TheHundred : सन्दिप भोलि इंग्ल्यान्ड जाने, यस्तो छ खेल तालिका

इंग्ल्यान्ड क्रिकेट बोर्डले आयोजना गर्ने ‘द हन्ड्रेड’ लिगको पहिलो संस्करणमा सहभागी हुन नेपाली लेग स्पिनर सन्दिप लामिछाने बिहिबार इंग्ल्यान्ड प्रस्थान गर्ने भएका छन्।

पहिलो पटक इंग्ल्यान्डको लिग खेल्ने मौका पाएका सन्दिप बिहिबार राति टर्किस एअरलाइन्सको फ्लाइटबाट इंग्ल्यान्ड प्रस्थान गर्ने जानकारी विकेटनेपाललाई प्राप्त भएको छ।

‘द हन्ड्रेड’ लिग जुलाई २२ तारिखबाट सुरु हुँदैछ। इंग्ल्यान्ड पुगे पछि सन्दिप सरकारी प्रोटोकल अनुसार १० दिन क्वारेन्टाइन बस्नुपर्ने हुनसक्छ। तथापी कति दिन क्वारेन्टाइन बस्ने बारे भने अझै जानकारी नआएको सन्दिपका नेपाल व्यवस्थापक रमन शिवाकोटीले जानकारी गराएका छन्। बुधबार बिहान सम्म क्वारेन्टाइन कति दिन बस्ने जानकारी आउने उनले बताए।

नेपालमा पासपोर्ट नआएपछि भारत पुगेर उनको पासपोर्ट ल्याइएको हो। पासपोर्ट हात नपरेका कारण सन्दिप इंग्ल्यान्ड जानेमा थोरै संशय रहेको थियो त्यसैले सन्दिपले द हन्ड्रेडसंग मिति जुधेता पनि श्रीलंकाको लंका प्रिमियर लिगको ड्राफ्टमा समेत नाम दर्ता गराएका थिए। यस अघि टि-२० ब्लास्ट खेल्नु अघि पासपोर्ट नपाउदा उनले उक्त प्रतियोगितानै गुमाउनु परेको थियो।

कहिले छ सन्दिपको खेल 

‘द हन्ड्रेड’ लिग जुलाई २२ देखि अगस्ट २१ तारिखमा आयोजना हुनेछ। ‘द हन्ड्रेड’ लिगको टिम ओभल इन्भिनसिबलसंग ६० हजार पाउण्ड स्टरलिंग अर्थात् करिब १ करोड नेपाली रुपैयाँमा आवद्ध भएका हुन्।

ओभल इन्भिनसिबलले लिगको उद्घाटन खेल म्यानचेस्टर ओरिजिनलसंग जुलाई २२ तारिखमा खेल्ने तालिका रहेको छ। सन्दिप पहिलो खेलबाटै खेल्न उपलब्ध हुनेछन्।

ओभल इन्भिनसिबल टिममा स्याम करन, स्याम बिलिंग्स, रोरी बर्न्स, टम करन, कोलिन इन्ग्राम, सकिब महमुद, जेसन रोय, रिस टपले तथा सुनिल नारायण जस्ता खेलाडीहरु रहेका छन्।

ओभल इन्भिन्सीबलको खेलतालिका :जुलाई २२ Vs म्यानचेस्टर ओरिजिनल , जुलाई २५ Vs लण्डन स्पिरिट , जुलाई ३१ Vs नर्दर्न सुपरचार्जर्स, अगस्ट २ Vs वेल्स फायर, अगस्ट ४ Vs बर्मिङगम , अगस्ट ८ Vs ट्रेन्ट रकेट्स, अगस्ट १४ Vs लण्डन स्पिरिट, अगस्ट १६ Vs साउदर्न ब्रेभ

गत वर्ष कोरोना महामारीका कारण स्थगित भएको ‘द हन्ड्रेड लिग’ यो वर्ष भने प्रतिकुलताका बाबजुत सुरु गरिन लागेको हो। नयाँ फर्म्याटमा आयोजना हुने लिग इंग्ल्यान्ड क्रिकेट बोर्डको महत्वकांक्षी प्रतियोगिता हो। यो फर्म्याटमा एउटा इनिंग्स मात्र १०० बलको हुनेछ भने एउटा बलरले खेलमा २० बल बलिंग गर्न पाउनेछ। बलरले ५ बल अथवा कप्तानले चाहे अनुसार लगातार १० बल सम्म पनि गर्न पाउने नियम रहेको छ।

२० वर्षीय लेग स्पिनरले अन्तिम पटक यो वर्ष जनवरीमा अस्ट्रेलियाको बिग ब्यास लिगमा होबर्ट हरिकेन्सबाट खेलेका थिए। त्यसपछि उनले विदेशी लिग खेलेका छैनन्।

‘द हन्ड्रेड’ लिगमा सहभागिता पछि नेपाली स्पिनर करेबियन प्रिमियर लिगमा सहभागी हुनेछन्। लिग अगस्ट २८ तारिखबाट सुरु हुने तालिका रहेको छ। यो सिजन उनि डिफेन्डिङ च्याम्पियन ट्रिनबागो नाइट राइडर्समा अनुवन्धित भएका हुन्।





थप समाचार

स्कटल्याण्डसँग खेल्दै नेपाल

कठमाडौँ । मलेसियामा जारी आइसीसी महिला यु–१९ टी–२० क्रिकेट विश्वकपमा सोमबार नेपालले स्कटल्याण्डको सामना गर्दै छ। नेपाली समयअनुसार यो खेल […]

प्रधानमन्त्री कप : कोशी र आर्मीको विजयी सुरुआत

काठमाडौं । कोशी र विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेका छन्। आइतबार […]

पाँचौ संस्करणको अर्घाखाँची प्रिमियर लिग क्रिकेटको उपाधी किमडाँडालाई

अर्घाखाँची । अर्घाखाँची क्रिकेट संघले आयोजना गरेको अर्घाखाँची प्रिमियर लिग टि–२० क्रिकेटको उपाधी सौजन्य समाज किमडाँडाले जितेको छ । पाँचौं […]

कर्णालीमाथि लुम्बिनीको सहज जित

काठमाडौँ । लुम्बिनी प्रदेशले प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशलाई पराजित गरेको छ। धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा […]

सुदूरपश्चिमलाई हराउँदै समूह विजेताको रुपमा एपिएफ सुपर फोरमा

काठमाडौँ । विभागीय टोली एपिएफ क्लब प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा अपराजित रहँदै सुपर फोरमा पुगेको छ। धनगढीस्थित […]

नेपाल पाँच विकेटले पराजित

काठमाडौँ । आइसिसी महिला यु–१९ टी–२० विश्वकपको आफ्नो पहिलो खेलमा नेपालले बंगलादेशसँग पाँच विकेटले पराजित भएको छ। नेपालले दिएको ५३ […]