विदेशी लिगमा सन्दिपको १० व्यक्तिगत कीर्तिमान

२०१८ मा आईपीएल खेल्न छनौट भएपछि लगातार विश्वभरका व्यवसायिक टि-२० लिग खेलीरहेका सन्दिप लामिछानेले विश्वभर खेल्ने क्रममा आईपीएल, सिपिएल, बिग ब्यास, बिपीएल, पीएसएल जस्ता ठूला टि-२० लिगहरु खेलीसकेका छन्। सन्दिपले कैयौं पटक आफ्नो प्रदर्शनले विश्वभर नेपालको नाम उँचो बनाएका छन्। नेपाली स्पिनरले यस क्रममा बनाएका व्यक्तिगत रेकर्डहरुको चर्चा यो लेखमा गरेका छौँ।

१. लिगमा सर्वाधिक विकेट 

सन्दिपले गत सिजन ( २०१९/२० ) बिग ब्यास लिगमा मेलबर्न स्टार्सको प्रतिनिधित्व गर्ने क्रममा १३ खेलमा १५ विकेट लिएका थिए। एकै विदेशी लिगमा सन्दिपले लिएको त्योनै सर्वाधिक विकेट हो। यो साता सम्पन्न सिपिएल टि-२० मा लिएको १२ विकेट त्यसपछि दोश्रो सर्वाधिक विकेट हो। पाकिस्तान सुपर लिगको गत संस्करणमा लाहोर कलन्दर्सबाट खेल्ने क्रममा सन्दिपले ११ विकेट लिएका थिए।

२. उत्कृस्ट स्पेल 

पाकिस्तान सुपर लिगमा गत वर्ष ( २०१९ फेब्रुअरी ) लाहोर कलन्दर्सको प्रतिनिधित्व गर्दै सन्दिपले क्वेटा ग्ल्याडीएटर्स बिरुद्ध ४ ओभरमा मात्र १० रन खर्चेर ४ विकेट लिएका थिए। उक्त स्पेल विदेशी टि-२० लिगमा उनको उत्कृस्ट स्पेल हो। सोहि खेलमा उनले पहिलो पटक विदेशी लिगमा ४ विकेट लिएका थिए। सन्दिपले शेन वाटसन, राइली रुसो, उमर अकमल, ड्यानिश अजिज जस्ता माथिल्लो क्रमका ब्याट्सम्यानहरुको विकेट लिएका थिए। सन्दीपनै खेलको प्लेयर अफ द म्याच समेत चुनिएका थिए जुन उनको विदेशी लिगमा पहिलो पटक थियो।

Sandeep Lamichhane
बिग ब्यास २०१९/२० मा सन्दिपले १५ विकेट लिएका थिए

३. सबैभन्दा किफायती स्पेल 

यसै साता सम्पन्न सिपिएल टि-२० को गायना अमेजन वारियर्स बिरुद्धको खेलमा सन्दिपले ४ ओभर बलिंग गर्दै मात्र ८ रन खर्चेर २ विकेट लिएका थिए। अर्थात उनले प्रतिओभर २ रन खर्चेका थिए। यो स्पेल उनको विदेशी टि-२० लिग करियरकै सबैभन्दा किफायती स्पेल हो।

४. बाउन्ड्री नदिई धेरै बल बलिंग

सिपिएल टि-२० मै यो वर्ष अर्को रेकर्ड बनाउने क्रममा सन्दिपले लिगमा लगातार ७४ बल सम्म चौका/छक्का नदिई बलिंग गरेका थिए। लिग अन्तर्गत ट्रिनबागोसंगको खेलमा अन्तिम ४ बल र त्यसपछि गायना बिरुद्ध लगातार २ खेलमा सन्दिपले बाउन्ड्री नखाई बलिंग गरेका थिए। त्यसपछि बार्बेडोस बिरुद्धको खेलको चौथो ओभरमा र समग्रमा ७५ औं बलमा सन्दिपलाई मिचेल स्यान्टनरए बाउन्ड्री हिर्काएपछि शिलशिला रोकिएको थियो। सबैभन्दा धेरै बलसम्म बाउन्ड्री नखाई बलिंग गरेको सन्दिपको यो व्यक्तिगत रेकर्ड हो। यस अघि सन्दिपले ग्लोबल टि-२० लिग क्यानडा २०१८ को अन्तिम खेल देखि र सोहि वर्ष करेबियन प्रिमियर लिगको आफ्नो दोश्रो खेलसम्म ४३ बलसम्म बाउन्ड्री विहिन रहँदै बलिंग गरेका थिए।

५. लगातार धेरै खेलमा पुरै ओभर बलिंग 

सिपिएल टि-२० २०२० मा सन्दिपले बलिंग गरेको सबै १० खेलमा पुरै ओभर बलिंग गरे। सेन्ट किट्ससंगको १ खेल वर्षाले अवरुद्ध भएको खेलमा सन्दिपले बलिंग गरेनन्।

सन्दिपले विदेशी टि-२० लिगमा लगातार सर्वाधिक १२ खेलमा पुरै ओभर बलिंग गरेका छन्। २०१८ अगस्टमा सिपिएल टि-२० को अन्तिम खेलमा बार्बेडोस बिरुद्ध उनले ४ ओभर बलिंग गरे। त्यसपछि सोहि वर्ष अक्टोबरमा अफगानिस्तान प्रिमियर लिगमा १ खेल मात्र खेल्ने क्रममा ४ ओभर बलिंग गरे। सोहि बर्ष बिग ब्यासमा डिसेम्बरमा उनले लगातार ४ खेलमा ४ ओभरनै बलिंग गरे। बिग ब्यास बीचमा छोडेर उनि बंगलादेश प्रिमियर लिग खेल्न गए जहाँ उनले सबै ६ खेलमा ४ ओभर बलिंग कोटा पुरा गरे। त्यसपछि पुनः बिग ब्यास लिग खेल्न जाने क्रममा भने उनले ब्रिसबेन बिरुद्ध खेलमा २ ओभर मात्र बलिंग पाएपछि १३ औं खेलमा उक्त शिलशिला टुटेको थियो।

सिपिएल २०२० मा सन्दिपले सबैभन्दा किफायती बलिंग स्पेल ( ४-०-८-२ ) दर्ता गरेका थिए

६. लिगमा सबैभन्दा किफायती बलिंग 

सिपिएल २०२० मा सन्दिपले कीर्तिमानी ( ४-०-८-२ ) स्पेल दर्ता गर्नुको साथै प्रतियोगितामा प्रति ओभर मात्र ५.१० रन खर्चिए। यो नै सन्दिपले खेलेको विदेशी लिग मध्ये उनको सबैभन्दा किफायती बलिंग हो। ११ खेलको १० इनिंगमा बलिंग गर्ने क्रममा लेग स्पिनरले ४० ओभर बलिंग गरे २११ रन मात्र खर्चिए। यस अघि सन्दिपले २०१९ को सुरुवातमा बंगलादेश प्रिमियर लिगमा ६ खेल खेल्दा दोश्रो उत्कृस्ट ५.६६ रन प्रतिओभर खर्चेका थिए।

७. कम्तिमा १ विकेट लिएको लगातार खेल 

सिपिएल २०२० मा सन्दिपले बलिंग गरेको लगातार ९ खेलमा कम्तिमा १ विकेट लिए जुन शिलशिला सेमीफाइनलमा ट्रिनबागोसंग टुटेको थियो। यस अघि सन्दिपले यसै वर्ष सुरुवातमा बिग ब्यास लिगको ब्रिसबेन बिरुद्ध अन्तिम खेलमा १ विकेट लिएका थिए। १० खेलसम्म विकेटविहिन नहुनुपरेको शिलशिला ट्रिनबागोसंग ११ औं खेलमा टुटेको थियो।

विदेशी टि-२० मा सन्दिपले लगातार खेलमा कम्तिमा १ विकेट लिएको भने दोश्रो धेरै हो। यस अघि सन्दिपले सर्वाधिक लगातार १२ खेलमा कम्तिमा १ विकेट लिएका थिए। २०१८ को आईपीएलमा दिल्लीको लागि खेल्ने क्रममा ३ खेलमा, त्यसपछि ग्लोबल टि-२० क्यानडामा मोन्टरियलको लागि खेल्ने क्रममा सबै ५ खेलमा र सोहि वर्ष सिपिएल टि-२० खेल्ने क्रममा पहिलो ४ खेलमा सन्दिपले कम्तिमा १ विकेट लिएर व्यक्तिगत कीर्तिमान बनाएका थिए। बार्बेडोस बिरुद्ध १३ औं खेलमा सन्दिपको विकेट लिने शिलशिला टुटेको थियो।

८. सबैभन्दा महँगो स्पेल 

विदेशी टि-२० लिगमा सन्दिपको सबैभन्दा महँगो स्पेल क्यानडा ग्लोबल टि-२० लिग २०१८ मा वेस्टइन्डिज ‘बि’ बिरुद्धको स्पेल रहेको छ। मोन्टरियल टाइगर्सबाट खेल्ने क्रममा उनले ४ ओभर बलिंग गर्दा ५७ रन खर्चेका थिए। उक्त खेलमा सन्दिपको तेश्रो ओभरमा ३ चौका र २ छक्का प्रहार भएपछि २५ रन आएको थियो। स्पेलको पहिलो ओभरमा २२ रन खर्चने क्रममा सन्दिपले स्पेलको पहिलो बलमा दुर्लभ नो बल गरेका थिए जुन बलमा निकोलस पुरनले छक्का हिर्काएका थिए।

सन्दिपको दोश्रो महँगो स्पेल गत सिजन आईपीएल र पाकिस्तान सुपर लिगमा थियो थियो। उनले गत सिजन आईपीएलमा दिल्लीको लागि खेल्ने क्रममा बैंगलोर बिरुद्ध ४ ओभरमा ४६ रन खर्चेका थिए। यस्तै पाकिस्तान सुपर लिग २०१९ मा २ वटा खेलमा उनले समान ४६ रन खर्चेका थिए। लाहोरबाट खेल्ने क्रममा मुल्तान बिरुद्ध पहिलो खेलमा तथा इस्लामावाद बिरुद्ध छैठौं खेलमा समान ४६ रन खर्चेका थिए।

९. सबैभन्दा महँगो ओभर 

विदेशी टि-२० लिगमा सन्दिपले एकै ओभरमा सर्वाधिक रन पाकिस्तान सुपर लिगको गत सिजनमा दिएका थिए। २०१९ मा लाहोर कलन्दर्सबाट खेल्ने क्रममा इश्लामावाद युनाइटेड बिरुद्ध उनले एकै ओभरमा २६ रन खर्चिएका थिए। स्पेलको अन्तिम ओभर बलिंग गर्ने क्रममा नेपाली स्पिनरलाई आसिफ अलि र क्यामरन डेलपोर्टले २/२ छक्का हिर्काएका थिए। यस्तै सन्दिपले २०१८ क्यानडा ग्लोबल टि-२० लिगमा वेस्टइन्डिज ‘बि’ बिरुद्ध खेल्ने क्रममा एकै ओभरमा दोश्रो धेरै २५ रन खर्चेका थिए। स्पेलको तेश्रो ओभरमा सन्दिपलाई ब्रेण्डन किंगले ३ चौका र २ छक्का प्रहार गरेका थिए।

१०. धेरै मेडन ओभर 

सन्दिपले विदेशी टि-२० लिग अन्तर्गत एकै प्रतियोगितामा सबैभन्दा धेरै कुल २ वटा मेडन ओभर गरेका छन्। २०१८ ग्लोबल टि-२० लिग क्यानडामा उनले मोन्टरियलको प्रतिनिधित्व गर्ने क्रममा लगातार २ खेलमा १/१ ओभर मेडन ओभर गरेका थिए। त्यस बाहेक सन्दिपले कुनै पनि प्रतियोगितामा एउटा भन्दा बढी ओभर मेडन ओभर गरेका छैनन्। सिपिएलको तिन वटा सिजन २०१८ देखि २० सम्म सन्दीपले सबै सिजनमा १/१ ओभर मेडन गरेका थिए। आईपीएलको २ सिजनमा सन्दिपले मेडन ओभर गरेका छैनन्। गत सिजन बिग ब्यास लिगमा उनले १ मेडन ओभर गरेका थिए।

यो पनि पढ्नुस :-

विदेशी लिगमा सन्दिपको ९ उत्कृस्ट बलिङ्ग स्पेल

कहाँ छन् नेपालबाट १९९६ मा पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने १४ क्रिकेटर





थप समाचार

आइपीएल : कोलकता र पञ्जाब खेल्दै

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत आज कोलकाता नाइटराइडर्स र पञ्जाब किंग्सबीच खेल हुदैछ । काृलकाताको घरेलु मैदान इडन […]

हैदराबादमाथि बेंगलुरुको जित, बेंगलुरुविरुद्ध चलेन हैदराबादको ब्याटिङ

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल) को ४१ औं खेलमा सनराईजर्स हैदराबादमाथि रोयल च्यालेन्जर्स बेंगलुरुले जित निकालेको छ […]

बेंगलुरुद्वारा हैदराबादलाई २०७ रनको लक्ष्य

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल) को ४१ औं खेलमा सनराईजर्स हैदराबादले रोयल च्यालेन्जर्स बेंगलुरुबाट २ सय ७ […]

गणेशमान सिंह राष्ट्रिय टी-२० च्याम्पियनशिप : मधेश र कर्णाली विजयी

काठमाडौं । जारी वीर गणेशमान सिंह राष्ट्रिय टी-२० च्याम्पियनशिप अन्तर्गत बिहिवार सम्पन्न दुई खेलमा मधेश प्रदेश र कर्णाली प्रदेशले जित […]

आइपीएल : बेंगलुरु र हैदराबाद खेल्दै

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत आज रोयल च्यालेन्जर्स बेंगलुरु र सनराइजर्स हैदराबादबीच खेल हुदै छ । हैदराबादको घरेलु […]

वेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टोलीको घोषणा

काठमाडौं । शनिबारबाट काठमाडौंमा सुरु हुने वेस्ट इन्डिज ए विरुद्ध को पाँच खेलको टी-२० सिरिजका लागि नेपाली टोलीको घोषणा भएको […]