सन्दिपको उत्कृस्ट प्रदर्शन बाबजुद ब्याटिंग नचल्दा अभ्यास खेलमा नेपाल पराजित

२०८१ कार्तिक ७, बुधबार १०:५७

sandeep lamichhane

अमेरिका भ्रमण अन्तर्गत रहेको नेपाली क्रिकेट टिमले अमेरिका ‘ए’ संग अभ्यास खेलमा ४ विकेटले पराजित भएको छ।

घरेलु टोलि स्कटल्याण्ड र अमेरिकासंग अक्टोबर २७ तारिख देखि सुरु हुने विश्वकप लिग-२ अन्तर्गतको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको तयारीको लागि नेपालले अभ्यास खेल खेलेको हो।

निकै खराब ब्याटिंग प्रदर्शन गरेको नेपाली टिमले २५. ३ ओभरमा सबै विकेट गुमाएर ८० रनमा सबै विकेट गुमायो।

नेपालको लागि आठौँ नम्बरमा ब्याटिंग गरेका कुशल मल्लले सर्वाधिक १८ रन योगदान दिए। यस्तै दशौँ नम्बरमा ब्याटिंग गरेका देव खनालले १२ तथा सातौँ नम्बरमा ब्याटिंग गरेका भिम शार्कीले १० रन बनाए। ओपनर द्वय अर्जुन साउद र अनिल शाह क्रमशः ५ र ० मा आउट भए। त्यसपछि कुशल भुर्तेल २, रोहित पौडेल ८, दिपेन्द्र ऐरी ५, आरिफ शेख २ रनमा आउट भए। सन्दिप लामिछानेले १ तथा करन केसीले अविजित ७ रन बनाए। १० रन अतिरिक्तको रुपमा नेपालले पायो।

अमेरिका ए को बलिंगमा आरिन नादकर्नीले सर्वाधिक ४ विकेट लिए। आयन देसाईले २ तथा अभिषेक परादकर, उत्कर्ष श्रीवास्तव र अलि शेखले १/१ विकेट लिए।

८१ रनको लक्ष्य घरेलु टोलिले ६ विकेट गुमाएर २३. १ ओभरमा भेटायो। उसको लागि राहुल नितेश रेड्डीले सर्वाधिक २९, राहुल जारीवालाले २६ तथा संजय क्रिश्नमुर्तीले १० रन बनाए।

नेपालको बलिंगमा स्संदिप लामिछाने एक्लैले ४ विकेट लिए। भिसा नपाएका कारण अमेरिकासंगको टि-२० सिरिज गुमाएका सन्दिपले भ्रमणको पहिलो खेल खेलेका हुन्। सन्दिपले ८. १ ओभरमा १ मेडन गर्दै २७ रन खर्चिए। रिजन ढकाल र ललित राजवंशीले १/१ विकेट लिए।

 

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy