सन्दिपको उत्कृस्ट प्रदर्शन बाबजुद ब्याटिंग नचल्दा अभ्यास खेलमा नेपाल पराजित

sandeep lamichhane

अमेरिका भ्रमण अन्तर्गत रहेको नेपाली क्रिकेट टिमले अमेरिका ‘ए’ संग अभ्यास खेलमा ४ विकेटले पराजित भएको छ।

घरेलु टोलि स्कटल्याण्ड र अमेरिकासंग अक्टोबर २७ तारिख देखि सुरु हुने विश्वकप लिग-२ अन्तर्गतको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको तयारीको लागि नेपालले अभ्यास खेल खेलेको हो।

निकै खराब ब्याटिंग प्रदर्शन गरेको नेपाली टिमले २५. ३ ओभरमा सबै विकेट गुमाएर ८० रनमा सबै विकेट गुमायो।

नेपालको लागि आठौँ नम्बरमा ब्याटिंग गरेका कुशल मल्लले सर्वाधिक १८ रन योगदान दिए। यस्तै दशौँ नम्बरमा ब्याटिंग गरेका देव खनालले १२ तथा सातौँ नम्बरमा ब्याटिंग गरेका भिम शार्कीले १० रन बनाए। ओपनर द्वय अर्जुन साउद र अनिल शाह क्रमशः ५ र ० मा आउट भए। त्यसपछि कुशल भुर्तेल २, रोहित पौडेल ८, दिपेन्द्र ऐरी ५, आरिफ शेख २ रनमा आउट भए। सन्दिप लामिछानेले १ तथा करन केसीले अविजित ७ रन बनाए। १० रन अतिरिक्तको रुपमा नेपालले पायो।

अमेरिका ए को बलिंगमा आरिन नादकर्नीले सर्वाधिक ४ विकेट लिए। आयन देसाईले २ तथा अभिषेक परादकर, उत्कर्ष श्रीवास्तव र अलि शेखले १/१ विकेट लिए।

८१ रनको लक्ष्य घरेलु टोलिले ६ विकेट गुमाएर २३. १ ओभरमा भेटायो। उसको लागि राहुल नितेश रेड्डीले सर्वाधिक २९, राहुल जारीवालाले २६ तथा संजय क्रिश्नमुर्तीले १० रन बनाए।

नेपालको बलिंगमा स्संदिप लामिछाने एक्लैले ४ विकेट लिए। भिसा नपाएका कारण अमेरिकासंगको टि-२० सिरिज गुमाएका सन्दिपले भ्रमणको पहिलो खेल खेलेका हुन्। सन्दिपले ८. १ ओभरमा १ मेडन गर्दै २७ रन खर्चिए। रिजन ढकाल र ललित राजवंशीले १/१ विकेट लिए।

 





थप समाचार

पीएम कपमा ललितकाे १०० विकेट पूरा

काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा पुलिसका स्पिनर ललित राजवंशीले १०० विकेट पूरा गरेका छन्। उनी प्रधानमन्त्री कपमा […]

अपराजित रहँदै पुलिस पीएम कपको फाइनलमा

काठमाडौं। कर्णाली प्रदेशमाथि सानदार जित दर्ता गर्दै विभागिय टोली नेपाल पुलिस क्लब प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा […]

लखनऊमाथि दिल्लीको रोमाञ्चक जित

काठमाडौँ । आशुतोष शर्माको अर्धशतकको मद्दतमा दिल्ली क्यापिटल्सले लखनऊ सुपर जायन्ट्समाथि रोमाञ्चक जित हासिल गरेको छ। विशाखापट्टनममा सम्पन्न खेलमा २१० […]

गण्डकी सुपर ओभरमा विजयी

काठमाडौं । गण्डकी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा मधेश प्रदेशविरुद्ध सुपर ओभरमा विजयी भएको छ। सिद्धार्थ क्रिकेट […]

दिल्ली र लखनउ भिड्दै

काठमाडौँ । १८औँ संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) मा आज दिल्ली क्यापिटल्स र लखनउ सुपर जायन्ट्स प्रतिस्पर्धा गर्दैछन्। विषाखापटनमा यी […]

मुम्बईविरूद्ध चेन्नईको जित

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको आइतबारको दोस्रो खेलमा मुम्बई इण्डियन्सविरुद्ध चेन्नई सुपर किंग्सले जित निकालेको छ। आईपीएलको १८औं […]