यानको उच्च व्यक्तिगत स्कोर हो भने समग्रमा एकदिवसीय अन्तर्राष्ट्रियको दोश्रो ठूलो व्यक्तिगत स्कोर हो। यस क्रममा उनले यस क्रममा पारस खड्काको रेकर्ड तोडेका हुन्। पारसले २०१८ मा नेदरल्याण्ड बिरुद्ध चौथों नम्बरमा ब्याटिंग गर्दै ५१ रन बनाएका थिए।पूर्व कप्तान पारस खड्का नेपालको उच्च व्यक्तिगत रन बनाउने ब्याट्सम्यान हुन् जसले २०१९ मा युएई बिरुद्ध ११५ रन बनाएका थिए।

७. खेलमा रोहित पौडेल र कप्तान ज्ञानेन्द्र मल्ल बीच तेश्रो विकेटको लागि ८९ रनको साझेदारी भएको थियो जुन नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा कुनै पनि विकेटको लागि सर्वाधिक रनको साझेदारी हो। यस अघि कुशल मल्ल र बिनोद भण्डारी बीच गत वर्ष अमेरिका बिरुद्ध छैठौं विकेटको लागि भएको ८४ रनको साझेदारी सर्वाधिक साझेदारी थियो जुन रेकर्ड रोहित र ज्ञानेन्द्रले तोडेका हुन्। यस्तै खेलमा  सातौँ विकेटको लागि रोहित र करन केसी बीच भएको ६६ रनको साझेदारी सातौँ विकेटको लागि नेपालको सर्वाधिक साझेदारी हो भने समाग्रमा कुनै पनि विकेटको लागि चौथों ठूलो साझेदारी हो।

८. पपुवा न्यु गिनीसंग ८६ रन बनाउने क्रममा रोहितले कुल १२३ बल खेलेका थिए। कुनै पनि नेपाली ब्याट्सम्यानले एकदिवसीय अन्तर्राष्ट्रियको एकै इनिंग्समा खेलेको यो सर्वाधिक बल हो। यस अघि पारस खड्काले युएई बिरुद्ध २०१९ मा शतक बनाउने क्रममा १०९ बल खेलेका थिए। तेश्रो धेरै शरद भेसावकरले ओमान बिरुद्ध गत वर्ष ५५ रन बनाउने क्रममा १०८ बल खेलेका थिए।

९. पपुवा न्यु गिनीलाई दोश्रो खेलमा पराजित गरेसंगै नेपालले लगातार तिन वटा एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा जित दर्ता गरेको छ। यस अघि नेपालले अमेरिकालाई घरेलु सिरिजमा पराजित गरेको थियो। नेपालले एकदिवसीय अन्तर्राष्ट्रियम लगातार ३ जित दर्ता गरेको यो पहिलो अवसर हो।





थप समाचार

नेपालको सुपर थ्रीको सम्भावना कायमै

काठमाडौं। आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटमा बहराइनलाई पराजित गरेको नेपालको सुपर थ्रीको सम्भावना कायमै रहेको छ। थाइल्यान्डको बैङ्ककस्थित टेर्डथाई […]

सन्दीप क्यानको केन्द्रीय सम्झौतामा नरहने

काठमाडौं। लेग स्पिनर सन्दीप लामिछाने नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय सम्झौतामा नरहने भएका छन्। बुधबार सामाजिक सञ्जालमा उनले उक्त […]

बेलायत जाने नेपाली टोलीको बिदाइ

काठमाडौं। आइसिसी विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि स्कटल्यान्ड जाने नेपाली क्रिकेट टोलीको बिदाइ भएको छ। नेपाल क्रिकेट […]

नेपाल हङकङसँग पराजित

काठमाडौं। नेपाल आइसिसी महिला टी–२० विश्वकप एसिया छनोटमा हङकङसँग पराजित भएको छ। मंगलबार सम्पन्न खेलमा नेपाल सात विकेटले पराजित भएको […]

शनिबारदेखि पुनः सुरु हुँदै आईपीएल

काठमाडौं । भारत र पाकिस्तानबीचको बढ्दो तनावका कारण एक साताका लागि स्थगित गरिएको इन्डियन प्रिमियर लिग (आईपीएल) शनिबारदेखि पुनः सुरु […]

नेपालले हङकङविरुद्ध खेल्दै

काठमाडौँ। थाइल्याण्डमा जारी आइसीसी महिला टी-२० विश्वकपको एशिया छनौट अन्तर्गत नेपालले आज (मंगलबार) हङकङ चाइनाविरुद्ध खेल्दैछ। नेपाली समय अनुसार यी […]