सन्दिपको ऐतिहासिक उपलब्धि, सयौं टि-२० खेल्ने पहिलो नेपाली

नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दिप लामिछाने १०० वटा टि-ट्वान्टी खेल्ने पहिलो नेपाली क्रिकेटर बनेका छन्। मलेसिया बिरुद्ध त्रि-देशीय टि-ट्वान्टीमा सन्दिप सयौं टि-२० खेलीरहेका छन्।

सन् २०१८ मे १२ तारिखमा इण्डियन प्रिमियर लिग टिम दिल्ली डेयरडेभिल्सबाट रोयल च्यालेन्जर्स बैंगलोर बिरुद्ध सन्दिपले टि-२० क्रिकेटमा डेब्यु गरेका थिए। त्यसपछि ३१ मे २०१८ मा टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा सन्दिपले आईसीसी विश्व-११ बाट वेस्ट इन्डिज बिरुद्ध डेब्यु गरेका थिए। नेपालको लागि टि-२० अन्तर्राष्ट्रिय डेब्यु सन्दिपले नेदरल्याण्ड बिरुद्ध २९ जुलाई २०१८ मा गरेका थिए।

सन्दिपले हालसम्म नेपालको लागि २५ खेल, बिग ब्यास लिगमा २९ खेल, क्यारेबियन प्रिमियर लिगमा २२ खेल, आईपीएलमा ९ खेल खेलेका छन् भने त्यसबाहेक पाकिस्तान सुपर लिग, बंगलादेश प्रिमियर लिग, ग्लोबल टि-२० क्यानडा लगायत प्रतियोगितामा बिभिन्न प्रतियोगितामा बिभिन्न क्लबहरुको प्रतिनिधित्व गरिसकेका छन्। यस क्रममा उनले दिल्ली क्यापिटल्स, सेन्ट किट्स एण्ड नेभिस पेट्रिएट्स, मेलबर्न स्टार्स, होबार्ट हरिकेन्स, सिलहेट सिक्सर्स, टोरोन्टो नेसनल मोन्टरियल टाइगर्स, जमैका तलावाज, लाहोर कलन्दर्स जस्ता टिमहरुबाट खेलीसकेका छन्।

सन्दिपले २०१८ आईपीएलमा टि-२० डेब्यु गरेका थिए

यस अघि ९९ खेल खेल्दा सन्दिपले १८.४४ को औशत, १६.१ को स्ट्राइक रेट र ६.८३ को इकोनोमिले बलिंग गर्दै कुल १३३ विकेट आफ्नो नाम गरेका छन्। १३३ मध्ये सन्दिपले सबैभन्दा धेरै विकेट क्याच आउट गराएका छन् भने २३ वटा बोल्ड, २० वटा एलबिडब्लु तथा ८ वटा स्टम्प आउट गराएका छन्।

नेपालको लागि २४ टि-२० अन्तर्राष्ट्रिय खेलेका सन्दिपले कुल ४२ विकेट लिंदै नेपालको सर्वाधिक विकेटकर्ता समेत हुन्।

सन्दिपले हालसम्म टि-२० मा एकै खेलमा ५ विकेट लिन सकेका छैनन्। उनको उत्कृस्ट बलिंग स्पेल ( ४-०-१०-४ ) हो जुन उनले २०१९ को पाकिस्तान सुपर लिगमा लाहोर कलन्दर्सबाट खेल्दै क्वेटा ग्ल्याडीएटर्स बिरुद्ध लिएका थिए।

सन्दिपले हालसम्म ३ पटक एकै खेलमा ४ विकेट लिएका छन् भने ११ पटक एकै खेलमा ३ विकेट लिएका छन्। हालसम्म २४ खेलमा सन्दिप विकेटविहिन रहेका छन्।

सन्दिप पछि नेपालबाट धेरै टि-ट्वान्टी खेल्ने खेलाडी पारस खड्का हुन् जसले कुल ५६ टि-ट्वान्टी खेलेका छन्। ज्ञानेन्द्र मल्लले ५३ वटा, बिनोद भण्डारीले ४६ वटा, बसन्त रेग्मीले ४० वटा, सोमपाल कामिले ३६ वटा तथा करन केसीले ३३ वटा टि-ट्वान्टी खेलेका छन्।

यो पनि पढ्नुस 

https://wicketnepal.com/sandeep-to-play-england-vitality-blast-wn21/

https://wicketnepal.com/sandeep-sarwadhik-wiketkarta-wn21/

https://wicketnepal.com/morgan-12-lakh-jariwana-wn21/

https://wicketnepal.com/nep-vs-mal-rep-m5-tri-ser/

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy