ढाका बिरुद्ध सन्दिपले लिए १ विकेट, सिल्हेटको चौथो हार

  • विकेटनेपाल, माघ-४ , शुक्रबार 

बंगलादेश प्रिमियर लिग अन्तर्गत छैठौं खेलमा सन्दिप लामिछानेको टिम सिल्हेट सिक्सर्सले शाकिब अल हसन कप्तानीको टिम ढाका डाईनामाइट्ससंग ६ विकेटको हार बेहोरेको छ।

प्रतियोगितामा सिल्हेटले ६ खेलमा २ जित र ४ हार बेहोरेको छ र अंकतालिकामा छैठौं स्थानमा रहेको छ। ढाका भने अंकतालिकाको शिर्ष स्थानमा कायम रहंदा ६ खेलमा ५ जित र १ हार बेहोरेको छ।

खेलमा टस जितेर सिल्हेटले पहिले ब्याटिंग गर्दै २० ओभरमा ८ विकेट गुमाएर १५८ रनको योगफल तयार गरेको थियो। कप्तान डेभिड वार्नरले सर्वाधिक ६३ रन बनाउन ४३ बलमा ८ चौका र १ छक्का प्रहार गरे भने लिटन दासले २७ र जाकिर अलिले २५ रन बनाए। ढाका बलर एन्ड्रु बिर्चले ३ विकेट लिए।

१५९ रनको लक्ष्य ढाकाले मात्र ४ विकेट गुमाएर १७ ओभरमै पुरा गर्यो। कप्तान शाकिब अल हसनले अविजित ६१ रन बनाउदै टिमको जितमा महत्वपूर्ण योगदान दिए। हसनले ४१ बलमा २ छक्का र ८ चौका प्रहार गरे। यस्तै आन्द्रे रसेलले अविजित ४० रन बनाउदा २१ बलमा २ चौका र ४ छक्का हिर्काए। सिल्हेट बलर मोहम्मद इरफानले २ तथा सन्दिप लामिछाने र तस्किन एहमदले १/१ विकेट लिए।

सन्दिपको प्रदर्शन  

सन्दिपको पहिलो ओभर – १ विकेट ३ रन ( १ रन , ० , विकेट , १ रन , ० , १ रन )

पावरप्लेमा बलिङ्ग गर्न आएका सन्दिपले सानदार सुरुवात गर्ने क्रममा १ विकेट दिलाए भने मात्र ३ रन मात्रै खर्चिए। पाँचौ ओभरको तेस्रो बलमा सन्दिपको गुगली रोनी तालुकदारले बुझ्न सकेनन् र आक्रामक सट खेल्ने क्रममा बोल्ड हुन पुगे।

सन्दिपको दोश्रो ओभर – ८ रन ( ० , १ रन , १ रन , चौका , १ रन , १ रन )

आठौँ ओभरमा दोश्रो ओभर बलिङ्ग गर्न आएका सन्दिपको चौथो बलमा शाकिब अल हसनले चौका प्रहार गरे। अन्य ४ बलमा शाकिब र दरविश रसोलीले २/२ वटा १-१ रन लिंदा ओभरमा सन्दिपले ८ रन खर्चिए।

सन्दिपको तेश्रो ओभर – १२ रन ( चौका , चौका , ० , चौका , ० , ० )

१२ औं ओभरमा सन्दिपलाइ शाकिब अल हसनले ३ वटा चौका प्रहार गरे। ओभरको पहिलो बलमा सन्दिपले माथि र अफस्टम्प भन्दा बाहिर दिएको बललाई स्वीपर कभरमा चौका प्रहार गरे। लगत्तै दोश्रो बलमा पोइन्ट क्षेत्रमा चौका प्रहार गरे। तेश्रो बल डट गरेका सन्दिपको चौथो बलमा पुनः शाकिबले बलरको माथिबाट चौका प्रहार गरे। ३ चौका बाहेक अन्य ३ बलमा सन्दिपले डट बल गरे।

Sandeep lamichhane

सन्दिपको चौथो ओभर – ४ रन ( १ रन, ० , १ रन , २ रन , ० , ० ) 

१४ औं ओभरमा स्पेलको अन्तिम ओभर बलिङ्ग गर्न आएका सन्दिपले कसिलो बलिङ्ग गर्दै ३ रन मात्रै खर्चिए। ३ बल डट गरेका सन्दिपलाई यो पटक शाकिबले आक्रामक सट खेल्न सकेनन्।

४ ओभर बलिङ्ग गर्दा १ विकेट लिएका सन्दिपले २७ रन खर्चिए। स्पेलमा सन्दिपले कुल ९ वटा डट बल गरे भने ४ चौका दिए।

बंगलादेश प्रिमियर लिगमा सन्दिपको हालसम्म प्रदर्शन 

बंगलादेश प्रिमियर लिगमा कुल ५ खेल खेल्ने क्रममा सन्दिपले ४ विकेट लिएका छन्। पहिलो खेलमा कोमिल्ला भिक्टोरिएन्ससंग २ विकेट लिएका उनले दोश्रो र तेश्रो खेलमा विकेट लिन सकेका थिएनन्। चौथो खेलमा अन्तिम-११ मा स्थान बनाउन नसकेका सन्दिपले पाँचौ खेलमा रंगपुर् राईडर्ससंग राम्रो बलिङ्ग गर्दै १८ रन दिएर १ विकेट लिएका थिए।

पहिलो खेल Vs कोमिल्ला भिक्टोरियन्स – २ विकेट ( ४-०-१६-२ )
दोश्रो खेल Vs चिट्टागोङ्ग भाईकिङ्ग्स – ० विकेट ( ४-०-२१-० )
तेश्रो खेल Vs ढाका डाईनामाइट्स – ० विकेट ( ४-०-३३-० )
चौथो खेल Vs रंगपुर राईडर्स – १ विकेट ( ४-०-१८-० )
पाँचौ खेल Vs ढाका डाईनामाइट्स – १ विकेट ( ४-०-२७-१ )





थप समाचार

सन्दीपविरुद्धको मुद्दाको सुनुवाइ पुनः स्थगित

नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेविरुद्ध जिल्ला अदालत काठमाडौँमा चलिरहेको बलात्कार मुद्दा आज पनि स्थगित भएको छ । आज […]

एसियन गेम्स खेल्न आज चीन जाने नेपाली क्रिकेट टोलीको क्यानद्वारा विदाई

एसियन गेम्सका लागि चीन जान लागेको नेपाली क्रिकेट टोलीलाई बिदाइ गरिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)का पदाधिकारीहरूले एक कार्यक्रमका […]

श्रीलंकाले लज्जास्पद प्रदर्शन गर्दा भारतलाई आठौँ पटक एसिया कप उपाधि

एकतर्फी खेलमा आयोजक श्रीलंकालाई १० विकेटले पराजित गर्दै एसिया कप २०२३ को उपाधि भारतले जितेको छ। भारतले आठौँ पटक एसिया […]

ग्लोबल कप खेल्न नेपाली भेट्रान्स टिम पाकिस्तान प्रस्थान

पाकिस्तानमा यही सेप्टेम्बर १९ देखि अक्टोबर २ तारिखसम्म आयोजना हुने ४० वर्ष माथिको क्रिकेट ग्लोबल कप ( Over 40s Cricket […]

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण प्रक्रिया अघि बढाइने

धुर्मुस–सुन्तली फाउन्डेसनले विभिन्न कारण देखाएर निर्माणबाट हात झिकेपछि अलपत्र बनेको भरतपुरस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको काम अघि बढ्ने […]

एसीसी यू-१९ प्रिमियर कपका लागि प्रारम्भिक टोली घोषणा

एसीसी यू-१९ प्रिमियर कपका लागि प्रारम्भिक टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार २४ सदस्यीय प्रारम्भिक […]