क्यारेबियन प्रिमियर लिगमा सन्दिपको खेल आज

  • विकेटनेपाल- साउन २४

अगस्ट ८ तारिख देखि सुरु भएको क्यारेबियन प्रिमियर लिग (सिपिएल) क्रिकेट प्रतियोगिता अन्तर्गत दोश्रो दिन सन्दिप लामिछाने सम्मिलित टिम सेन्ट किट्स एण्ड नेभिस प्याट्रिएट्सले आफ्नो पहिलो खेल खेल्दै छ। खेल नेपालीसमय अनुसार बिहान ३:४५ बजे सुरु हुनेछ।

टी-२० फर्म्याटका सबैभन्दा खतरनाक मानिएका ब्याट्सम्यान क्रिस गेलको कप्तानीमा रहेको सेन्ट किट्स एण्ड नेभिस प्याट्रिएट्सले पाकिस्तानका पुर्व- कप्तान समेत रहेका शोएब मल्लिकको कप्तानीमा रहेको गुयाना एमेजन वारियर्सबिरुद्द खेल्दैछ। त्यस्तै बिपक्षी टिममा देवेन्द्र बिशू, ल्युक रोंकी जस्ता स्टार खेलाडीपनि रहेका छन्।

प्रतियोगिताको सेप्टेम्बर ४ तारिखसम्म समूह चरण रहने छ तर सन्दिप भने नेपालले अगस्ट २९ तारिखदेखि मलेसियामा आयोजना हुने एसिया कप छनौट प्रतियोगिता खेल्न जाने भएकाले अगस्ट २६ तारिखसम्म मात्र टिमको हिस्सा रहनेछन्। सन्दिप बीचमा फर्कने भए पछि टिमले उनको सट्टामा अगस्ट २६ पछीको खेलको लागि रस्सी भान डेर दुस्सेनलाई टिममा बोलाएको छ।

यस्तो छ सन्दिपको टिमको अगस्ट २६ तारिकसम्मको खेल तालिका:

गुयना एमेजोन वारियर्ससँग – अगस्ट १०
ट्रिन्बागो नाइटराइडर्ससँग – अगस्ट १२
जमैका तल्लावाहससँग – अगस्ट १६
सेन्ट लुसिया स्टार्ससँग – अगस्ट २२
बार्बाडोस ट्रिडेन्ट्ससँग – अगस्ट २६

क्यारेबियन प्रिमियर लिगको यही बर्ष मार्चमा सम्पन्न ड्राफ्टमा सन्दिपलाई पेट्रियट्सले ५ हजार अमेरिकी डलरमा खरिद गरेको थियो जसपछि क्यारेबियन प्रिमियर लिग खेल्ने पहिलो नेपाली भएका थिए। मे महिनामा सम्पन्न इन्डियन प्रिमियर लिगमा नेपाली लेग स्पिनरले ३ खेलमा ५ विकेट लिएर उत्कृस्ट बलिङ्ग गरेका थिए बने त्यसपछि क्यानडामा गत महिना सम्पन्न टि-२० ग्लोबलमा समेत ५ खेलमा ८ विकेट लिएर राम्रो प्रदर्शन गरेका थिए। आईपीएल र ग्लोबल टि-२० क्यानडामा राम्रो प्रदर्शन पछि सन्दिपको प्रदर्शनको धेरैलाई चासो रहेको छ।

सन्दिपको टिम सेन्ट किट्स एण्ड नेभिस प्याट्रिएट्समा टि-२० क्रिकेटका बादशाह क्रिस गेल सहित इभिन लुइस, बेन कटिंग, कार्लोस ब्राथवेट,महमदुल्लाह जस्ता खेलाडीहरु रहेका छन्।

https://www.youtube.com/watch?v=UoqM7ep4WoE

Manoj Ghimire

Manoj Ghimire is a Senior Correspondent at wicketnepal.com. He is an Information and Technology student following cricket from last nine years. He can be followed on Twitter.

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy