CPL : सन्दिपको लय कायमै, १ विकेट लिंदा गरे लिगमै पहिलो मेडन ओभर

नेपाली लेग स्पिनर सन्दिप लामिछानेले करेबियन प्रिमियर लिगमा आफ्नो उत्कृस्ट लयलाई कायमै राखेका छन्। लिग अन्तर्गत लिग चरणको अन्तिम खेलमा सेन्ट लुसिया जुक्स बिरुद्ध सन्दिपले १ विकेट लिंदै ४ ओभरमा मात्र २० रन खर्चिए। यस क्रममा उनले लिगमै पहिलो पटक मेडन ओभर पनि गरे। उनले खेलमा आक्रामक ब्याटिंग गरिरहेका रखिम कर्नवालको महत्वपूर्ण विकेट पनि लिए। उनले अन्य बलर भन्दा किफायती बलिंग पनि गरे र मात्र ५ रन प्रतिओभर खर्चिए। १ विकेट लिंदै उनले लिगमा विकेट संख्या १२ पुर्याए।

कस्तो रह्यो सन्दिपको बलिंग  

सन्दिपको पहिलो ओभर : ७ रन खर्चेर १ विकेट ( ० , ४ बाई , ० , १ , ६, विकेट )

इनिंगको आठौँ ओभरमा पहिलो ओभर बलिंग गर्न आएका सन्दिपले गुग्ली गरेको दोश्रो बलमा विकेटकिपरले रोक्न नसक्दा बाइको रुपमा सेन्ट लुसियाले ४ रन पायो। त्यसपछि ओभरको पाँचौ बलमा रखिम कर्नवालले सन्दिपले गरेको लेग स्पिनलाई लंगअफ माथि छक्का हिर्काए। २ चौका र ३ छक्का प्रहार गर्दै ३२ रन बनाएका कर्नवाललाईलाई सन्दिपले त्यसै छाडेनन्। ओभरको अन्तिम बलमा उनले गुग्ली गर्दै कर्नवालको स्टम्प उडाए। बल रोक्न खोजेपनि कर्नवालकै अगाडीबाट बलले स्टम्प चुम्न पुगेको थियो। महत्वपूर्ण विकेट लिएका सन्दिपले ७ रन दिएर १ विकेट लिए।

सन्दिपको दोश्रो ओभर : १ रन ( १ , ० , ० , ० , ० , ० )

११ औं ओभरमा दोश्रो ओभर बलिंग गर्ने क्रममा सन्दिपले शानदार बलिंग गरे र ओभरमा ५ बल डट गरे। पहिलो बलमा रोस्टन चेजले १ रन लिएपछि लगातार ५ बलमा नजीबुल्लाह जद्रानले रन बनाउन सकेनन्। यस क्रममा सन्दिपले गुगली र लेग स्पिनको गजब मिश्रण गरे।

सन्दिपको तेश्रो ओभर : मेडन ओभर ( ०, ० , ० , ० , ० )

लिगमा आफ्नो पहिलो मेडन ओभर गर्ने क्रममा सन्दिपले रोस्टन चेजलाई १३ आउँ ओभरमा कुनै पनि रन दिएनन्। ओभरको पहिलो बलमा क्याचको लागि ठूलो अपिल गरेता पनि अम्पायरले नकारे। पुनः तेश्रो बलमा गुग्लीमा एलबिडब्लु चेज फसे पनि अम्पायरले आउट दिएनन्। ओभरमा चेजले सन्दिप बल बुझ्ने सकेनन्।

सन्दिपको चौथो ओभर : १२ रन ( ० , १ , ४ , ० , ६ , १ )

१५ औं ओभरमा बलिंग गर्ने क्रममा सन्दिपलाई नजीबुल्लाह जद्रानले ओभरको तेश्रो बलमा चौका प्रहार गरे।अफगानिस्तान ब्याट्सम्यानले सन्दिपको गुग्लीलाई रिभर्स स्विप गर्दा ब्याटको भित्रि किनारा लागेर विकेटकिपरको मुनिबाट चौका गयो। त्यसपछि पाँचौ बलमा जद्रानले पुनः रिभर्स स्विप गर्दै डिप-प्वाइन्टमा छक्का प्रहार गरे। १२ रन दिनु सन्दिपको जारि सिजनमै सबैभन्दा महँगो ओभरमा। यस अघि उनले ट्रिनबागोसंगको खेलमा एकै ओभरमा ११ रन खर्चेका थिए।

धेरै विकेट लिने सूचीमा सन्दिप चौथो स्थानमा

सेन्ट लुसिया बिरुद्ध १ विकेट लिंदै सन्दिपले जारि सिपिएलमा विकेट संख्या १२ पुर्याएका छन्। लिगको धेरै विकेट लिने बलरको सूचीमा सन्दिप चौथो स्थानमा रहेका छन्। पहिलो स्थानमा जमैकाकै मुजिब उर् रहमान र इमरान ताहिर संयुक्तरुपमा रहेका छन् जसले १५ विकेट लिएका छन्। दोश्रो स्थानमा सेन्ट लुसियाका स्कट कग्लाइन रहेका छन् जसले १४ विकेट लिएका छन्। तेश्रो स्थानमा सेन्ट लुसियाका केसरिक विलियम्स रहेका छन् जसले १३ विकेट लिएका छन्। सन्दिपले १० खेल खेल्दै ९ खेलमा बलिंग गर्ने क्रममा ३६ ओभरमा १ मेडन ओभर गर्दै १८२ रन खर्चेर १२ विकेट लिएका हुन्। यस क्रममा उनले प्रत्येक १८ बलमा १ विकेट लिएका छन्। यस्तै उनले लिगमै १० ओभर भन्दा बढी बलिंग गर्न बलरहरु मध्ये पाँचौ किफायती बलिंग पनि गरेका छन्। उनले प्रतिओभर ५.०५ रन मात्र खर्चीरहेका छन्।

लिगमा सन्दिपको बलिंग प्रदर्शन :-

पहिलो खेल Vs सेन्ट लुसिया : १ विकेट ( ४-०-२३-१ )

दोश्रो खेल Vs ट्रिनिबागो : १ विकेट ( ४-०-३०-१ )

तेश्रो खेल Vs गायना : २ विकेट ( ४-०-८-२ )

चौथो खेल Vs गायना : १ विकेट ( ४-०-२१-१ )

पाँचौ खेल Vs बार्बेडोस : २ विकेट ( ४-०-१६-२ )

छैठौं खेल Vs सेन्ट किट्स : २ विकेट ( ४-०-२७-२ )

सातौँ खेल Vs ट्रिनबागो : १ विकेट ( ४-०-२०-१ )

आठौँ खेल Vs सेन्ट किट्स : बलिंग गरेनन्

नवौं खेल Vs बार्बेडोस : १ विकेट ( ४-०-२६-१ )

दशौँ खेल Vs सेन्ट लुसिया : १ विकेट ( ४-०-२०-१ )

यो पनि पढ्नुस :-

https://wicketnepal.com/cpl-m10-jam-vs-st-lucia-mr-wn20/

https://wicketnepal.com/eng-vs-aus-t20-mr-wn20/

https://wicketnepal.com/trinbago-10th-win-vs-st-kitts-wn20/

https://wicketnepal.com/ipl-kheltalika-sarbajani-wn20/

https://wicketnepal.com/pahilo-int-khelne-14-nepali-cricketer-wn20/

https://wicketnepal.com/alochana-pachi-azam-le-wn20/

https://wicketnepal.com/ipl-steyn-speed-bowl-wn20/

https://wicketnepal.com/lpl-t20-in-november-announc-wn20/

https://wicketnepal.com/suresh-raina-interview-ipl-wn20/





थप समाचार

प्रधानमन्त्री कप भक्तपुर छनोट : पासा र बिसीसी विजयी

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको भक्तपुर छनोट खेलमा पासा क्रिकेट एकेडेमी र बिसीसी विजयी भएका छन् । मुलपानी मैदानमा […]

क्रिकेटर महरालाई ५० हजारको खेलकुद साधना सम्मान

हालै मलेसियामा सम्पन्न १९ वर्षमुनिको विश्वकप महिला क्रिकेट प्रतियोगिता खेल्नु भएकी धनगढीकी स्नेहा महरा ५० हजार पुरस्कार राशिको चैतन्य खेलकुद […]

राष्ट्रिय टिमको मुख्य प्रशिक्षकको लागि आवेदन खुला

नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकको लागि आवेदन खुलेको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले रिक्त रहेको प्रशिक्षक पदका […]

त्रिवि क्रिकेट मैदानमा प्यारापिट र फ्लडलाइट जडानका लागि बोलपत्र स्वीकृत

काठमाडौँको कीर्तिपुरमा रहेको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अन्तर्राष्ट्रिय स्तरको प्यारापिट निर्माण र फ्लड लाइट जडानका लागि बोलपत्र स्वीकृत भएको छ […]

कोशी प्रिमियर लिग २०८१ को ट्रफी अनावरण

सुनसरी । कोशी टप्पु वन्यजन्तु आरक्ष र कोशी नदिको किनारमा कोशी प्रिमियर लिग २०८१ को ट्रफी अनावरण गरिएको छ । […]

एनसिएसएस रुपन्देहीको नेतृत्वमा नारायण अधिकारी , क्रिकेट प्रशिक्षक बसन्त शाही सम्मानित

माघ २९ नेपाली क्रिकेट समर्थक समाज (एनसिएसएस) रुपन्देहीले क्रीकेट प्रशिक्षक वसन्त शाही ठकुरीलाई सम्मान गरेको छ । यस्तै जिल्लाको आठौ […]